Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

१३औँ साग : महिला भलिबलमा नेपालकाे विजयी सुरुआत, बंगलादेश पराजित

काठमाडौं । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत आजदेखि शुरु भएको भलिबल खेलमा नेपाली महिला टोलीले बङ्गलादेशलाई पराजित गर्दै प्रतियोगितामा सुखद शुरुआत गरेको छ ।

सागको औपचारिक उद्घाटन यही मङ्सिर १५ गते हुने भए पनि महिला र पुरुष भलिबल खेल भने आजदेखि नै शुरु भएका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिष्द (राखेप) को कभर्डहलमा आज भएको उद्घाटन खेलमा राष्ट्रिय महिला भलिबल टोलीले बङ्गलादेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

सागमा स्वर्णपदक भित्र्याउने लक्ष्य लिएको नेपाली महिला भलिबल टोलीले पहिलो सेट २५–९ ले जित्यो भने दोस्रो सेट पनि समान २५–९ ले आफ्नो पक्षमा पा-यो । त्यसैगरी तेस्रो तथा अन्तिम सेटमा नेपालले बङ्गलादेशमाथि २५–११ ले आफ्नो पक्षमा पा-यो ।

सागमा महिला भलिबल टोलीको यो चौथो सहभागिता हो । सन् १९९९ मा नेपालले घरेलु मैदानमा दोस्रो पटक आयोजना गरेको आठौँ दक्षिण एशियाली खेलकूद (साग)मा पहिलो पटक सहभागिता जनाएको थियो । त्यतिबेला काठमाडौँमा भएको खेलमा नेपालले कास्य पदक हात पारेको थियो ।

त्यस्तै सन् २००६ मा श्रीलङ्काको कोलम्बोमा भएको दशौँ सागमा दोस्रो तथा सन् २०१४ मा भारतमा भएको १२ औं सागमा तेस्रो पटक सहभागिता जनायो । दशौँ र बाह्रौँ सागमा नेपालले कास्य पदक जितेको थियो । दक्षिण एशियामै सधैं तेस्रो बन्ने महिला भलिबल टोलीले यसपटकको सागमा भने नयाँ इतिहास कायम गर्ने लक्ष्य लिएको छ ।

त्यसैगरी आजै हुने पुरुष भलिबलतर्फको अर्को खेलमा नेपालले बङ्गादेशसँगै प्रतिस्पर्धा गर्नेछ । खेल साँझ ७ बजे शुरु हुनेछ । पुरुष भलिबलमा नेपाल समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा भारत र बङ्गलादेश छन् ।

त्यस्तै समूह ‘बी’ मा पाकिस्तान, श्रीलङ्का र माल्दिभ्स छन् । दुई समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । (रासस)

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy