Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

जब श्रीमानको व्यवहारमा परिवर्तन हुन थाल्छ

श्रीमान-श्रीमतीको जीवन यात्रा सजिलो होस् भन्नाका लागि एक-अर्कालाई सम्झन् र बुझ्न आवश्यक हुन्छ । कहिलेकाहीँ बढ्दो जिम्मेवारी र जीवनमा आईपर्ने विभिन्न समस्याहरुका कारणले गर्दा श्रीमानले पारिवारिक जीवनमा सही तालमेल राख्न सक्दैनन् । जसकारण उनीहरुको व्यवहार परिवर्तन भैरहने तथा चिडचिडापना आउन थाल्छ ।

त्यस्तो अवस्थामा श्रीमतीले नै श्रीमानसंग सामञ्जस्य बनाएर दाम्पत्य जीवनको गाडीलाई सही मार्गमा ल्याउन सक्छिन् । यदि तपाईंको श्रीमानको व्यवहारमा परिर्वतन हुन थालेको छ भने के गर्ने ?

श्रीमानको सहयोग लिनुपर्छ

श्रीमानलाई हरेक कुरामा महत्व दिनु पर्छ । वैवाहिक जीवनसंग जोडिएका समस्याहरुमा उनको सल्लाह लिनु अति नै आवश्यक हुन्छ । परिवारको समस्या समाधानमा श्रीमानलाई पनि सहभागि गर्नु पर्छ । त्यसो गर्दा तपाईको श्रीमानको व्यवहारमा सकारात्मक परिर्वतन आउन थाल्छ ।

आफ्नो चाहाना पुरा भएन भने

धेरै श्रीमानको चाहना घरेलु काममा आफ्नो साझेदारी कम होस् भन्ने हुन्छ । तर कामकाजी श्रीमतीले घरेलु काममा श्रीमानको सहयोगको अपेक्षा राख्ने गर्छिन् । यस्तो परिस्थितिमा उब्जिएको विवाद पनि श्रीमानको स्वभावमा आउने परिर्वतनको कारण बन्न सक्छ । त्यसैले यस्तो कार्यहरुमा माया-प्रेमको साथै आफसी समझदारीमा कामको बाँडफाँड गर्नु पर्छ । यसो गर्दा श्रीमानले खुशीका साथ तपाईंको काममा सघाउन थाल्छ ।

श्रीमानको सानो पोस्टको ठुुलो मूल्यांकन गर्नुपर्छ

आफ्नो र श्रीमानको जागिरको पोस्टको बारेमा सकेसम्म घरमा कुरा नगर्नु बुद्धिमानी हुन्छ । यदि गर्नु नै परेमा पनि कहिल्यै तुलनात्मक हिसाबले कुरा गर्नु हुँदैन । यदि श्रीमानको भन्दा तपाईंको पोस्ट ठुलो छ भने त्यसले श्रीमान र तपाईंमा कुनै पनि प्रकारको हिन भावनाको शिकार हुन नपरोस् भन्ने कुरालाई ध्यान दिनु पर्छ ।

अफिसमा प्राप्त पोस्टका कारण श्रीमान-श्रीमती दुबैमा मनमुटाव हुने, घरमा अशान्ति हुने,व्यवहारमा चिडचिडापन उत्पन्न हुने जस्ता कुराले दाम्पत्य जीवनमा फाटो ल्याउन सक्छ । त्यसैले श्रीमानको सानो पोस्टलाई पनि महत्वपुर्ण मान्नु पर्छ ।

हेराई बदल्नुहोस्

परिवारसंग सम्बन्धित स(साना समस्याहरुको समाधान स्वयं गर्नु पर्छ । श्रीमान घर आउनासाथ समस्याहरुलाई उनको अगाडि नथुपार्नुहोस् । यसको सीधा असर तपाईंको श्रीमानको स्वभावमा पर्छ । घर पुग्नासाथ समस्याहरु झेल्न पर्ने हुँदा उनी कुनै न कुनै बाहाना बनाएर धेरै समय घर बाहिर बिताउन थाल्छन् । साथै उनको व्यवहारमा पनि चिडचिडापन आउन थाल्छ । प्रायः संयुक्त परिवारमा दम्पतीबीच यस्ता समस्या भैरहन्छ । स(साना घरेलु समस्याहरुको समाधान स्वयं निकाल्नाले तपाईंको आत्मविश्वास पनि बढ्छ साथै श्रीमानले पनि तपाईंको समझदारीलाई आत्मसात गर्छन् ।

श्रीमानले श्रीमतीको लागि र श्रीमतीले श्रीमान्को लागि धेरै ध्यान दिने कुराले पनि एक(अर्काप्रति चिडचिडाहट उत्पन्न हुन्छ । त्यसैले सम्बन्धमा केहि दुरी हुनु पनि आवश्यक हुन्छ । श्रीमानको महिला मित्र र श्रीमतीको पुरुष मित्रका कुराले पनि दुवैमा प्रायः विवाद उत्पन्न हुन्छ । जसको नराम्रो असर आपसी सम्बन्धमा र श्रीमान्(श्रीमतीको व्यवहारमा पर्छ । जीवनसाथीलाई शंकाको दृष्टिले हेर्नु भन्दा उसलाई विश्वास गर्नु बुद्धिमानी हुन्छ ।

इर्ष्या हुनु हुँदैन

कहिलेकाहीँ करियरको क्षेत्रमा श्रीमती श्रीमानभन्दा अगाडि हुन्छिन् । श्रीमतीले आफ्नो धेरै निर्णयमा श्रीमानसंग सरसल्लाह गर्न आवश्यक ठान्दिनन् भने पनि श्रीमानको स्वभावमा परिर्वतन आउन शुरु हुन्छ ।

यस्ता धेरै कारणले श्रीमान-श्रीमती एक(अर्कासंग छुटिने पनि गर्छन् । त्यसैले आफ्नो सफलतामा के गर्ने भन्ने बारेमा श्रीमानसँग सरसल्लाह गर्नु पर्छ । यसो गर्दा श्रीमान्लाई आफ्नो उपेक्षा भएको महसुस पनि हुँदैन र सम्बन्धमा विश्वास पनि बढ्छ ।

खुलेर साथ दिनु पर्छ

सम्बन्धमा खुशीयाली होस् भन्नाका लागि यौन जीवनमा पनि खुलापन हुन अति नै जरुरी हुन्छ । दिनहुँ बाहना बनाएर श्रीमानको आग्रहलाई नमान्नुले श्रीमानले तपाईंसंग दुरी बनाउने सम्भावना धेरै हुन्छ । यौन सम्बन्धको बारेमा खुलापन भएन भने श्रीमानको व्यवहारमा परिर्वतन आउन थाल्छ, उनीे तपाइर्ंसंग रिसाउन, झर्केर बोल्ने जस्ता व्यवहार आउन थाल्छ । जसका कारण दाम्पत्य जीवनमा नीरसता आउन थाल्छ ।

कहिलेकाहीँ तपाईं श्रीमानलाई सहयोग गर्न असक्षम हुन सक्नु हुन्छ । यस्तो स्थितिमा आफ्नो श्रीमानलाई मायाले सम्झाउनुहोस् । यौनमा श्रीमानलाई खुलेर साथ दिनु पर्छ । यसो गर्दा दाम्पत्य जीवन त खुशीमय हुन्छ नै तपाई स्वास्थ्य पनि रहनुहुन्छ ।

घरको बजेट

घरको बजेट सन्तुलित राख्ने महत्वपुर्ण जिम्मवारी श्रीमातीको काँधमा हुन्छ । अनावश्यक खर्चको बोझ श्रीमान्मा परेपछि श्रीमानको व्यवहारमा चिडचिडापना आउन थाल्छ । यस किसिमको समस्याको समाधान भनेको नै महिनाभरीको बजेटको योजना बनाएर के(के मा खर्च गर्ने भन्ने निर्धारित गर्नु हो । आफ्नो बजेट बाहेक बचत पनि गर्नु भएमा तपाइर्ंप्रति श्रीमानको प्रेम त बढ्छ नै तपाईंलाई बुद्धिमान श्रीमतीको उपनाम पनि प्राप्त हुन्छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies