Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

‘नयाँ संविधान सबैको साझा दस्तावेज हुने’

\"Narayan१८ असार, काठमाडौं । सहरी विकास मन्त्री डा. नारायण खड्काले अब जारी हुने नयाँ संविधान सबैको साझा दस्तावेज हुने बताएका छन् । पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका स्वर्गीय सभापति गिरिजाप्रसाद कोइरालाको ९२औँ जन्मजयन्तीका अवसरमा शुक्रबार नेपाल प्रेस युनियनले आयोजना गरेको कार्यक्रममा मन्त्री खड्काले सो कुरा बताएका हुन् । मन्त्री खड्काले नयाँ बन्ने संविधान सबै जातजाति, वर्ग, क्षेत्र, धर्म, लिङ्ग, समुदायलाई अपनत्व हुने गरी मस्यौदा तयार गरिएको बताए । उनले सो मस्यौदा छलफलका चरणमा नै रहेकाले छुटेका महत्वपूर्ण विषय राख्न सकिने जानकारी गराए । कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री खड्काले स्व गिरिजाबाबुले सदैव प्रेस स्वतन्त्रताको पक्षमा वकालत गरेको अवगत गराउँदै आगामी नयाँ संविधान पनि पूर्ण प्रेस स्वतन्त्रतामैत्री हुने विश्वास दिलाए । कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले २००७ सालको क्रान्तिदेखि हालसम्म मुलुक कुन राजनीतिक व्यवस्था उपयुक्त भनेर सधैँ अल्झेको बताउँदै अब बन्ने संविधानले लोकतान्त्रिक शासन प्रणालीको सुनिश्चित गर्ने विचार व्यक्त गरे । राष्ट्रिय सूचना आयोगका आयुक्त किरणकुमार पोखरेलले नेपालमा सूचना हकसम्बन्धी कानुन कार्यान्वयनमा स्व कोइरालाले गरेको योगदाको प्रशंसा गर्दै नयाँ संविधान पूर्ण प्रेस स्वतन्त्रमैत्री हुनुपर्ने बताए । वरिष्ठ पत्रकार हरिहर विरहीले सशस्त्र द्वन्द्वमा रहेको तत्कालीन भूमिगत पार्टी माओवादीलाई लोकतान्त्रिक प्रक्रियामा ल्याएर स्व गिरिजाबाबुले मुलुक र जनताप्रति ठूलो गुन लगाएको बताए । नेपाल टे«ड युनियन कांग्रेसका पूर्व अध्यक्ष लक्ष्मण बस्नेतले कांग्रेसले अन्य दलसँगको सहयात्रामा आफ्ना अडानहरु बिर्सेको बताउँदै संविधानको मस्यौदा मजदुरमैत्री नभएको आरोप लगाए । अध्यक्ष बद्री सिग्देलले नयाँ बन्ने संविधान पूर्ण प्रेस स्वतन्त्रतामैत्री हुनुपर्ने बताउँदै श्रमजीवी पत्रकारका हकहितमा रहेका कानुन कडाइका साथ लागू गर्न सरकारसँग माग गरे । कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष विष्णु निष्ठुरी, युनियनका पूर्व अध्यक्षद्वय मुरारीकुमार शर्मा र समीरजङ्ग शाह, युनियनका सल्लाहकार तथा पूर्व महासचिव शिव लम्साल, महासङ्घका पूर्व सचिव जगत नेपाल, युनियनका उपाध्यक्षद्वय ईश्वरी ओझा र बाला अधिकारी, युनियनका महासचिव अजयबाबु शिवाकोटी, महासङ्घका केन्द्रीय सदस्य प्रकाश तिमिल्सिनाले स्व गिरिजाप्रसाद कोइरालाले लोकतन्त्र र प्रेस स्वतन्त्रतामा गरेको योगदानको चर्चा गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending