काठमाडौं । महाभारत युद्धको समयमा जब अर्जुनले रणभूमिमा आफ्नै प्रियजनलाई देखे तब उनले हतियार त्याग्ने सोंच बनाए । त्यस समय युद्ध गर्न र जित्नको लागि भगवान श्रीकृष्णले अर्जूनलाई प्रोत्साहन गरेका थिए ।
भगवान श्रीकृष्णले अर्जूनलाई युद्धको बीच रणभूमिमा सिकाएको पाठ अति महत्वपूर्ण छ । श्रीकृष्णले अर्जुनलाई दिएको पाठ जुन तपाईंको जीवनमा सफलता पाउने बाटो पनि हुनसक्छ । जान्नुहोस् भगवान श्रीकृष्णले अर्जुनलाई दिएको जीवन वचन :
व्यक्तिको आत्माबाटै उसको पहिचान हुन्छ
गीताको श्लोकहरुमा भगवान श्रीकृष्णले मानव शरीरलाई कपडाको एउटा टुक्रा जस्तै भनि उल्लेख गरेका छन् । श्रीकृष्णले कपडा परिवर्तन गरे जस्तै आत्माले हरेक जन्ममा शरिरलाई परिवर्तन गर्ने बताउँछन् । मानव शरीर आत्माको अस्थायी पोशाक हो, जुन हरेक जन्ममा परिवर्तन हुन्छ । यसको तात्पर्य हामीले शरिरसँग नभई उसको आत्मासँग पहिचान गर्नुपर्दछ ।
क्रोध त्याग्नुहोस्
हामी रिसलाई सामान्य भावना मान्दछौं तर यसले व्यक्ति भित्र निकै भ्रम पैदा गर्दछ । जसको कारण मानवले सही र गलत बीचको भिन्नता छुट्याउन सक्दैन् । त्यसैले मानव सधैं शान्त रहनुपर्दछ । क्रोधको अवस्थालाई वेवास्ता गर्नुपर्दछ ।
अति बुद्धि–विवेक हुनु पनि घातक
तपाईंले सुन्नु भएको होला अधिकता पनि घातक हुन्छ । सम्बन्धहरुमा कटुवा वा मिठास हुनुपर्दछ । खुसी या दुःखलाई हामीले कहिल्यै पनि बढि बनाउनुहुँदैन् । जीवनमा सन्तुलन कायम गर्न यो धेरै महत्वपूर्ण छ ।
स्वार्थी नहुनुहोस्
मानवमा हुने स्वार्थले उसलाई अरुसँगबाट टाढा लैजान्छ र उसलाई नकारात्मक परिस्थितिमा पु-याउँछ । जसको कारण उ एक्लो पनि हुन्छ । स्वार्थ भनेको ऐनामा फ्याँकेको धुलोजस्तै हो जसको कारणले व्यक्तिले आफ्नै प्रतिबिम्ब पनि देख्न सक्दैन् । यदि तपाईं जीवनमा खुसी रहन चाहनुहुन्छ भने स्वार्थलाई कहिल्यै आउन नदिनुहोस् ।
कर्मलाई प्राथमिकता दिनुहोस्
मानव आफ्नो कर्तव्यबाट कहिल्यै पन्छनु हुँदैन् । उसको जीवन केवल उसको कर्मको आधारमा नै अडिएको हुन्छ । त्यसले कर्म गर्न हिचकिचाउनु हुँदैन् । कर्मले नै व्यक्तिको जीवनलाई स्थायीत्व तिर लैजान्छ ।
प्रतिकृया लेख्नुहोस्: