Khabar Dabali १७ फाल्गुन २०८२ आईतवार | 1st March, 2026 Sun
Investment bank

काष्ठमण्डप पुनर्निर्माण : भुइँतलाको थाम राखियो

काठमाडौ । गोरखा भूकम्पका कारण जगसहित ढलेको काष्ठमण्डप पुनःनिर्माणले गति लिएको छ । स्थानीयवासीले काष्ठमण्डप पुनःनिर्माणको जिम्मा लिएपछि पुनःनिर्माणले गति लिएको हो । जगसहित ढलेको मरु सत्तः पुरानै जगमा निर्माण शुरु गरिएको हो । पुनःनिर्माणअन्तर्गत हाल भुइँतलाको थाम राख्ने काम सकिएको छ । व्यवस्थापन समितिका अनुसार भुइँतलामा राखिएको चार थाम उठाउने काम सकिएपछि ‘फिनिसिङ’को काम भइरहेको छ ।

काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोग र स्थानीयवासीको सक्रियतामा सातौँ शताब्दीको काष्ठमण्डप पुनःनिर्माण शुरु भएको हो । पुनःनिर्माणका लागि कामपा १९, २०, २३ र २४ वडाका वडाध्यक्षको रोहवरमा पुनःनिर्माण समिति गठन गरिएको थियो । उक्त समिति गठन भएपछि गत वर्ष साउनसम्म पूर्वाधार विकास र जनशक्ति खोज्ने काम सम्पन्न गरी भदौमा निर्माण क्षेत्र सफा गरिएको थियो । भदौमा सफाइ गर्ने काम सकिएपछि कात्तिक २२ गते तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले ‘काष्ठमण्डप निर्माण शुभारम्भ’ पूजा गरेर विधिवत् रूपमा काष्ठमण्डप पुनःनिर्माणको शुरुआत गरिएको थियो ।

पुनःनिर्माण शुरु भएको करीब १० महिनामा पहिलो तला निर्माणको काम सकिएको हो । काठमाडौँको नामको व्युत्पत्ति काष्ठमण्डप पुरानै शैली (तीन तल्लाको) बन्नेछ । काष्ठमण्डप १२ औँ शताब्दीमा बनेको विश्वास गरिए पनि बेलायतको दुर्हम विश्वविद्यालय र पुरातत्व विभागको अध्ययनले सातौँ शताब्दीमा निर्माण भएको पत्ता लागेको छ ।

पुरातत्व विभागले जाँच गरेर पुराना सामग्री पुनः प्रयोग गर्न सकिन्छ भनेपछि केही पुराना काठ र इँटा पुनःनिर्माणमा प्रयोग गरिएको छ । पुनःनिर्माण समितिका अनुसार परम्परागत सामाग्री र प्रविधि प्रयोग गरी पुरानै स्वरूपमा ल्याउने गरी काष्ठमण्डप पुनर्निर्माणको काम भइरहेको छ । काष्ठमण्डपको भित्ता निर्माणका लागि काष्ठमण्डपकै पुरानो माटो, धरहरा पुनर्निर्माणका क्रममा निकालिएको माटो र ताहाचलको माटो प्रयोग गरिएको छ ।

प्रदेशसभासमेत रहेएका काष्ठमण्डप पुनःनिर्माण समितिका संयोजक राजेश शाक्यले दुई जिल्लाबाट काठ ल्याइएको जानकारी दिए । शुरुवाती चरणमा बर्दिबासबाट काठ ल्याउने योजना भए पनि पछिल्लो समय चितवनबाट समेत आवश्यक मात्रामा काठ ल्याइएको छ ।

“पुरातत्व विभागअनुसार ३० प्रतिशत पुरानै काठ प्रयोग हुने भन्ने थियो तर प्रयोग गर्दै जाँदा अनुमानितभन्दा धेरै कम मात्रामा काठको पुनः प्रयोग भयो”, उनले भने, “सम्भवतः पुनःनिर्माण सकिँदासम्म १५ प्रतिशत मात्रै पुराना काठको प्रयोग हुने देखिन्छ ।”

पुनःनिर्माणका लागि नेपाल टिम्बर कर्पोरेशनसँग विभागको अनुमानअनुसार आवश्यक १७ हजार ५८ क्युफिट काठ ल्याउने सम्झौता गरिएको छ । सम्झौतानुसार हालसम्म चार हजार क्युफिट काठ प्रयोग भइसकेको शाक्यले जानकारी दिए ।

काष्ठमण्डपमा प्रयोग हुने ढुङ्गा भक्तपुरबाट ल्याइएको छ भने भक्तपुरकै दक्षिणबाराही इँटा उद्योगमा मौलिक रूपमा तयार पारिएको सादा इँटा पुनःनिर्माणमा प्रयोग गरिएको छ । पुनःनिर्माण समितिका सचिव गौतम श्रेष्ठका अनुसार पहिले काष्ठमण्डपमा ‘ठूलो मा आप्पा’ र ‘सानो मा आप्पा’ गरी दुईथरीका सादा इँटा प्रयोग भएकाले त्यसैअनुसार सादा खालका दुई प्रकारको इँटा प्रयोग गरी काष्ठमण्डपको गारो ठड्याइएको छ ।

तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथमा रु १९ करोड ८८ लाखमा निर्माण सकाउने अनुमान कामपाले गरेको थियो । गत असार मसान्तसम्म पुनःनिर्माणका लागि रु तीन करोड ३६ लाख खर्च भएको सचिव श्रेष्ठले जानकारी दिए । उनका अनुसार हाल दैनिक २०÷२५ कामदारले काम गरिरहेका छन् । दैनिक ज्यालादारीमा भक्तपुरका दक्ष कालीगढ पुनःनिर्माणमा खटिरहेका छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE