Khabar Dabali १५ फाल्गुन २०८२ शुक्रबार | 27th February, 2026 Fri
Investment bank

चारवटा प्रदेशका विद्यार्थी नेपालीमा औसत नम्बर ल्याउन असफल

नेपाली र गणित दुवै विषयमा कर्णाली प्रदेश सबैभन्दा कमजोर

काठमाडौं । नेपाली विद्यार्थीहरू नेपाली विषयमै धेरै कमजोर रहेको पाइएको छ । शिक्षा मन्त्रालयअन्तर्गतको शैक्षिक गुणस्तर परीक्षा केन्द्र (इआरओ)ले नेपाली र गणित विषयमा गरेको अध्ययनमा चारवटा प्रदेशका विद्यार्थीले राष्ट्रिय औसत अंकसमेत ल्याउन नसकेको पाइएको हो । केन्द्रले छनोट गरेका २४ जिल्लाका १४ सय विद्यालयका कक्षा पाँचका २८ हजार ३८१ विद्यार्थीमा गरेको विद्यार्थी उपलब्धिको राष्ट्रिय परीक्षण (नासा)मा सन् २०१८ निकै कमजोर नतिजा पाइएको हो ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - सात सय विद्यालयका १४ हजार दुई सय सात र गणित विषयमा पनि सात सय विद्यालयका १४ हजार एक सय ७४ विद्यार्थीमा उपलब्धि परीक्षण गरेको थियो । नेपाली र गणित दुवै विषयमा कर्णाली प्रदेश सबैभन्दा कमजोर देखिएको छ ।

राष्ट्रिय औसत सबै विषयको ५०० निर्धारण गरेकामा नेपाली विषयमा प्रदेश २, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका विद्यार्थीले औसत अंकसमेत ल्याउन अफिल भएका हुन् । प्रदेश २ का विद्यार्थीले ४८९, ५ मा ४९६, कर्णालीका विद्यार्थीले ४८८ र सुदूरपश्चिम प्रदेशका विद्यार्थीले ४९१ मात्र अंक ल्याएका छन् । नेपाली विषयमा प्रदेश १ का विद्यार्थीले ५००, ३ का विद्यार्थीले ५०६ र गण्डकी प्रदेशका विद्यार्थीले ५११ अंक प्राप्त गरेका छन् । नेपाली विषयमा सबैभन्दा राम्रो नतिजा गण्डकी प्रदेशका विद्यार्थीको छ ।

नेपालीभन्दा गणितमा अगाडि
नेपाली विषयमा कमजोर रहेका विद्यार्थी गणितमा अब्बल देखिएका छन् । नासा रिपोर्टअनुसार कक्षा पाँचको गणित विषयमा सबैभन्दा राम्रो नतिजा प्रदेश २ को छ । सोमबार काठमाडौंमा सार्वजनिक गरिएको अध्ययन प्रतिवेदनअनुसार प्रदेश २ का विद्यार्थीले सबैभन्दा बढी अंक ५२१ ल्याएका छन् । प्रदेश ३ का विद्यार्थीले ५०५, गण्डकी ५०३, सुदूरपश्चिमका विद्यार्थीले ५०० अंक प्राप्त गरेका छन् । तीनवटा प्रदेशका विद्यार्थीको नतिजा कमजोर पाइएको छ । कर्णालीका विद्यार्थीले गणितमा ४९६, प्रदेश १ का विद्यार्थीले ४९४ र प्रदेश ५ का विद्यार्थीले ४८६ अंक प्राप्त गरेका छन् ।

प्रश्न गर्‍यौँ, जिम्मेवार भएनौँ : इआरओ प्रमुख पाण्डे
इआरओ प्रमुख टेकनारायण पाण्डेले शैक्षिकस्तर कमजोर हुनुमा जिम्मेवारी नलिनु प्रमुख कारण भएको बताए । इआरओ र इजोनले आयोजना गरेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रममा प्रमुख पाण्डेले सरकारी निकाय, विद्यार्थी, शिक्षक, अभिभावक सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए । अरूलाई प्रश्न गरे पनि आफू जिम्मेवार हुन नसकेको उनको भनाइ छ । कतिपय विद्यालयमा न्यूनतम पूर्वाधारसमेत नभएका कारण शैक्षिक उपलब्धि कमजोर भएको बताए ।

आमाको शिक्षाले विद्यार्थीमा सकारात्मक प्रभाव
आमाको शिक्षाको अवस्थाले बालबालिकाको सिकाइ उपलब्धिमा धेरै प्रभाव पार्ने गरेको अध्ययनबाट देखिएको छ । केन्द्रको अध्ययनअनुसार आमाको शिक्षाको प्रत्यक्ष र सकारात्मक प्रभाव परेको पाइएको छ । केन्द्रका अधिकृत श्यामप्रसाद आचार्यका अनुसार विद्यार्थीको सिकाइमा गृहकार्य, अतिरिक्त कक्षाले समेत सकारात्मक प्रभाव पारेको पाइएको छ । उनका अनुसार शिक्षक तथा विद्यार्थीबाट हुने नकारात्मक व्यवहार ९बुलिङ०ले सिकाइमा नकारात्मक प्रभाव परेको पाइएको छ । बुलिङ भएका र नभएका विद्यार्थीबीचको उपलब्धिमा गणितमा १२ र नेपालीमा १९ अंकको अन्तर पाइएको छ ।

नेपालीमा छात्रा, गणितमा छात्रको उपलब्धि राम्रो
केन्द्रको अध्ययनअनुसार नेपाली विषयमा छात्रा र गणित विषयमा छात्रको उपलब्धि राम्रो भएको पाइएको छ । नेपाली विषयमा छात्राले ५०१ र छात्रले ४९९ अंक प्राप्त गरेका छन् । गणित विषयमा छात्रले ५०१ र छात्राले ४९९ अंक प्राप्त गरेका छन् ।

कक्षा पाँचमा ११ वर्षका विद्यार्थीको उपलब्धि राम्रो
कक्षा पाँचमा अध्ययन गर्ने ११ वर्ष उमेर समूहका विद्यार्थीको उपलब्धि राम्रो भएको पाइएको छ । ११ वर्षका विद्यार्थीले गणितमा सबैभन्दा बढी ५०३ अंक प्राप्त गरेका छन् । त्यसैगरी, १२ वर्षका विद्यार्थीले ५०२ अंक प्राप्त गरेका छन् । त्योभन्दा तल र माथिका उमेर समूहका विद्यार्थीको उपलब्धि कमजोर छ । धेरै कम र बढी उमेरका विद्यार्थीको उपलब्धि कमजोर छ । १४ वर्ष र सोभन्दा माथिका विद्यार्थीले गणित र नेपालीमा सबैभन्दा कम अर्थात् ४९२ अंक प्राप्त गरेका छन् ।

नेपालीमा सामुदायिक र गणितमा निजी अगाडि
नासा रिपोर्टअनुसार सामुदायिक र संस्थागत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको उपलब्धि फरक छ । नेपाली विषयमा सामुदायिक र गणित विषयमा संस्थागत विद्यालयका विद्यार्थीको उपलब्धि राम्रो छ । सामुदायिक विद्यालयका विद्यार्थीले नेपालीमा ५२५ अंक प्राप्त गरेकोमा संस्थागत विद्यालयका विद्यार्थीले ४९१ मात्र प्राप्त गरेका छन् । त्यसैगरी, गणित विषयमा सामुदायिकका विद्यार्थीले ४९३ र संस्थागत विद्यालयका विद्यार्थीले ५२३ प्राप्त गरेका छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE