Khabar Dabali ३० श्रावण २०८३ शनिबार | 15th August, 2026 Sat
Investment bank

निर्वाचन क्षेत्रका बिरामीलाई निःशुल्क उपचार

खबरडबली संवाददाता

विराटनगर  । मोरङ–३ का प्रतिनिधिसभा सदस्य डा‍. सुनीलकुमार शर्माले दुबै मिर्गौलामा समस्या भएर जीवन मरणको अवस्थामा पुगेका बेलबारी ३ का १९ वर्षीय सुशान राईको निःशुल्क उपचार गरिदिएका छ न्।

आर्थिक अवस्था कमजोर भएका कारण उपचार गर्न नसकेर घरमै थलिएका सुशानलाई बेलबारी वडा नं.३ का कांग्रेस सभापति रिक्तबहादुर गुरुङले काठमाडौँ मेडिकल कलेज (केएमसी)मा भर्ना गरेका थिए ।

त्यहाँ सांसद शर्मासँगको भेटघाटपछि केएमसीले सुशानको उपचार निःशुल्क गरिदिने प्रबन्ध गरिदिएको थियो । बिरामी सुशान सांसद शर्माकै निर्वाचन क्षेत्रका व्यक्ति हुन् ।

शर्माले चुनावताका नै आफ्नो निर्वाचन क्षेत्रका बिरामी पैसा अभाव भएकै कारण मर्न नदिने प्रतिबद्धता जनाएका थिए  । सोही प्रतिबद्धता अनुसार सांसद शर्माले विराटनगरस्थित नोबेल अस्पतालमा मोरङ क्षेत्र नं.३ का मतदाताका लागि उपचारमा ५० प्रतिशत छुट तथा विपन्न परिवारका लागि निःशुल्क उपचारसहित ५० बेडको क्याबिन निःशुल्क गरिदिएका छन् ।

त्यस्तै, मोरङ–३ का बिरामीहरूका लागि खाना र आवाससहित निःशुल्क ३० बेडको व्यवस्था गरिदिएका छन् । यसैगरी, काठमाडौँस्थित काठमाडौँ मेडिकल कलेजमा समेत आफ्नो क्षेत्रका बासिन्दाका लागि निःशुल्क उपचारको व्यवस्थासहित १५ शय्याको कक्ष उपलब्ध गराइएको छ । 

सांसद शर्माले भने, ‘‘चुनाव कांग्रेसबाट जितेको हुँ । तर निःशुल्क उपचारका लागि कांग्रेस भइरहनुपर्दैन । मात्र मोरङ–३ को बसोवास प्रमाणित भए पुग्छ । उनले विकास निर्माणसँगै उपचार पनि प्रतिनिधि विषय भएको बताए ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

शिक्षक–सरकार सम्झौता कागजमै सीमित, फेरि आन्दोलनको तयारी

माग पूरा नभए शिक्षक महासंघले भदौदेखि आन्दोलन चर्काउने

देउवा–कोइराला समूहको शक्ति प्रदर्शन, देउवाको सन्देश– ‘कांग्रेस एक हुनुपर्छ’

काठमाडौँ । नेपाली कांग्रेसको वर्तमान नेतृत्वलाई चुनौती दिँदै पूर्वसभापति शेरबहादुर देउवा र कोइराला समूहले काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरेका छन् ।...

अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने फार्म सञ्चालक पक्राउ

वीरगन्ज । प्रहरीले वीरगन्जमा अनुमति बिना औषधिजन्य वस्तु उत्पादन तथा स्टिकर लेबलिङ गरिरहेको आरोपमा एक जना पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–११ श...

ग्यास अभावपछि चार उद्योगले एकै ठाउँबाट थाले सिलिन्डर बिक्री

चितवन । खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले चितवन र नवलपरासीका चार ग्यास उद्योगमार्फत उपभोक्तालाई एकै ठाउँबाट ग्यास बिक्रीको व्यवस्थ...

आठ हजारलाई रोजगारी दिएको जुट मिल खण्डहरमा, फेरि ब्युँताउने आशा

विराटनगर । बाहिरबाट हेर्दा रुख तथा झारले जेलिएको पुरानो संरचना। भित्र पस्दा खिया लागेका मेसिन, माकुराको जालो र ओसको गन्ध। कतै फोहोर र जमेको पानी, कतै ...

पहिरोले घर पुरिँदा बाजुरामा एक बेपत्ता, दुई घाइते

बाजुरा । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा एक जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्। स्थानीय ...

बाढी–पहिरोले बागलुङका दुई प्रमुख राजमार्ग ठप्प, यात्रु बाटोमै अलपत्र

बागलुङ । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण बागलुङका दुई प्रमुख राष्ट्रिय राजमार्ग अवरुद्ध भएका छन्। कालीगण्डकी करिडोरको बागलुङ खण्ड र मध्य...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज, देउवा प्रमुख अतिथि

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने भेलामा कांग्...

पूर्वाधार र स्पष्ट नीतिबिनै बढ्दैछ विद्युतीय सवारीको प्रयोग, अर्बौं लगानी जोखिममा

काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनको आयात र प्रयोग तीव्र गतिमा बढिरहेको भए पनि यसको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार, दक्ष जनशक्ति र स्पष्ट नीत...

२२ करोडको बुटवल बधशाला झाडीमा, करोडौँका उपकरण प्रयोगविहीन

बुटवल । स्वच्छ र सुरक्षित मासु उत्पादनका लागि करिब २२ करोड रुपैयाँ खर्चेर निर्माण गरिएको बुटवलको आधुनिक पशु बधशाला अहिले झाडीले ढाकिएको छ। सञ्चालनमा आ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending