Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

मच्छेनारायण मेलाः पापबाट मुक्तभई मनोकाङ्क्षा पूराहुने जनविश्वास

\"Machhayenarayan११ असार, काठमाडौं । काठमाडौंको मच्छेगाउँस्थित मच्छेनारायण मन्दिरमा लागेको एक महिने मेलाका कारण असारको पहिलो सातादेखि नै यस क्षेत्रमा चहलपहल बढेको छ । भगवान् विष्णुको प्रथम अवतारका रुपमा भगवान् मच्छेनारायणको विशेष पूजाआजा हुने मच्छेनारायणमा प्रत्येक मलमास अवधिभर विशेष मेला ९पुरुषोत्तम मास मेला० लाग्ने प्रचलनअनुरुप यही असार १ गतेदेखि मेला सुरु भएको हो । आगामी असार ३१ गतेसम्म लाग्ने मेलालाई व्यवस्थित बनाउन राजुबहादुर खड्काको संयोजकत्वमा पुरुषोत्तम मास मेला व्यवस्थापन समिति गठन गरिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार सौर्यमान र चन्द्रमानबीच हुने अन्तरका कारण प्रत्येक ३२ महिना १६ दिन चारघडीपछि मलमास पर्छ । सौर्यमानअन्तर्गत ३६५ दिनको एक वर्ष र चन्द्रमानअन्तर्गत ३५४ दिनको एक वर्ष हुने भएकाले प्रत्येक १२ महिनामा ११ दिनको अन्तर पर्छ । मलमासमा भगवान् विष्णु ९नारायण० को पूजा, पुरुषोत्तम महात्म्य सुन्ने र दान गर्ने परम्परा छ । भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट हुन्छन् भन्ने धर्मग्रन्थमा उल्लेख छ । मच्छेनारायण मन्दिरमा मलमासका अवसरमा लाग्ने मेलामा सहभागी भई दर्शन गरेमा अश्वमेघ यज्ञ गरे बराबरको फल प्राप्ति हुने जनविश्वास पनि मेलाको अर्को महत्वपूर्ण पक्ष हो । मेला व्यवस्थापन समितिअन्तर्गतको प्रचारप्रसार समितिका संयोजक सुरेन्द्र केसीका अनुसार विगतका वर्षमा भन्दा यस वर्ष मेलाको प्रारम्भदेखि नै दर्शनार्थीको चाप बढेको छ । हालै गएको विनाशकारी भूकम्पको त्रासका कारण पनि दर्शनार्थी मच्छेनारायणको दर्शन गर्न मेलामा सहभागी भएको उनले जानकारी गराए । मत्स्यनारायण भगवान्का सम्बन्धमा विभिन्न पौराणिक धर्मग्रन्थमा उल्लेख पाइन्छ । भगवान् विष्णुका दश अवतारमध्ये पहिलो अवतार मत्स्यअवतार मानिन्छ । प्राचीन किम्वदन्तीअनुसार वेदका सृष्टिकर्ता ब्रह्मा निदाएका अवस्थामा हृयग्रीव दानवले वेद चोरेर लगेका हुनाले वेदलाई फिर्ता ल्याउनका लागि भगवान् विष्णुले माछाको रुप लिएका हुन् भन्ने विश्वास लिइन्छ । श्रीमद्भागवत महापुराणमा उल्लेख भएअनुसार राजा सत्यव्रत समुद्रको किनारमा नित्यकर्म गर्दै थिए । त्यसका लागि पानी उठाउँदा उनको अन्जुलीमा सुनौलो माछा आइपुग्यो । त्यस माछालाई समुन्द्रमा छोड्न लाग्दा उसले मलाई म भन्दा ठूलो माछाले खान्छन् मलाई कोहीले नखाने एक्लो ठाउँमा राखिदेउ भन्यो । सो माछालाई राजाले कमण्डलुमा राखे तर त्यो माछा रातभरि कमण्डलुमा नअट्ने भयो । त्यसपश्चात् माछालाई कुवामा राखियो । कुवामा पनि साँघुरो भएपछि पोखरीमा राखियो, त्यहाँ पनि साँघुरो भएपछि समुद्रमा फ्याक्न लाग्दा पुनः उसले म भन्दा ठूलो माछाले खान्छन् कोहीले नखाने ठाउँमा राखिदेउ भनेपछि राजालाई सो माछा सामान्य प्राणी नभएको शङ्का भयो । राजाले तपाईं साधारण प्राणी होइन, कृपया मलाई आफ्नो पूरा परिचय दिनुहोस् भनेपछि माछा विष्णु भगवानका रुपमा प्रकट भए । त्यसपछि आफू हृयग्रीवको सम्हारका लागि जान लागेको विष्णुले बताएका र विष्णुरुपी माछा त्यही मच्छेनारायण मन्दिरको पोखरीमा रहेको जनविश्वास अहिले पनि कायमै छ । त्रेतायुगमा कुवा उत्खनन गर्दा सुनको माछा पाइएको र उक्त ठाउँमा मच्छेनारायणको मन्दिर स्थापना गरिएको कुरा पनि प्राचीन कालदेखि जनजिब्रोमा चलिआएको छ । मच्छेनारायण क्षेत्र विकास कोषका अध्यक्षसमेत रहेका मेला प्रचार समितिका संयोजक केसीका अनुसार मच्छेनारायण मन्दिर रहेको परिसर १२ रोपनी क्षेत्रफलमा फैलिएको छ । मन्दिरको लगभग ५० रोपनी क्षेत्रफलको गुठी जग्गा रहेको उनले जानकारी गराए। प्राचीन इँटा र प्रस्तरकलाको प्रयोग गरेर बनाइएकाले मन्दिरभित्र एक वर्ग मिटर चौडा ठाउँको बीचमा मत्स्यनारायणको मूर्ति रहेको छ । मत्स्यनाराण्यण मन्दिरको दैनिक पूजाआजाका लागि गुठी संस्थानले पूजाको व्यवस्थापनका लागि पुजारीको व्यवस्था तथा सरसफाइमा सहयोग पु¥याउँदै आएको छ । मन्दिरमा विगत तीन चार पुस्तादेखि आचार्यथरका पुजारीले पूजा गर्दै आएकोमा हाल सुदामा आचार्यले मन्दिरमा नियमित पूजाआजा गर्दै आएका छन् । पूजारी आचार्यका अनुसार मनोकाङ्क्षा पुरा हुने जनविश्वासका आधारमा मेलाको सुरुवातदेखि नै काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानबाट मेलामा सहभागी भई मच्छेनारायणको दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies