Khabar Dabali ३१ जेष्ठ २०८३ आईतवार | 14th June, 2026 Sun
Investment bank

कोशीमा देउवा–कोइराला समूह एउटै मञ्चमा, कांग्रेसभित्र सहकार्यको नयाँ संकेत

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसभित्र लामो समयदेखि अलग–अलग गतिविधि गर्दै आएका संस्थापन पक्ष र इतर समूह पहिलो पटक एउटै मञ्चमा देखिने भएका छन् । कोशी प्रदेशमा आयोजना हुन लागेको प्रदेशस्तरीय भेलामार्फत दुई समूहबीच सहकार्यको नयाँ संकेत देखिएको हो ।

३१ जेठमा विराटनगरमा हुने भनिएको भेलामा पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष र नेता डा. शेखर कोइराला पक्ष संयुक्त रूपमा सहभागी हुने तयारी छ । भेलामा डा. कोइराला प्रमुख अतिथिका रूपमा उपस्थित हुने कार्यक्रम तय भएको छ ।

आयोजकका अनुसार यो कार्यक्रमलाई केवल प्रदेशस्तरीय छलफल नभई कांग्रेसभित्र आन्तरिक समन्वय र पुनःसम्बन्ध विस्तारको प्रारम्भिक प्रयासका रूपमा हेरिएको छ । यसअघि देउवा समूहले सञ्चालन गर्दै आएका प्रदेश भेलाहरूमा कोइराला पक्षको उपस्थिति नगन्य रहँदै आएको थियो ।

कोशी प्रदेश कांग्रेस महामन्त्री भूपेन्द्र राईका अनुसार यो कार्यक्रम दुई समूहबीचको दूरी घटाउने उद्देश्यले गरिएको संयुक्त पहल हो । उनका अनुसार “कोशीबाट सहकार्यको वातावरण बनाउने” लक्ष्य राखिएको छ ।

भेलामा कांग्रेसका प्रभावशाली नेताहरू कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, डा. शशांक कोइराला, मिनेन्द्र रिजाल, बलबहादुर केसी लगायतका नेताहरू वक्ताका रूपमा रहनेछन् ।

सामाजिक सञ्जालमा प्रचारका लागि तयार पारिएको सामग्रीमा यस भेलालाई “ऐतिहासिक बृहत भेला” भनेर प्रस्तुत गरिएको छ ।

यसअघि देउवा पक्षले बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिममा छुट्टाछुट्टै प्रदेशस्तरीय कार्यक्रम गर्दै आएको थियो । कोशीमा भने पहिलो पटक इतर समूहसँगको संयुक्त सहभागिताले कांग्रेसभित्र नयाँ राजनीतिक संकेतका रूपमा यसलाई हेरिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गर्मी बढेसँगै घरभित्रै सर्पको जोखिम, ओछ्यानमै पुग्छ मृत्युकाे खतरा

बढ्दो तापक्रमसँगै गाउँदेखि शहरसम्म सर्पको त्रास, लापरबाहीले निम्त्याउन सक्छ ज्यानै जाने जोखिम

विश्वकप हेर्न प्रोजेक्टरमा भिड जम्मा गर्न अनुमति अनिवार्य, डिजिटल ठगीबाट सचेत रहन आग्रह

काठमाडौं । अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको फिफा विश्वकप–२०२६ बिहीबार मध्यरातिबाट सुरु भएसँगै नेपालमा पनि प्रोजेक्टरमार्फत साम...

कोशी भेलाअघि विराटनगरमा जुटे शेखर–शशांक

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आइतबार आयोजना गर्ने कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन कांग्रेस नेता शेखर कोइराला र पूर्व महामन्त्री...

विश्वकप २०२६ इतिहासकै सबैभन्दा बढी कार्बन उत्सर्जन गर्ने प्रतियोगिता बन्ने जोखिम

काठमाडौं । सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप फुटबल हालसम्मकै सबैभन्दा बढी कार्बन उत्सर्जन गर्ने खेल प्रतियोगिता बन्न सक्ने भन्दै विज्ञहरूले चिन्ता ...

बालुवामा पुरिएर मजदुरको मृत्यु

दाङ । दाङमा एस्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु भएको छ । देउखुरी कालाकाटे–सिक्टा हुलाकी सडक निर्माणस्थलमा काम गरिरहेका गढवा गाउँप...

मल अभावले दाङका किसान संकटमा : रातभर लाइन, आधा बोरा मलमै चित्त बुझाउन बाध्य

घोराही (दाङ)  । बर्खे धान खेतीको तयारीमा रहेका दाङका किसान रासायनिक मलको चरम अभावका कारण समस्यामा परेका छन्। समयमै मल नपाउँदा किसानहरू रातभर लाइनमा बस...

विश्वकपमा अमेरिकाको दबदबा : पहिलो हाफमै पाराग्वेविरुद्ध ३–० को अग्रता

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’ को आफ्नो पहिलो खेलमा आयोजक अमेरिका उत्कृष्ट प्रदर्शन गर्दै पहिलो हाफमै पाराग्वेविरुद्ध ३–० को फराकिलो ...

महिला प्रजनन क्षमता कति लामो समयसम्म लम्ब्याउन सकिन्छ ? विज्ञान र सीमाबीचको बहस

काठमाडौँ । आधुनिक औषधि विज्ञानले महिलाको प्रजनन क्षमतालाई पहिलेभन्दा धेरै लामो समयसम्म सुरक्षित राख्ने अवसर दिएको छ। तर प्रकृतिको जैविक घडीलाई पूर्ण र...

उमेरसँगै घट्ने प्रजनन क्षमता : ढिलो सन्तान योजना र अण्डा–भ्रूण भण्डारणको विकल्प

काठमाडौँ । बदलिँदो जीवनशैली, ढिलो विवाह र करिअर तथा व्यक्तिगत योजनालाई प्राथमिकता दिने प्रवृत्तिका कारण धेरै दम्पतीमा सन्तान योजनासम्बन्धी चुनौती बढ्द...

कर्मचारी कुटपिट गरी फरार भएका संजीव मल्ल पक्राउ

काठमाडौँ । धादिङको नीलकण्ठ नगरपालिका–४ स्थित इजारामा खानेपानी तथा ढल व्यवस्थापन कार्यालय भरतपुरबाट खटिएका कर्मचारीमाथि कुटपिट गरी फरार भएका एक व्यक्ति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending