Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

दलित प्रतिनिधित्वलाई लिएर शिर्ष नेताहरुको बैठकमै चर्काचकी

१५ असार, काठमाडौं । मस्यौदा समितिमा यसअघि भएका समझदारी उल्ट्याउन लागीपरेको कांग्रेस–एमाले र समझदारी अनुरुप मात्रै हुनुपर्ने अडानमा रहेको माओवादीका मस्यौदा समतिका सदस्यहरुबिच कुरा नमिलेपछि बसेको शिर्ष नेताहरुको बैठकमा चर्काचर्की भएको छ । बैठकमा यसअघि सहमति भइसकेको दलितहरुको समावेशी, समानुपातिक र विशेष व्यावस्थाको विषयलाई चर्काचर्की परेको एक दलित सभाषदले बताएका छन् । एमाअ‍ोवादीका अध्यक्ष पूष्पकमल दाहाल ‘प्रचण्ड’ ले दलितहरुलाई समावेशी, समानुपातिक र विशेष व्यावस्था गरिनुपर्ने अडान राखेको तर कांग्रेस–एमालेका नेताहरुले यस्तो व्यवस्था गर्ननहुने भन्ने अडान राखेपछि बैठकमा तनाव भएको थियो । स्रोतका अनुसार प्रचण्डले यसअघि भइसकेको समझदारीहरुलाई उल्ट्याउन थालिए १६ बुँदेको औचित्य स्वत समाप्त हुने र आफु सहमतिबाट पछि नफर्किने बताएपछि कांग्रेस–एमालेका नेताहरुले प्रचण्डलाई दलितको पार्टी खोल्नुस् भनेका थिए । जवाफमा प्रचण्डले ‘०४६ को संविधान हामी मान्दैनौं, तपाईहरु जनआन्दोलन तथा जनयुद्धका एजेण्डाहरुलाई छल्दै ०४६ को संविधान परिमार्जन गर्न खोज्दै हुनुहुन्छ’ भनेका थिए । बैठकमा चर्काचर्की भएपछि अहिले बैठक स्थगित छ भने करिब ४० को संख्यामा रहेका सबै दलका सभाषदहरु शिर्ष नेताहरुको टिमलाई भेट्न पुगेको छ । ४० दलित सभाषदको टिमले नयाँ संबिधानमा दलितलाई समानुपातिक तथा समावेशी सहितको विशेष व्यावस्था हुनुपर्ने भन्दै शिर्ष नेताहरुलाई दबाब दिइरहेको छ भने दलित सभाषदहरुले एमाओवादीसँग मात्रै आफ्ना एजेण्डामाथि भर पर्न सक्ने भन्दै प्रचण्डलाई नछोड्न आग्रह गरिएको एक दलित सभाषदले बताए । नेताहरुबिच अझै केही कुरामा सहमति हुन बाँकी रहेको समेत स्रोतले बतायो । संविधानसभामा मस्यौदा प्रस्तुत गर्नका लागि अहिले साँझ ६.३० बजे संविधानसभाको बैठक बोलाइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending