काठमाडौं । विद्यार्थीले त्रिभुवन विश्वविद्यालयको चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) र काठमाडौं विश्वविद्यालयको स्कुल अफ मेडिकल साइन्सेसमा लगाएको ताला चिकित्सा शिक्षा ऐन कार्यान्वयन नभएसम्म नखोल्ने चेतावनी दिएका छन् । तालाबन्दीले २१ भदौदेखि सञ्चालन हुने एमबिबिएसको प्रवेश परीक्षा प्रभावित हुने भएको छ ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ - चिकित्सा शिक्षा संघर्ष समिति र आइओएमका अधिकारीबीच मंगलबार भएको छलफल पनि विनानिष्कर्ष टुंगिएको छ । संघर्ष समितिका प्रवक्ता सुजन कडरियाले माग पूरा नभएसम्म परीक्षा हुन नदिने बताए । शिक्षा मन्त्रालयले भने वार्ताबाट समस्या समाधान गर्ने भन्दै संघर्ष समितिलाई ताला खोल्न आग्रह गर्दै आएको छ ।
ऐनविपरीत विभिन्न विश्वविद्यालय तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानले भर्ना प्रक्रिया सुरु गरेपछि विद्यार्थी आन्दोलित भएका हुन् । उनीहरूले आइतबारदेखि आइओएम र स्कुल अफ मेडिकल साइन्सेसको डिन कार्यालयमा तालाबन्दी गरेका हुन् । उनीहरूले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र पाटनमा समेत तालाबन्दी गर्ने तयारी गरेका छन् ।
संघर्ष समितिका प्रवक्ता कडरियाले आफूहरूले चिकित्सा शिक्षा ऐनले गरेको व्यवस्था कार्यान्वयनका लागि मात्र दबाब दिएको बताए । आफ्ना मागमा अनेरास्ववियु, नेविसंघलगायतका विद्यार्थी संगठनको पनि ऐक्यबद्धता रहेको उनको दाबी छ ।
ऐनअनुसार विद्यार्थी सिट संख्या तथा शुल्क निर्धारण गर्ने, एकीकृत प्रवेश परीक्षा गर्नेलगायतका काम चिकित्सा शिक्षा आयोगले गर्ने व्यवस्था छ । सरकारले आयोग उपाध्यक्ष नियुक्तिमा ढिलाइ गरिरहेको छ । त्यसको फाइदा उठाउँदै विश्वविद्यालय र प्रतिष्ठानहरूले आफ्नो अनुकूलमा भर्ना प्रक्रिया सञ्चालन गरिरहेका छन् ।
संघर्ष समितिका अभियन्ता पक्राउपछि रिहा
चिकित्सा शिक्षा संघर्ष समितिका अभियन्ता प्रवीण लामालाई प्रहरीले प्रक्राउ गरी रिहा गरेको छ । चितवन मेडिकल कलेजमा बिडिएस तेस्रो वर्षमा अध्ययनरत लामालाई सोमबार साँझ जिल्ला प्रहरी कार्यालय चितवनले प्रक्राउ गरेको थियो । सोधपुछ गरेपछि उनलाई मंगलबार रिहा गरेको छ । लामा पक्राउको विरोधमा मंगलबार विद्यार्थीले भरतपुरमा र्यालीसहित प्रदर्शन गरेका छन् ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...



प्रतिकृया लेख्नुहोस्: