Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

सिम्रिक एयरले कर्जा नतिर्दा अग्नि एयरको लिलामी

[caption id=\"attachment_26566\" align=\"alignleft\" width=\"498\"]\"rameshor बैंककाे राेहबरमा भएकाे सम्झौता[/caption] १४ असार काठमाडौं । सिम्रिक एयरले बैंकको कर्जा नतिरेपछि अग्नि एयरको लिलामी निकालेको खुलासा भएको छ । ग्रान्ड बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र श्रेष्ठले यस्तो बताएका हुन् । ‘समयमै कर्जा तिरेको भए लिलामी निस्कने थिएन ।’ खबर डबलीसँग श्रेष्ठले भने, ‘सिम्रिकले कर्जा नतिरेका कारण अग्नि एयरको लिलामी निकालीएको हो ।’ गत जेठ २८ गते बैंकले अग्नि एयरको ५ थान जहाज लिलामीबारे सुचना निकालेको थियो । ग्राण्ड बैंकको अगुवाईमा सनराईज बैंक र ईन्टरनेश्नल लिजिङ एण्ड फाईनान्स कम्पनी लिमिटेडबाट अग्निले सहवित्तियकरण कर्जा अन्तर्गत ऋण लिएको थियो । बैंकको अधिकारीको समलग्नतामा अग्नि एयर र सिम्रिक एयरबीच जहाज भाडामा लिएर चलाउने सम्झौता भएको थियो । सम्झौतामा दोस्रो पक्ष भनिएको सिम्रिक एयरले ५ थान जहाज सञ्चालन गर्ने र बैंकको साँवा र ब्याज भूक्तानी गर्ने संझौता भएको थियो । ‘दोस्रो पक्षले सञ्चालन खर्च वापत लिएको साँवा ब्याज वापतको रकम भूक्तानी लिने प्राथामिकता प्राप्त गर्नेछ ।’ सम्झौतामा भनिएको छ,  ‘सहवित्तियकरण बैंकको कर्जाको साँवा ब्याज भूक्तानी गर्ने दायित्व दोश्रोपक्षको हुनेछ ।’ तर सिम्रिकले सम्झौतामा उल्लेख गरिए बमोजिम ब्याज भूक्तानी नगरेपछि अग्निमाथि व्ययभार परेको थियो । अग्निको नाममा रहेको २९ सिट क्षमतायुक्त तीनवटा जेटस्ट्रिम–४१ र १९ सिटे दुईटा डोर्नियर–२२८ मोडेलका जहाज लिलामीमा राखेका हुन् । लिलामीमा ९ एन–एआइपी, एआइओ र एआइक्यु कलसाइन भएका जेटस्ट्रिम र ९ एन–एजेएच र एआई कलसाइनका डोर्नियर जहाज छन् । तीमध्ये तीनवटा जेटस्ट्रिम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड छन् । दुई वटा जहाज सिम्रिकले उडाइरहेको भएपनि कर्जा तिरेको छैन । ‘हामीले नियम र कानुनको आधारमा सबै निर्णय गरेका हौं ।’ ग्राण्ड बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ भन्छन्, ‘उनीहरुबीच भएको सम्झौतामा राम्रो भएको भए लिलामी निस्कँदैन थियो ।’ अग्नि एयरको सञ्चालक सुधिर बस्नेत बैंकले आफूहरुमाथी अन्याय गरेको भन्दै पटक पटक अर्थमन्त्री रामशरण महतलाई समेत ध्यानाकर्षण गराएका थिए । अग्नि एयर प्रालि २०६० पुस १७ मा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending