Ntc summer Offer
Khabar Dabali १७ पुष २०८१ बुधबार | 1st January, 2025 Wed
Investment bank

हामी युद्ध चाहँदैनौं, युद्ध समाधान होइन् : इमरान खान

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफुँहरुले युद्ध नचाहेको बताएका छन् । पाकिस्तानको गर्भनर हाउसमा सिख समुदायका मानिससँगको भेटघाटको क्रममा उनले सोमबार यो कुरा बताएका हुन् ।

खानले युद्ध कुनै पनि समस्याको समाधान नभएको पनि बताए । ‘म भारतलाई के भन्न चाहन्छु भने युद्ध कुनै पनि समस्याको समाधान होइन । युद्धका विजेताले पनि खासमा हारेकै हुन्छ । युद्धले अन्य धेरै खराबीलाई जन्म दिन्छ ,’ उनले भने ।

भारत र पाकिस्तानको सम्बन्ध सन् २०१६ जनवरीको पठानकोटको हवाई फौजको आधारमा आक्रमण भएदेखि राम्रो छैन । आक्रमणमा पाकिस्तानमा आधार बनाएर बसेका आतंकवादीको हात भएको भन्दै भारतले आतंकवाद र वार्ता सँगसँगै जान नसक्ने भन्दै संवाद रोकेको थियो ।

फेरि यही वर्षको प्रारम्भमा, भारत र पाकिस्तानबीच सम्बन्ध झन् खराब तब भयो जब पाकिस्तानमा आधार रहेको जैश–ए–मुहम्मदले भारतभित्र पुलवामा जिल्लामा ४० जना अर्धसैनिक जवानलाई मारे ।

तनाब उच्च रहेको अवस्थामा फेब्रुअरी २६ मा भारतको हवाई फौजले जैश–ए–मुहम्मदको सबैभन्दा ठूलो तालिमस्थल मानिएको वालाकोटमा प्रति–आतंकवादी अप्रेशन चलायो । त्यसको भोलिपल्ट भारत र पाकिस्तान फौजबीच भएको हवाई द्वन्द्वको क्रममा पाकिस्तान हवाई फौजले भारतको एमआईजी–२१लाई झारिदियो ।

अहिले आएर नयाँ दिल्लीले जम्मु–कश्मीरको संवैधानिक हैसियत बदलेपछि भारत र पाकिस्तानबीचको तनाव झनै खराब भएको छ । भारतले चालेको कश्मीर कदमपछि पाकिस्तानले उसको देशमा रहेको इण्डियन हाई कमिश्नरलाई निस्कासित गर्दै कुटनीति सम्बन्धनै न्यूनिकरण गरेको छ ।

इमरानले आफूलाई भेट्न आएका शिख समुदायका प्रतिनिधिमण्डलसँग भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको टेलिफोन वार्ता पनि स्मरण गरे ।

‘मैले मोदीलाई पाकिस्तान र भारत दुवैतर्फ समान खाले परिस्थिती रहेको कुरा सम्झाएँ । मैले उनलाई जलवायु परिवर्तनबारे बताए । हामीले जलवायु परिवर्तनको मुद्दालाई सम्बोधन गर्न सकेनौं भने दुवै देशमा पानीको अभाव हुनेबारे पनि बताएँ । मैले संवादमाफर्त हामी मिलेरै कश्मीरको विवाद समाधान गर्न सक्छौँ भने ।’

आफ्नो वार्ताको प्रयासलाई भारतले गरेको ‘बेवास्ता’प्रति निराशा व्यक्त गर्दै खानले भने, ‘मैले गरेको सबै प्रयासमा भारतले आफू महाशक्तिजस्तो व्यवहार गर्दै हामीलाई पो उल्टो यो गर त्यो नगर भन्न थाले ।’

सोमबार युरोपका विभिन्न देशमा बसोबास गरिरहेका सिखसँग इमरानलाई भेट गरेका थिए । पाकिस्तानभित्र रहेको शिखहरुको पवित्र धार्मिकस्थलमा भ्रमणको लागि भिसाबारे छलफल गर्न उनीहरुले इमरानलाई भेटेका थिए ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy