Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

‘नयाँ संविधान सबैको साझा दस्तावेज हुने’

\"Narayan१८ असार, काठमाडौं । सहरी विकास मन्त्री डा. नारायण खड्काले अब जारी हुने नयाँ संविधान सबैको साझा दस्तावेज हुने बताएका छन् । पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका स्वर्गीय सभापति गिरिजाप्रसाद कोइरालाको ९२औँ जन्मजयन्तीका अवसरमा शुक्रबार नेपाल प्रेस युनियनले आयोजना गरेको कार्यक्रममा मन्त्री खड्काले सो कुरा बताएका हुन् । मन्त्री खड्काले नयाँ बन्ने संविधान सबै जातजाति, वर्ग, क्षेत्र, धर्म, लिङ्ग, समुदायलाई अपनत्व हुने गरी मस्यौदा तयार गरिएको बताए । उनले सो मस्यौदा छलफलका चरणमा नै रहेकाले छुटेका महत्वपूर्ण विषय राख्न सकिने जानकारी गराए । कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री खड्काले स्व गिरिजाबाबुले सदैव प्रेस स्वतन्त्रताको पक्षमा वकालत गरेको अवगत गराउँदै आगामी नयाँ संविधान पनि पूर्ण प्रेस स्वतन्त्रतामैत्री हुने विश्वास दिलाए । कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले २००७ सालको क्रान्तिदेखि हालसम्म मुलुक कुन राजनीतिक व्यवस्था उपयुक्त भनेर सधैँ अल्झेको बताउँदै अब बन्ने संविधानले लोकतान्त्रिक शासन प्रणालीको सुनिश्चित गर्ने विचार व्यक्त गरे । राष्ट्रिय सूचना आयोगका आयुक्त किरणकुमार पोखरेलले नेपालमा सूचना हकसम्बन्धी कानुन कार्यान्वयनमा स्व कोइरालाले गरेको योगदाको प्रशंसा गर्दै नयाँ संविधान पूर्ण प्रेस स्वतन्त्रमैत्री हुनुपर्ने बताए । वरिष्ठ पत्रकार हरिहर विरहीले सशस्त्र द्वन्द्वमा रहेको तत्कालीन भूमिगत पार्टी माओवादीलाई लोकतान्त्रिक प्रक्रियामा ल्याएर स्व गिरिजाबाबुले मुलुक र जनताप्रति ठूलो गुन लगाएको बताए । नेपाल टे«ड युनियन कांग्रेसका पूर्व अध्यक्ष लक्ष्मण बस्नेतले कांग्रेसले अन्य दलसँगको सहयात्रामा आफ्ना अडानहरु बिर्सेको बताउँदै संविधानको मस्यौदा मजदुरमैत्री नभएको आरोप लगाए । अध्यक्ष बद्री सिग्देलले नयाँ बन्ने संविधान पूर्ण प्रेस स्वतन्त्रतामैत्री हुनुपर्ने बताउँदै श्रमजीवी पत्रकारका हकहितमा रहेका कानुन कडाइका साथ लागू गर्न सरकारसँग माग गरे । कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष विष्णु निष्ठुरी, युनियनका पूर्व अध्यक्षद्वय मुरारीकुमार शर्मा र समीरजङ्ग शाह, युनियनका सल्लाहकार तथा पूर्व महासचिव शिव लम्साल, महासङ्घका पूर्व सचिव जगत नेपाल, युनियनका उपाध्यक्षद्वय ईश्वरी ओझा र बाला अधिकारी, युनियनका महासचिव अजयबाबु शिवाकोटी, महासङ्घका केन्द्रीय सदस्य प्रकाश तिमिल्सिनाले स्व गिरिजाप्रसाद कोइरालाले लोकतन्त्र र प्रेस स्वतन्त्रतामा गरेको योगदानको चर्चा गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending