काठमाडौं । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपअन्तर्गत एसियाली राष्ट्रबीचको दोस्रो चरणको छनोट खेलमा नेपालले कुवेतसँग लज्जास्पद हार खेपेको छ ।
कुवेतको घरेलु मैदानमा बिहिबार राति भएको खेलमा नेपाल कुवेतसँग ७–० गोलले पराजित भयो । पहिलो हाफमा दुई गोलले पछि परेको नेपालले दोस्रो हाफमा पाँच गोल खाएको थियो । नेपालले सुरुवाती १३ मिनेटमै दुई गोल खाएको थियो ।
कुवेतका लागि छैटौं मिनेटमा युसुफ नासेरले सुरुवाती गोल गरे । १३औं मिनेटमा अल हाजेरीले गोल गर्दै कुवेतको अग्रता दोब्बर बनाए । हाजेरीले कर्नरबाट सोझै गोल गरेका थिए । दोस्रो हाफमा थप आक्रामक देखिएको कुवेतले ५१औं मिनेटमा तेस्रो गोल गरेको थियो । युसुफ नासेरले हेड गोल गरे ।
अब्दुल्लाह माविले ५९औं मिनेटमा चौथो गोल गरेका थिए । ६८औं मिनेटमा कप्तान बादर अल मुत्वाले पाँचौं गोल थपे । कुवेतले बाँकी दुई गोल अन्तिम इन्जुरी समयमा थपेको थियो । इन्जुरी समयमा रेडा हानी र हुसेन अल मुसावीले गोल गरेका थिए । खेलभर नेपालको पोस्ट नजिक बल खेलाएको कुवेतका अन्य प्रयासमा नेपालका गोलरक्षक किरण चेम्जोङले बचाए । किरण बाहेक नेपालका अन्य खेलाडीको प्रदर्शन निकै फितलो बनेको थियो ।
समूह ‘बी’ मा फराकिलो पहिलो जितसँगै कुवेत शीर्षस्थानमा छ । समूहको अर्को खेलमा जोर्डनले चाइनिज ताइपेईलाई २–१ गोलले पराजित गरेको छ । पाँच टोली सम्मिलित समूह ‘बी’ मा नेपाल, कुवेत, अष्ट्रेलिया, चाइनिज ताइपेई र जोर्डन रहेका छन् । छनोट खेलहरु होम एन्ड अवेका आधारमा खेलिने छ । नेपालले अब अर्को खेलमा मंगलबार चाइनिज ताइपेईसँग उसैको मैदानमा खेल्नेछ । मंगलबारनै अर्को खेलमा कुवेत र अष्ट्रेलिया भिड्नेछन् ।
aplly description here...
चैत्र ८ गते, २०७७ - ०८:०७
काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...
चैत्र ८ गते, २०७७ - ०७:१७
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...
चैत्र ८ गते, २०७७ - ०७:०३
काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...
चैत्र ८ गते, २०७७ - ०६:३८
काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...
चैत्र ८ गते, २०७७ - ०६:३१
काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...
चैत्र ७ गते, २०७७ - ०८:५३
सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...
चैत्र ७ गते, २०७७ - ०८:४५
काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...
चैत्र ७ गते, २०७७ - ०८:०१
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...
चैत्र ७ गते, २०७७ - ०७:४५
काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...
चैत्र ७ गते, २०७७ - ०७:४०
काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...
प्रतिकृया लेख्नुहोस्: