काठमाडाैं ।रगतमा चिनीको मात्रा आवश्यकता भन्दा बढी हुने अवस्थालाई चाहि मधुमेह अर्थात चिनीरोग भएको भन्दछौँ । हाम्रो शरीरमा इन्सुलिन भन्ने हर्मोन हुन्छ । यो हर्मोन पेटमा अर्थात पेङक्रियाजले उत्पादन गर्छ ।
यसको उत्पादन कम भयो भने या हर्मोनले राम्रोसंग काम गर्ने अवस्था भएन भने रगतमा चिनीको मात्रा बढ्छ । रगतमा चिनीको मात्रा बढेपछि यसलाई हामी मधुमेह रोग लागेको भन्दछौँ । यसको समयमा सहि उपचार हुन सकेन भने बिभिन्न जटिलताहरु ल्याउँछ ।
मधुमेहको उपचार सम्भव छैन । यो रोगलागिसकेपछि रोगीको आयु बढाउने अर्थात् यो रोगको व्यवस्थापन गर्ने विकल्प मात्र बाकि रहन्छ । मधुमेहको व्यवस्थापन भनेकै रगतमा भएको चिनिको मात्रा घटाउनु हो र रक्तकोशमा क्षति पुराउने अन्य तत्वको निवारण गर्नु हो । त्यसकाे लागि राेगीले दैनिक खानपानमा अति नै ध्यान दिएर व्यवस्थापन गर्नुपर्दछ । जानाैं मधुमेहका राेगीले कस्ताे कुरा खाने र कस्ताे कुरा खाँदा कति असर गर्छ :
स्याउ
भनिन्छ दिनको एउटा स्याउले डाक्टरलाई टाढा राख्छ । सन् २०१२ मा ओहियो स्टेट युनिभर्सिटीले प्रकाशित गरेको जर्नलमा चार हप्तासम्म दिनमा एउटा स्याउ सेवन गर्नाले नराम्रो कोलेस्ट्रोललाई ४० प्रतिशतले घटाउने गर्छ । कोलेस्ट्रोल एउटा यस्तो तत्व हो जसले मुटु रोगलाई मद्दत गर्छ ।
यसका साथै स्याउमा मधुमेह कम गर्ने तत्व पनि पाईन्छ । हाभार्ड स्कुल अफ पब्लिक हेल्थले दुई लाख मानिसहरूको स्वास्थ्यस्थिति जाँच गर्दा हप्तामा ५ वा सोभन्दा बढी स्याउ खाने मानिसमा मधुमेहको खतरा २३ प्रतिशतले कम हुने जनाएको छ ।
कुरिलो
स्वादका दृष्टिकोणले मात्र हेर्ने हो भने पनि कुरिलो धेरैजासो मानिसको मन पर्ने तरकारी हो । कुरिलोमा ५ ग्राम कार्बोहाइड्रट, २० प्रतिशत क्यालोरी र करीब २ ग्राम फाइबर पाईन्छ । यसमा बिशेषगरी ग्लुताथायन नामक एन्टिअक्सिडेन्ट पाइने भएकालदे यसले बुढ्यौलीको असरलाई फिक्का बनाउने गर्दछ भने विभिन्न रोगबाट मुक्त गराउँछ । मधुमेह, मुटुरोग र क्यान्सरबाट यसले बचाउँछ ।
सन २०१२ मा ब्रिटिश जर्नल अफ न्यूट्रिसनले गरेको एक अनुसन्धानका अनुसार कुरिलोले रगतमा चिनीको मात्रालाई राम्रो अवस्थामा राख्ने गर्दछ भने इन्सुलिनको मात्रालाई बढाउने काम गर्छ ।
एभोक्याडो
नास्पातीजस्तो देखिने फल एभोक्याडो स्वास्थ्यका दृष्टिले निक्कै राम्रो मानिन्छ । मधुमेह र एभोक्याडोबीच निक्कै सकारात्मक सम्बन्ध रहेको छ । सन २००८ मा अमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रिसनले प्रकाशित गरेको रिपोर्ट अनुसार एभोक्यार्डो खाने महिलाहरूमा दोस्रो प्रकारको मधुमेह हुने खतरा २५ प्रतिशतले कम हुन्छ ।
सिमी
सिमीमा प्रचुर मात्रामा फाईबर पाइन्छ । यो प्रोटिनको राम्रो स्रोत मानिन्छ । जसका कारण मधुमेहका रोगीले यसलाई आफ्नो खानामा सामेल गराउनु आवश्यक छ । सन २०१२ मा गरिएकाे एक अनुसन्धानका अनुसार टुसा उम्रिएको सिमीको तरकारी दिनमा एक कप खाने गर्नाले रगतमा चिनीको मात्रामा सन्तुलित हुन्छ भने ब्लड प्रेसर पनि कम गर्छ ।
ब्रोकाउली
ब्रोकाउलीमा बेटा क्यारोटिन नामक एीन्टअक्सिडेन्ट पाईन्छ । जसले मधुमेह रोगीलाई फाईदा पुर्याउँछ । यसमा भिटामीन ‘ए’ प्रचुर मात्रामा पाइने हुँदा दाँत हड्डी, छाला र आँखालाई फाईदा पुर्याउछ । यो फोलेट र फाइबरको खानी भएका कारण स्वास्थ्यका लागि निक्कै लाभदायक मानिन्छ ।
गाजर
गाजरलाई भिटामिन ‘ए’को खानीका रुपमा लिइन्छ । यो भिटामिन रोग प्रतिरोधात्मक क्षमता वृद्धिका लागि आवश्यक तत्व मानिन्छ । यसले मधुमेह रोगलाई राहत प्रदान गर्दछ भने केही क्यान्सरबाट मक्ति दिने मायो क्लिनिकलले बताएको छ ।
माछा
सन २०१० को डायटरी गाइडलाइन फर अमेरिकाले हप्तामा दुईपटक माछा खान सुझाएको छ । माछामा ओमेगा ३ फ्याटी एसिड पाइने हुँदा यसले अरहाथमियास (असामान्य मुटुको धड्कन) को जोखिमलाई कम गर्ने गर्दछ । मधुमेहका रोगीले माछाको सेवन गर्नु लाभदायक मानिन्छ ।
लसुन
खानालाई मीठो बनाउन हामीले प्रयोग गर्ने लसुनमा औषधि गुणसमेत रहेको छ । यसले उच्च कोलेस्ट्रोल, मुटु रोग, उच्च रक्तचाप र क्यान्सरको खतरालाई टाढा राख्छ ।
प्याज
प्याजमा एन्टिअक्सिडेटको मात्रा बढी हुने भएकाले यसले मधुमेहका रोगीलाई फाइदा पुर्याउँछ । प्याजमा मधुमेहका रोगीलाई फाईदा पुर्याउँने फाइबर, पोटासिम र फोलेटजस्ता तत्व हुने भएकाले यसलाई खानामा संलग्न गर्न अत्यावश्यक छ । सन २००२ मा अमेरिकन जर्नल अफ क्लिनिक न्युट्रिसनले गरेको अनुसन्धान अनुसार प्याजमा पाइने फ्लेभोननोइड क्वेरसेटिनले दीर्घ रोग लाग्नबाट बचाउँछ ।
प्रतिकृया लेख्नुहोस्: