Khabar Dabali १५ फाल्गुन २०८२ शुक्रबार | 27th February, 2026 Fri
Investment bank

कही पुल नभएर सास्ती कही ५० मिटरमै दुई पुल

रोल्पा । माडीखोलामा नजिकै दुईवटा पुल देख्दा जोकोहीलाई अचम्म लाग्न सक्छ १ धेरै नदी र खोलामा पुल नभएकाबेला एकै ठाउँमा दुईवटा पुल देख्दा आश्चर्य लाग्नु स्वभाविक हो। तर करिब ५० मिटर दूरी नजिक पक्की र बेलीब्रीज देखिने अवस्था आउनुमा लामो कथा छ।

आजको अन्न्पुर्ण पोष्ट दैनिकमा खबर छ - एक दशकदेखि यो खोलामा पक्की पुल निर्माण कार्य अलपत्र थियो। दुईवटा पिलर ठड्याएर लामा धमे्रन्द्र जेभी कन्ट्रक्सनका ठेकेदार बसन्त डिसीले पुल अलपत्र छाडेका थिए। प्यूठान चकचकेस्थित सडक डिभिजन कार्यालय र निर्माण कम्पनीबीच २०६६ असार १९ गते ठेक्का सम्झौता भएको थियो। सम्झौता अवधि सकिन लागेका बेला पुल निर्माण गर्न झुल्किएका ठेकेदारले डिजाइन इष्टिमेट गलत भएको भन्दै काम रोके। पुनः डिजाइन इष्टिमेट गरेर ठेक्का सम्झौता गरेपछि दुईवटा पिलर ठड्याएर ठेकेदार बपत्ता भए।

पुल अलपत्र पारेपछि सरकारले ठेक्का सम्झौता रद्द गरेर पुनः टेन्डर आव्हान गर्‍यो। २०७५ असार ३० गते सडक डिभिजन र निर्माण कम्पनी एसिट टिक÷राज जेभीसँग नयाँ ठेक्का सम्झौता भयो। ३ करोड ३५ लाखमा सम्झौता भएको पुल १७ महिनामा सम्पन्न गर्नुपर्ने अवधि थियो। तर एक दशकसम्म अलपत्र परेको पुल ११ महिनामै सम्पन्न भयो। निर्माण व्यवसायी राजवीर सम्झौता अवधिभन्दा पहिले नै पुल सम्पन्न गरे।

‘जिल्लाकै सामरिक महत्वको पुल भएकाले अहोरात्र खटिएर निर्माण सम्पन्न गरेँ’ उनले भने, ‘समयमै पुल बनेपछि सबै स्थानीय खुसी छन्। धेरैले मलाई धन्यवाद दिइरहेका छन्। पुल नहुँदा पश्चिमी रोल्पाका आधा दर्जन बढी स्थानीय तह र छिमेकी जिल्ला दाङ, सल्यान, रुकुम आवतजावतमा निकै सास्ती हुने गरेको थियो। सदरमुकाम लिबाङसँग जोडिने पुल नबन्दा वर्षात्का बेला यातायातका साधन चल्न सक्दैनथे। हिउँदको समयमा तत्कालीन जिल्ला विकास समितिले खोलामा अस्थायी काठेपुल निर्माण गरेर यातायात सुचारु गर्दै आएको थियो।

विकल्पमा बेली ब्रीज

अस्थायी काठेपुल निर्माणमा बर्सेनि लाखौं रकम खर्च हुन थालेपछि विकल्पमा बेलीब्रीजको निर्माण गरिएको हो। २०७२ सालमा यहाँ बेलीब्रीज राखिएको ५ नम्बर प्रदेश सांसद दिपेन्द्रकुमार पुन बताउँछन्। पुल अलपत्र रहेपछि सर्वसाधारणले नेतालाई ठेकेदारबाट पैसा खाएर पुल नबनाएको भन्दै गाली गर्न थालेपछि विकल्पमा बेलीब्रीज बनाउनुपरेको उनको भनाइ छ।

ठेक्का तोड्न र नयाँ सम्झौता गरी पुल बनाउन समय धेरै लाग्ने भएपछि वैकल्पिक रुपमा बेलीब्रीज निर्माण गरिएको थियो। ७३ दशमलव ४० मिटर लम्बाई र तीनवटा स्पाम रहेको पक्की पुल निर्माण भएपछि स्थानीय उत्साहित बनेका छन्। ‘ठेकेदारले पुल अलपत्र पारेपछि हामीले खुवै गाली खानुपर्‍यो’ उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले भने, ‘निर्माण व्यवसायी इमान्दार भएर मात्र सरकार सफल हुनसक्छ।’ ठेकेदारकै कारण बर्सेनि करोडौंका भौतिक पूर्वाधार निर्माण अधुरा हुँदै आएको मन्त्री पुन बताउँछन्।

एक दशकदेखि शिलान्यास गरेर अलपत्र परेको पुल सम्पन्न भएपछि पनि मन्त्री पुनले नै पुनः उद्घाटन गरे। पक्की पुल निर्माणमा खड्क दल गणका नेपाली सेनाकोसमेत ठूलो सहयोग रह्यो। पुलको पखेरामा रहेको कडा चट्टान कटान गर्न नेपाली सेनाले सहयोग गरेको थियो। पक्की पुल बनेपछि अब बेलीब्रीज कहाँ लैजाने भन्ने चर्चा सुरु भएको छ। जिल्लाका विभिन्न स्थानीय तहका जनप्रतिनिधिले जिल्ला भित्रका अन्य नदी र खोलामा जडान गर्नुपर्ने बताएका छन्।

रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले लिबाङ–बाजबाङ सडक खण्डमा बेलीब्रीज आवश्यक रहेको बताए। कतिपयले नगरपालिकाकै ९ नम्बर वडा ह्वामा जोड्ने धाङ्सी खोलामा जडान गर्न आवश्यक रहेको बताउँदै आएका छन्।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE