हेटौँडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले व्यवस्था परिवर्तनमा जस्तै वर्तमान व्यवस्थालाई स्थापित गर्न र देश विकास गर्न सबै दलबीच एकता आवश्यक रहेको बताएका छन् ।
रेडियो सन्देशको आयोजनामा आज भएको प्रदेश नं ३ का पत्रकारको भेलामा उनले मुलुकको परराष्ट्र नीति, शिक्षा नीति तथा विकासको ठोस योजनामा आम सहमति हुनुपर्ने आवश्यकता रहेको उल्लेख गरे । ‘राष्ट्रले विकासमा फड्को मार्न सबै दल तथा नागरिक समुदायबीच आम एकता आवश्यक छ’ उनले भने ।
प्रवक्ता श्रेष्ठले लोकतन्त्र विरोधी शक्तिले सत्ता हत्याउन खोज्यो भन्ने गरिए पनि प्रतिगमनकारी शक्तिले पुनःराज्य कब्जा गर्ने भन्ने कुरा कल्पना गर्नै नसकिने बताए । विस्थापित शक्ति जहिले पनि चलमलाउन खोज्नु सामान्य भएको बताउँदै नेता श्रेष्ठले लोकतान्त्रिक शक्तिले राम्रो काम नगर्ने हो भने मात्र त्यस्ता शक्तिले अवसर पाउने धारणा राखे ।
प्रवक्ता श्रेष्ठले भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसहितको सुशासनबिना देशको अर्थतन्त्रको विकास नहुने धारणा राखे। देश विकासको बाधकका रूपमा रहेको असारे विकासको अवधारणा परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो । नेता श्रेष्ठले बजेट छुट्याउने तर सम्पूर्ण बजेट खर्च गर्न नसक्ने परिपाटीको अन्त्य गर्नुपर्ने आवश्यकता रहेको बताए ।
अब कसैलाई दोष दिएर वा कसैलाई देखाएर पन्छिने अवस्था नरहेकाले काम गरेर देखाउनु एकमात्र विकल्प रहेको उनको भनाइ थियो । विश्वकै सुन्दर र अत्यन्त सम्भावना भएको राष्ट्र पाएर पनि यहाँका साधन स्रोतको उचित प्रयोग गर्न नसकिरहेको अवस्थामा सबै दल, वर्ग र क्षत्रेका नागरिक एक भएर लाग्नुपर्ने उनले बताए ।
समृद्ध नेपाल निर्माण गर्न ठूलो दल भएकाले नेकपाले नेतृत्व गरे पनि प्रतिपक्षी दल पनि उत्तिकै जिम्मेवार भएर लाग्नुपर्ने उनको धारणा थियो । नेता श्रेष्ठले समाजवादोन्मुख समावेशी लोकतन्त्रलाई सफल बनाउन हिजोसँगै लडेका शक्तिबीच सहकार्य आवश्यक रहेको बताए ।
aplly description here...
बैशाख १५ गते, २०७८ - १३:५४
काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...
बैशाख १५ गते, २०७८ - १३:०६
रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...
बैशाख १५ गते, २०७८ - १२:३४
काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...
बैशाख १५ गते, २०७८ - १२:०४
काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...
बैशाख १५ गते, २०७८ - ११:३१
काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...
बैशाख १५ गते, २०७८ - ११:१२
पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...
बैशाख १५ गते, २०७८ - ०९:१४
काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...
बैशाख १५ गते, २०७८ - ०८:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...
बैशाख १५ गते, २०७८ - ०८:३३
झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...
बैशाख १५ गते, २०७८ - ०८:२७
गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...
प्रतिकृया लेख्नुहोस्: