Khabar Dabali २७ माघ २०८२ सोमबार | 9th February, 2026 Mon
Investment bank

मुठभेडको बाटोमा पोखरा विश्वविद्यालय

२० असार, कास्की । आन्दोलनरत अनेरास्ववियु र पोखरा विश्वविद्यालय प्रशासनबीचको वार्ता शनिबार दिउँसो भंग भएको छ । शुक्रबार साँझ अबेरसम्म मानव अधिकार आयोगको क्षत्रीय कार्यालयमा बसेको वार्ता निष्कर्ष विहिन भए पछि शनिबार पटक पटक भएको वार्ताको दुईतर्फी वार्ताको प्रयास असफल भएको छ । शनिबार बिहान रजिष्ट्रार डा. दिपक बहादुर भण्डारीसँग अनौपचारिक छलफल भए पनि दिउँसो डा. भण्डारीले सम्पर्क गरेर वार्ता भंग भएको सूचना दिएको अनेरास्ववियु कास्कीका अध्यक्ष शेखर गौतमले बताए । गौतमले शनिबार साँझ एक विज्ञप्ती जारी गर्दै विश्वविद्यालय पदाधिकारीहरुको पछिल्लो कार्यले अनेरास्ववियुलाई जवर्जस्ती आन्दोलन चर्काउन बाध्य बनाएको बताए । गौतमका अनुसार शनिबार बसेको अनेरास्ववियु कास्कीको पदाधिकारी बैठकले आइतबारका लागि पोखरा विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा तालाबन्दी जारी राख्ने, कुनै पनि पदाधिकारीहरुको गाडी चल्न नदिने, परिक्षाहरु चल्न नदिने, बिहानै देखि विश्वविद्यालय केन्द्रीय क्याम्पसमा प्रदर्शन गर्ने र सम्पूर्ण कानुनी बाटो अबलम्बन गर्ने लगायतका कार्यक्रमहरु घोषणा गरेको छ । आन्दोलनको थप कार्यक्रम आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर घोषणा गर्ने पनि गौतमले जानकारी दिए । त्यस्तै विश्वविद्यालयका पदाधिकारीहरुको पनि दिउँसो लेकसाइडमा बैठक बसेर आइतबारदेखि आन्दोलन प्रति कडा व्यवहार गर्ने निर्णय गरेको बताइएको छ । आइतबार बिहानै देखि विश्वविद्यालयका प्राध्यापक, कर्मचारी तथा सुरक्षा निकायसँग आवश्यक समन्वय गर्ने पनि बैठकले निर्णय गरेको छ । दुवै पक्ष आ–आफ्नो तयारीमा लाग्दा आइतबारदेखि पोखरा विश्वविद्यालयमा थप मुठभेडको सम्भावना बढेर जाने सम्भावना छ । पोखरा विश्वविद्यालयमा अनियमित तवरले विद्यार्थी ट्रान्सफर गरेको भन्दै अनेरास्ववियुले गत चैत्र १९ गतेबाट शुरु गरेको आन्दोलनले पछिल्लो समय पोखरा विश्वविद्यालय तनावग्रस्त भइरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE