Khabar Dabali १४ फाल्गुन २०८२ बिहीबार | 26th February, 2026 Thu
Investment bank

नौ महिनादेखि लथालिंग काग्रेस भातृ सस्था

काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेस भ्रातृ संस्था नेपाल विद्यार्थी संघ नौ महिनादेखि विघटित अवस्थामा छ। कांग्रेसको ‘नर्सरी’ नेविसंघ गठनका लागि पार्टी शीर्ष तहमा निरन्तर छलफल भइरहे पनि टुंगोमा पुग्न सकेको छैन।

आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ - एक साताअघि पार्टी पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले नेविसंघ अध्यक्षमा राजीव ढुंगानाको नाम प्रस्ताव गरे। तर वरिष्ठ नेता रामचन्द्र पौडेलले त्यसमा असहमति जनाउँदै पूर्वमहामन्त्री मनोजमणि आचार्यको नाम अघि सारे। सभापति देउवाले नेविसंघको नेतृत्व ढुंगानालाई नै दिने निश्चितजस्तै छ। तर, गुटका कारण उनले निर्णय लिइसकेका छैनन्।

कांग्रेसको अर्को भ्रातृ संस्था नेपाल तरुण दलले पूर्णता नपाउँदै कार्यकाल सकिने अवस्थामा पुगेको छ। तीन वर्ष कार्यकाल रहेको तरुण दलको वर्तमान कार्यसमितिको पदावधि यही महिना सकिँदैछ।

९५ सदस्यीय केन्द्रीय कार्यसमिति रहेको तरुण दल अहिले चारजना पदाधिकारीको भरमा छ। भागबन्डा नमिल्दा तरुण दलले पूर्णता नपाएको हो। चार सदस्य रहेको दलमा अध्यक्ष जितजंग बस्नेतले महासचिव भूपेन्द्रजंग शाहीलाई कारबाही गरेपछि दल अहिले तीन जनामा सीमित छ।

कांग्रेस शीर्ष तहमा मौलाएको गुटको प्रभाव भ्रातृ संस्थामा पनि बढ्दो छ। पार्टीको केन्द्रीय तहमा रहेका नेताले भ्रातृ संस्थामा पनि गुट बनाउने प्रवृत्तिका कारण संगठन अस्तव्यस्त छन्। ‘केन्द्रमा तीनवटा गुट देखिए पनि भ्रातृ संस्थामा केन्द्रीय नेतापिच्छे गुट छन्। प्रत्येक नेताका आआफ्ना मान्छेको गुट निर्माण गरेका छन्, भ्रातृ संस्थामा’, नेविसंघका निवर्तमान केन्द्रीय अध्यक्ष नैनसिंह महर भन्छन्, ‘अनुशासनहीनता हाबी छ, संगठन नेतृत्वको निर्देशन मान्ने भन्दा पनि पार्टीका नेताको निर्देशनमा चल्ने र संगठनलाई निष्प्रभावी बनाउने काम भएको छ।’ भ्रातृ संस्थाहरू नेताको गुटको संघका रूपमा परिणत भइरहेको महरको बुझाइ छ। ‘अराजकता चरम छ, भ्रातृ संस्थामा आफ्नो गुट बनाएर केन्द्रमा शक्ति प्रदर्शन गर्ने गलत मनशायबाट नेताहरू सञ्चालित छन्’, उनले भने, ‘गुटको राजनीतिबाट शक्ति आर्जन गर्ने र केन्द्रमा स्थापित हुन खोज्ने नेताहरूको प्रवृत्तिका कारण भ्रातृ संस्थाले काम गर्न सक्ने अवस्था रहेन अब।’

पार्टी केन्द्रको गुटको प्रत्यक्ष असर भ्रातृ संस्थामा पर्दा न उनीहरूको नियमित बैठक बस्ने गरेको छ, न समयमै अधिवेशन। यसले लोकतान्त्रिक पार्टीभित्र आन्तरिक लोकतन्त्रको अभ्यास कमजोर देखाउने गरेको छ। भ्रातृ संस्थामा आफूअनुकूल नेतृत्व ल्याउन र उनीहरूकै शक्तिमा पार्टीमा प्रभाव बढाउन खोज्ने नेताहरूका कारण अनुशासनहीनता बढ्दै गएको छ।

संगठनभित्र अनुशासनविपरीत काम गर्नेलाई केन्द्रकै नेताहरूको संरक्षण हुने हुँदा सहजै कारबाही भएको पनि पाइँदैन। ‘पार्टी कब्जा गरेर व्यक्तिगत स्वार्थ पूरा गर्ने ध्येय नेताहरूमा छ। उहाँहरूलाई पार्टी बलियो बनाउने, संगठन सुदृढीकरण गर्नेभन्दा पनि जसरी हुन्छ, पार्टीमा आफू स्थापित हुने मानसिकता हाबी छ’, कांग्रेसका पुराना नेता एवं पूर्वसभामुख तारानाथ रानाभाटले अन्नपूर्णसँग भने, ‘यसले पार्टीलाई भ्रष्टीकरणतर्फ लगेको छ। संगठन क्षयीकरणतर्फ उन्मुख छ। यो चिन्ताको विषय हो।’

कांग्रेसमा सबैजसो भ्रातृ संस्थामा गुट हाबी छ। गुटकै कारण भ्रातृ संस्थाहरू चलायमान हुन सकेका छैनन्। ‘वडा तहबाटै नेताहरू गुट निर्माण गर्न थाल्छन्, राम्रा मान्छे होइन, पकेटका मान्छेहरू नेताहरूको रोजाइँमा पर्छन्’, पूर्वसभामुख रानाभाट भन्छन्, ‘राजनीतिमा वैरभाव हुँदैनन्, प्रतिस्पर्धा हुन्छ। पैसा र गुट नभएका मान्छेहरू राजनीतिमा टिक्न गाह्रो भइसक्यो। इमानदार मान्छेहरू राजनीतिबाट उदासीन बन्दै छन्। यसले अन्ततः संगठनमा अराजकता ल्याउँछ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE