काठमाडाै । चीन सरकारले चक्रपथको कलङ्कीदेखि चावहिलसम्मको सडक विस्तारका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) अध्ययन गरिरहँदा यस खण्डमा सडक खाली गराउने काम शुरु भएको छ ।
सडक विभाग, चक्रपथ सुधार योजनाले कलङ्कीदेखि महाराजगञ्ज हुँदै चावहिलसम्म सडकको अधिकार क्षेत्रभित्र पर्ने स्थान खाली गराउन लागेको हो । सडकमा रहेका रूख, बिजुलीको पोल, खानेपानीको पाइपलगायतका संरचना हटाउन लागिएको योजनामा कार्यरत इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताए । उनका अनुसार कतिपय संरचना हटाउनका लागि विभिन्न निकायसँग सहकार्य हुनेछ । उनले भने, \'ठेक्का गरेर भएका रूख कटाउनेलगायतका काम शुरु गरिएको छ ।\'
चक्रपथको चौडाइ सडकको मध्य भागबाट ३१ मिटर रहेको छ । चिनियाँको प्रतिवेदन आएपछि नै सडकको चौडाइ कति कायम हुने भन्ने टुङ्गो लाग्ने इञ्जिनीयर शर्माले बताए । उनले भने, \'अहिले हामीले चक्रपथको मापदण्डका आधारमा सडक खाली गराउन लागेका छौँ ।\'
चक्रपथको पहिलो खण्डका रुपमा रहेको कोटेश्वर–कलङ्की सडक सम्पन्न हुनासाथ दोस्रो खण्डको अध्ययन शुरु भएको हो । नेपाल सरकारलाई गत वर्ष नै चीन सरकारले निर्माण सम्पन्न गरेर सडक हस्तान्तरण गरिसकेको छ । अध्ययन गरिरहेको चीन सरकारले नै सो सडकको समेत विस्तारको काम गर्नेछ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: