Khabar Dabali १५ फाल्गुन २०८२ शुक्रबार | 27th February, 2026 Fri
Investment bank

वीरेन्द्र परिवारको २१,५६३ रोपनी जग्गा ट्रस्टमा

काठमाडौं । पूर्वराजा वीरेन्द्र र उनको परिवारका नामको २१ हजार पाँच सय ६३ रोपनी जग्गा नेपाल ट्रस्टमा आएको छ । ती जग्गा सदुपयोग हुन नसक्दा बेवारिसे बनेको छ । काठमाडौंको चार हजार चार सय ३८ रोपनी ९ आना र धादिङको १५ हजार १०१ रोपनी ११ आना २ पैसा १ दाम ट्रस्टको नाममा आएको हो ।

आजको अन्न्पुर्ण पोष्ट दैनिकमा खबर छ - यसैगरी भक्तपुर, ललितपुर, नुवाकोट, धनकुटा, मकवानपुर, काभ्रे, सुर्खेत, कास्की, चितवन, सिन्धुपाल्चोकमा पूर्वराजा वीरेन्द्र, तत्कालीन रानी ऐश्वर्य, युवराज दीपेन्द्र र अधिराजकुमार निराजनका नाममा रहेका जग्गाको स्वामित्व ट्रस्टको नाममा ल्याइएको छ । ट्रस्टमा ल्याएको जग्गा व्यवस्थापन हुन भने सकेको छैन ।

ट्रस्टमा आएको जग्गामध्ये कोही लिजमा दिइएको छ कोही भाडामा छ, कोही जग्गा कब्जा गरिएको छ । कतिपय स्थानमा सरकारी कार्यालय बसेका छन् कति स्थानका जग्गा बेवारिसे छ।

लिजमा कहाँ कति ?

काठमाडौंको गोकर्णमा ट्रस्टका नाममा ३९७१ रोपनी ३ पैसा ३ दाम जग्गा छ । यसमध्ये २९७१ रोपनी ६ आना ३ पैसा १ दाम जग्गा लिजमा दिइएको छ । वीरेन्द्र जीवित रहँदै एलएम सुवीर ब्रदर्स ९नेपाल० प्रालि काठमाडौं र यती होल्डिङ्स प्रालिलाई लिजमा दिइएको थियो । २०६७ वैशाख ५ गते ट्रस्टले लिजको पुनः सम्झौता गरेको छ । नयाँ सम्झौताअनुसार २०२५ मंसिर १५ गतेसम्मका लागि लिजमा दिइएको छ ।

१८ औंदेखि २० औं वर्षसम्म १ लाख ६० हजार, २१ देखि २५ औं वर्षसम्म २ लाख ४० हजार र २६ औै देखि ३० औं वर्षसम्म २ लाख ६० हजार वार्षिक भाडा तय गरिएको छ । गोकर्णको केही जग्गा भूमाफियाले कब्जा गरेका छन् भने केही स्थानीयले मिचेका छन् ।

कमलादीमा ट्रस्टको ५ रोपनी २ पैसा जग्गामा काठमाडौं प्लाजाको भवन छ । कन्सेप्ट डेभलपर्स प्रालिले २०५० असार ३ गते यो जग्गा लिजमा लिएको थियो । २०६६ पुस २३ गते लिज पुनः सम्झौता गरिएको छ । सम्झौतामा २०६७ असार ३ देखि २०७२ असार २ सम्म ६१ लाख र २०७२ असार ३ देखि २०७७ असार २ सम्म ७५ लाख रुपैयाँ वार्षिक भाडा तोकिएको छ ।

ट्रस्टको लाजिम्पाटमा रहेको ६ रोपनी १३ आना १ दाम जमिनमा स्ट्यान्डर्ड चार्टर्ड बंैक नेपाल लिमिटेड बसेको छ । बैंकले सन् २००५ मा १५ वर्षका लागि लिज सम्झौता गरेको छ । जुन २०१२ देखि ३१ मे २०१४ सम्म ७५ लाख ५६ लाख, जुन २०१४ देखि ३१ मे २०१६ सम्म ८४ लाख, जुन २०१६ देखि ३१ मे २०१८ सम्म ९३ लाख, जुन २०१८ देखि ३१ मे २०२१ सम्म १ करोड ३ लाख र जुन २०२० देखि ३१ मे २०२१ सम्म एक करोड १५ लाख रुपयाँ भाडा तोकिएको छ ।

टेकुस्थित बिजनेस पार्क पनि न्यून मूल्यमा लिजमा दिइएको छ । १९ रोपनी १२ आनामा फैलिएको बिजनेस पार्कले वार्षिक ४० लाख रुपैयाँ भाडा तिर्छ । पार्कले २०५३ चैत २८ देखि २०८३ चैत २७ सम्म ३० वर्षका लागि लिजमा लिएको हो । २०६६ माघ ५ गते लिज पुनः सम्झौता गरिएको छ । जसअनुसार २०६९ देखि २०७३ सम्म ३० लाख, २०७४ देखि २०७८ सम्म ४० लाख र २०८९ देखि २०८२ सम्म ५० लाख भाडा तोकिएको छ ।

नियमविपरीत लिज

दरबारमार्गस्थित १ रोपनी १४ आना १ पैसा जग्गा ट्रस्टले ऐनविपरीत थामसेर्कु ट्रेकिङ प्रालिलाई लिजमा दिएको छ । ट्रस्टको जग्गा शिक्षा र स्वास्थ्यको प्रयोजनका लागि मात्रै उपभोग गर्ने ट्रस्ट ऐन २०६४ मा व्यवस्था छ । तर त्यहाँ सर्केुले व्यापारिक भवन बनाइरहेको छ ।

ट्रस्टले थामसेर्कुसँग २०७४ जेठ १४ देखि २१०४ जेठ १३ सम्म ३० वर्षका लागि लिज सम्झौता गरेको छ । २०७४ देखि २०७७ सम्म ५० लाख, २०७८ देखि २०८१ सम्म चार करोड ५० लाख, २०८२ देखि २०८६ सम्म चार करोड ५४ लाख ५० हजार, २०८७ देखि २०९१ सम्म चार करोड ५९ लाख २२ हजार पाँच सय, २०९२ देखि २०९६ सम्म चार करोड ६४ लाख १८ हजार ६२५, २०९७ देखि २१०१ सम्मका लागि चार करोड ६९ लाख ३९ हजार ५५६ र २१०२ देखि २१०४ सम्म ११ करोड ८७ लाख १६ हजार ३३५ रुपैयाँ भाडा तोकिएको छ । ताहाचल र कमलादीस्थित जग्गा लिजमा दिने प्रक्रिया अन्तिम चरणमा पुगेको ट्रस्टले जनाएको छ ।

भाडामा कति ?

सोल्टी आउटर कम्प्लेक्स कालीमाटीलाई ५ रोपनी ६ आना २ पैसा आधा दाम जग्गा भाडा दिइएको छ । काठमाडौं सोल्टीमोडमा रहेको पाँच सटरलाई मासिक ६७ हजार ५० का दरले भाडामा दिइएको छ ।

एउटा सटर मासिक २५ हजारका दरले दिइएको छ । अर्को एउटा सटर प्रतिमहिना ३६ हजार तीन सयमा दरमा भाडामा दिइएको ट्रस्टले जनाएको छ । कम्प्लेक्सबाट भाडाबापत ट्रस्टले १५ लाख ४५ हजार ६ सय रुपैयाँ वार्षिक आम्दानी गर्दै आएको छ ।

सोल्टीमोड रेडक्रस मार्गस्थित सार्वजनिक खरिद तथा अनुगमन कार्यालय पनि ट्रस्टकै जग्गामा छ । कार्यालयले ट्रस्टलाई वार्षिक १२ लाख भाडा बुझाउँछ । कमलादीस्थित गरिबी निवारण कोष र काठमाडौं उपत्यका खानेपानी लिमिटेडको कार्यालय पनि ट्रस्टकै जग्गामा छन् ।

कोषले भाडाबापत मासिक एक लाख ८६ हजार बुझाउँदै आएको छ भने दुई रोपनी १२ आना ओगटेको केएलकेयूले मासिक ५५ हजार ८ सय ७३ रुपैयाँ तिर्दै आएको छ ।

धनकुटाको चुलीबनमा ट्रस्टको १९४ रोपनी जग्गा छ । त्यसमध्ये १३४ रोपनी जग्गामा निजामती आवासीय विद्यालय बसेको छ । विद्यालयले वार्षिक दुई लाख भाडा तिर्छ ।

ऐतिहासिक सम्पदा बेवारिसे

चितवनको भरतपुरस्थित दियालो बंगला बेबारिसे छ । ७६७ रोपनी ११ आना १ पैसा १ दाममा फैलिएको बंगलामा पूर्वराजा महेन्द्रको मृत्यु भएको थियो । पोखरामा रहेको रत्न मन्दिरको अवस्था उस्तै छ । रत्न मन्दिरको १७४ रोपनी ४ आना २ पैसा नेपाली सेनाले कब्जा गरेको छ ।

हेटांैडास्थित कान्ति ईश्वरी घर लथालिंग छ । यहाँ २६ रोपनी १ आना ३ दाममा बनेको ऐतिहासिक दरबार छ । छाउनीको १५ रोपनी १ आना १ पैसा जग्गा दाइजोमा पाएको भन्दै पूर्वअधिराजकुमारी प्रेरणाले कब्जा गर्दै आएकी छन् । नुवाकोटको थानसिङस्थित ६५ रोपनी ११ आना २ दाम जग्गामा बगैंचा छ । नुवाकोटको गणेशस्थानस्थित २ रोपनी ८ आना २ पैसा १ दाम जग्गामा माछापोखरी र केराघारी छ । त्यहाँ शिवमन्दिर पनि छ । थानसिङकै १७२ रोपनी २ आना जग्गा बेवारिसे छ ।

भक्तपुर कटुन्जेस्थित तीनकुनेको १०८ रोपनी २ आना १ पैसा जग्गा कब्जा गरिएको छ । भक्तपुर नगरपालिकाले नै कब्जा गरी जग्गामा तारबार गरेको हो ।

ट्रस्टका पूर्वकार्यकारी सचिव भीमप्रसाद उपाध्यायले ट्रस्टको जग्गा सरकारको नभएकाले उसले लिनै नपाउने बताए । ‘यो राज्य जग्गा हो, सरकारको होइन, यो जग्गा सरकारको स्वामित्वमा आउनै सक्दैन,’ उनले भने, ‘यो लिजमा वा भाडामा मात्रै दिन लिन सकिन्छ ।’

महाराजगन्जस्थित एक रोपनी सात आना एक दाम जग्गामा पूर्वराजा ज्ञानेन्द्रको सुरक्षार्थ बसेको सशस्त्र प्रहरीले कब्जा गरेको छ । पटकपटक भाडा लिन वा छोड्न परिपत्र गरे पनि सशस्त्रले सुनुवाइ नगरेको ट्रस्टले जनाएको छ ।

शेष नारायणस्थित त्रिभुवन आदर्श माध्यमिक विद्यालय ९फर्पिङ० ट्रस्टकै कब्जामा छ । ६८ रोपनी १२ आना जग्गामा यो विद्यालय छ । काभ्रेपलाञ्चोकको पाँचखालमा ९ रोपनी १५ आना ३ पैसा १ दाम बेवारिसे छ । मातातीर्थ, सतुंगल, थानकोट, इचंगुको १७३ रोपनी जग्गा त व्यक्तिको नाममा सारिएको छ । बालाजुस्थित ५ आना २ पैसा जग्गा व्यक्तिले भोगचलन गरिरहेका छन् ।

सिन्धुपाल्चोकको थाङपाल्धापको २७ रोपनी १३ आना १ पैसा १ दाम जग्गा बाँझो छ । ललितपुर गोदामचौरको २७ रोपनी १३ आना १ पैसा १ दाम अतिक्रमण गरिएको छ । धादिङको छत्रे देउराली १५ हजार १०१ रोपनी ११ आना २ पैसा १ दाम बेवारिसे छ । सुर्खेतको लाटीकोइलीमा चार सय ५७ रोपनी सात आना २ दाम जग्गा प्रयोगविहीन छ ।

चार लाख ४३ हजार कित्ता सेयर

चल सम्पत्तिको हकमा नेपाल ट्रस्ट कोषमा ५० करोड ५० लाख रुपैयाँ छ । नबिल बैंकमा चार लाख ३५ हजार चार सय १५ कित्ता सेयर छ । होटल डेला अन्नपूर्णाको ३० हजार ७२० कित्ता, नेपाल इन्डस्ट्रियल डेभलपमेन्ट बैेकमा ६ हजार ७५० गरी कुल चार लाख ४२ हजार ८ सय ८५ कित्ता सेयर ट्रस्टको स्वामित्वमा छ ।

प्रभु बैेकमा लिमिटेडमा ४८ हजार चार सय ६६ पाउन्ड स्टर्लिङ छ । त्यस्तै १ लाख ३८ हजार ६२५ अमेरिकी डलर प्रभु बैंकमै छ । पूर्वसचिव भीमप्रसाद उपाध्यायले सदुपयोग गर्न नसक्दा ट्रस्टको जग्गा लथालिंग रहेको बताए । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष खेमराज रेग्मीले संरक्षण गर्न भन्दा सरकार नै सिध्याउन लागेको भनाइ राखे । ‘समिति फितलो बनाइएको छ । शिक्षा र स्वाास्थ्यमा प्रयोजनका लागि मात्रै ट्रस्टको जग्गा उपयोग हुनुपर्ने हो । त व्यापारिक प्रयोजनका लागि लगाउन ऐन नै परिवर्तन गर्ने काम भयो,’ रेग्मीले भने, ‘यो नीतिगत भ्रष्टाचारको ज्वलन्त नमुना हो ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE