Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

पच्चीस सय बस्ती सार्न सिफारिस

१९ असार,नुवाकोट। भूकम्पको कारण जोखिममा परेको बस्तीलाई स्थानान्तरणका लागि जिल्ला दैवीप्रकोप उद्धार समितिले गृह मन्त्रालयमा विवरण पठाएको छ ।

समितिको शुक्रबारको बैठकले गत वैशाख १२ को भूकम्प र भूकम्पका कारण बर्खामा जोखिम बढेको देखिएको बस्तीका दुई हजार पाँच सय घरलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न मन्त्रालयमा सिफारिस गरेको हो । समितिको बैठकले भूकम्प र वर्षात्का कारण पहिरो जाने खतरा बढेकाले दुई हजार चार सय ८९ घरधुरी सुरक्षित स्थानमा स्थानान्तरण गर्ने निर्णय गरिएको प्रजिअ उमेशकुमार ढकालले बताए ।

समितिले तीन वटै निर्वाचन क्षेत्रका ५० भन्दा बढी घर एकै स्थानमा रहेका १४ गाउँसहित क्षेत्र नं १ मा सात सय ७७, क्षेत्र नं २ मा एक हजार एक सय ६७ र क्षेत्र नं ३ मा पाँच सय ४५ घरधुरी तत्काल स्थानान्तरण गर्नुपर्ने निष्कर्ष निकाल्दै मन्त्रालयमा विवरण पठाएको हो ।

अहिलेको बर्खालाई ध्यानमा राखेर स्थानान्तरणका लागि आग्रह गर्दै मन्त्रालयमा विवरण पठाइएको प्रजिअ ढकालले बताए। \'अहिले स्थानान्तरण गरिने सबै परिवारलाई तीन महिनापछि वर्षात् सकिएपछि पहिलेकै स्थानमा फर्काइनेछ\' प्रजिअ ढकालले भने \'पहिलेकै स्थानमा फर्काउन नमिल्ने भएमा सरकारको निर्देशनअनुसार अन्य विकल्प खोजिनेछ ।\'

मन्त्रालयबाट स्वीकृति आएपछि स्थानान्तरण गर्नुपर्ने बस्तीलाई नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस तथा सरोकार भएका निकायको समन्वयमा स्थानान्तरण गरिने जिल्ला दैवीप्रकोप उद्धार समितिले जनाएको छ ।

समितिले स्थानान्तरण गर्नुपर्ने ठहर गर्दै मन्त्रालयमा पठाएकामा क्षेत्र नं १ का दुई पीपल, चाउथे, तलाखु, लिखु, कुमरी, थानापति, जिलिङ, ककनी, बेलकोट, सूर्यमती, छाप, मदानपुर, समुद्रादेवी, थानसिं, महाकाली, चतुराले र ओखरपौवा गाविसका सात सय ७७ घर छन् ।

यस्तै क्षेत्र नं २ का घ्याङफेदी, शिखरबेंसी, उर्लेनी, गाउँखर्क, बालकुमारी, थप्रेक, नर्जा, गेर्खु, बागेश्वरी, बेतिनी, राउतबेंसी, सुन्दरादेवी, रालुकादेवी, समुद्रटार, कविलास, हल्देकालिका, भदु्रटार र गणेशस्थान गाविसका विभिन्न गाउँका एक हजार एक सय ६७ घरका मानिसलाई सुरक्षित स्थानमा सार्नुपर्ने रहेको छ । यस्तै क्षेत्र नं ३ का फिकुरी, दाङसिं, बुधसिं, देउराली, कल्याणपुर, किम्ताङ, मनकामना, भाल्चे, बुङ्ताङ, साल्मे, चारघरे, तुप्चे र काहुले गाविसका पाँच सय ४५ घर स्थानान्तरण गर्नुपर्ने समितिको भनाइ छ ।

स्थानीयवासीको निवेदन, भूगर्भविद्सहितको टोलीले स्थलगत अनुगमनबाट आएको प्रतिवेदनका आधारमा स्थानान्तरण गर्नुपर्ने घरको विवरण पठाइएको स्थानीय विकास अधिकारी राजेन्द्रकुमार केसीले बताए । केसीका अनुसार स्थानान्तरणका लागि सम्बन्धित गाविसमा विकल्प खोज्ने र सम्बन्धित गाविसमा स्थान नभए मात्र अन्यत्र स्थान चयन गरी सारिने समितिले योजना बनाएको छ ।

समितिले स्थानान्तरण गर्नुपर्ने दुई पीपल–८ केउरेनीमा एक प्राविसहित एक सय २० घरधुरी, चाउथे – ३ पात्ले खोलाका ५१ घर, तलाखु – ६ देवीस्थानका एक सय घर, छाप – ९ सिन्छुच्चे र पारागाउँका ५५ घर, सूर्यमती–१, २, ३, ५, ८ र ९ का दलित बस्ती र चतुराले – नं. १, ४, ५, ७ र ९ का लामिछाने, सिरुबारी र बलामी गाउँका ५१ घर छन् ।

यस्तै उर्लेनी – १ र २ का एक सय परिवार, घ्याङ्फेदी –३ नेगीखोलाका ५५ घर, वडा नं ४ का ५० घर, वडा नं ८का ५३ घर, गाउँखर्क – ७ का ८० घर, गेर्खु – ६ का ५० घर, राउतबेंसी – ३ कामीडाँडाका ८० घर, वडा नं ७ घ्याङडाँडाका ६० घर र भद्रुटार – १, ३, ५ र ८ नेवारपानीका ८४ घर पनि स्थानान्तरणको सूचीमा छन् ।

यस्तै फिकुरी – १, ८ र ९ मा रहेको च्यानेस्वारा र गोगनेका ९७ घर तथा साल्मे पूरै गाविसका सबै घर पहिरो र ढुङ्गा खस्ने समस्याले स्थानान्तरण गर्नुपर्ने अवस्था आएको स्थानीय विकास अधिकारी केसीले बताए । भूकम्पका कारण जमीन चिरा परेको, बस्ती वरपर पहिरो जान थालेको, बस्तीकोे माथि रहेको पाखाका ढुङ्गा चर्किएको लगायत कारणले बर्खामा जोखिम हुन सक्ने भएको बस्ती सारिनुपर्ने निर्णय भएको समितिले जनाएको छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending