Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

प्रहरीले लाठी हाने हामी पनि हान्छौं, गोली चलाए सोच्छौं : प्रचण्ड

काठमाडौं, एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस–एमाले सरकारले दिने अलोकतान्त्रिक आदेशको भरमा सुरक्षा संयन्त्रले गलत रबैया अपनाएमा आफूहरु मूकदर्शक नबन्ने चेतावनी दिएका छन् । सोमबार ललितपुरस्थित खन्ना गार्मेन्टको हलमा मजदुर संगठनका नेता–कार्यकर्तालाई प्रशिक्षण दिँदै अध्यक्ष प्रचण्डले भने– ‘प्रहरीले लाठी हाने हामी पनि हान्छौं, तिनले गोली हाने हामी सोच्छौं । तर, जुनसुकै हालतमा पनि आन्दोलनलाई निष्कर्षमा पुर्याएरै छाड्छौं ।’ एमाओवादी सहित ३० दलीय मोर्चाले हाल अगाडि बढाएको आन्दोलन प्रचण्ड राष्ट्रपति हुनैका लागि भएको भनेर सत्ताधारीहरुको गरिरहेको प्रचारवाजीप्रति आपत्ति जनाउँदै उनले भने– ‘प्रचण्डले आफू राष्ट्रपति बन्ने सपना पूरा गर्न आन्दोलन सुरु गर्यो भनेर जो प्रचार गरिएको छ, त्यो कुरामा बिल्कुल सत्यता छैन । तर, मलाई यो खोपीको देउताजस्तो राष्ट्रपति हुन कुनै रहर छैन ।’ उनले विगतमा आफूहरुबाट धेरै कमजोरीहरु भएको स्वीकार गर्दै अब तिनलाई सच्याउन जनताकोमा जानुपरेको बताए । ‘हिजोका आन्दोलनमा हामीले एउटा विषालु सर्पको टाउको कुल्चियौं’, राजतन्त्र र सत्तारुढ दलतर्फ इंगित गर्दै प्रचण्डले भने– ‘तर पुच्छरलाई त्यत्तिकै छाड्ने गल्ती गरिएछ ।’ ‘जाडोमा कठ्यांग्रिएको साँपलाई दूध पिलाउनु आफ्नो ठूलो भूल भएको’ उको भनाइ छ । हजारौं स्वयंसेवक सेनाले फागुन १६ गते काठमाडौं भरिने उल्लेख गर्दै प्रचण्डले भने– ‘काठमाडौंमा जम्मा भएका लाखौं जनताले करोडौंको रुप लिनेछन् ।’ अब ‘रक्तपातविहिन युद्ध’ को सुरुआत भएको प्रचण्डको जिकिर छ । आन्दोलनमा हुन सक्ने घुसपैठप्रति मजदुर नेता–कार्यकर्तालाई सजग गराउँदै प्रचण्डले भने– ‘अस्ती पनि घुपैठियाहरुले मेरै टाउको फुटाउन चाहन्थे तर मलाई सुरक्षाकर्मीले बचाए । अबको आन्दोलनमा सत्तापक्षले भिजिलान्तेहरु प्रयोग गर्न सक्छन् । यसका लागि हामी सबै सतर्क हुनुपर्छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: