Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

पूर्वका सरकारी विद्यालयमा पुस्तक अभाव

\"bookshop\"१३ असार, धनकुटा । चैत महिनाभित्र छापेर बाँडि सक्नुपर्ने पुस्तक सरकारी विद्यालयहरुमा अझै आइपुगेका छैनन् । अहिले पनि सरकारी विद्यालयहरुमा सरकारले निस्शुल्क वितरण गर्ने गरेको पुस्तकको पूर्वमा चरम अभाव छ । विद्यालयहरुले आवश्यकताको अनुपातमा थोरैमात्र पुस्तक पाउँदा विद्यार्थीहरुमै तँछाडमछाड हुने गरेको छ । नयाँ पुस्तक विद्यालयसम्म आउन ढिलाइ भएपछि विद्यार्थीहरु थोत्रा किताब पढ्दै छन् । अहिले सरकारी विद्यालयहरुमा सबैभन्दा बढी नेपाली विषयको किताब अभाव भएको धनकुटा ताङ्खुवामा रहेको चुलाचुली उच्चमाविका प्रधानाध्यापक महेन्द्र भट्टराईले बताए । अङ्ग्रेजी र कम्प्युटर विषयको पुस्तक पनि पाउन समस्या भयो । उनले भने, विद्यार्थीहरु पुराना किताब पढ्न मन पराउँदैनन्, नयाँ खोज्छन् तर नयाँ किताब नआउँदा हामीलाई समेत समस्या भइसक्यो । जनक शिक्षा सामग्रीको पूर्वाञ्चल कार्यालयमा यसबारे पटकपटक गुनासो राख्दा पनि सुनुवाइ नभएको प्रअ भट्टराईले बताए । पुस्तक अभाव भएपछि स्टेसनरी व्यवसायी संघले केही साताअघि जनक शिक्षा सामग्रीको पूर्वाञ्चल कार्यालयमा तालाबन्दी समेत गरेको थियोे । चालू शैक्षिकसत्रका लागि विद्यालय तहका आवश्यक पाठ्यपुस्तकको चरम अभाव भएको विद्यालयहरुले जनाए । विद्यालयले पुस्तक अभावकै कारणले विद्यार्थीको पढाइमा बाधा पुगेकाले आफ्नो विद्यालयको शैक्षिक क्यालेन्डरलाई मिचेर असार पहिलो सातादेखि वर्षे विदा गरेको धनकुटा नगरपालिकाका वडा नं। (१० मा रहेको टंक उच्चमाविका प्रधानाध्यापक वासुदेव निरौलाले जनाए । पुस्तक नभएर विद्यार्थीहरुले विद्यालय आउन मन नगर्ने गरेको विद्यालयका प्रधानाध्यापकहरु बताउँछन् । जनक शिक्षाले पुस्तक वितरणमा हेलचेक्रयाँई गर्ने गरेको सरकारी विद्यालयहरुले आरोप लगाउने गरेका छन् । सरकारले कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई निशुल्क पुस्तक वितरण गर्ने गरेको छ । धनकुटाका जिल्ला शिक्षा अधिकारी दुर्गाप्रसाद खरेलले कक्षा ८ को किताब नआएको गुनासो विद्यालयहरुबाट आउने गरेको बताए । यो वर्ष कक्षा ८ को पाठ्यक्रममा परिवर्तन गरिएको छ । हामीले किताब छिटो पठाउन भनेका छौँ, अहिलेसम्म धेरै किताब आउन बाँकी छु, खरेलले भने । सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधार गर्न सरकारले शैक्षिक सुधार वर्ष भनेर २०७० देखिनै घोषणा गरेपनि विद्यालयमा पठनपाठन सुरु भएको दुई महिना बित्दा पनि पाठ्यपुस्तक अभाव हुँदा प्रश्नचिह्न खडा भएको छ । जनक शिक्षा सामग्रीका पूर्वाञ्चल क्षेत्रीय लेखापाल जैतरत मण्डलले पूर्वमा अझै किताबको अभाव नै रहेको स्वीकार गरे । उनले भने, हामीले नेपाली बाहेक ७० हजार किताब पूर्वका विद्यालयहरुलाई बाँडिसकेका छौँ । अब लगभग २५ हजार किताब बाँड्न बाँकी छ । मण्डलले नेपाली विषयको किताब धेरै अभाव भएको बताउँदै पूर्वमा १५ हजार नेपाली, ६ हजार अङ्ग्रेजी र ६ हजार भन्दा बढी कम्प्युटर विषयको किताब अभाव रहेको बताए । सबै किताब पुर्‍याउन अझै केही दिन लाग्ने उनको भनाइ छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending