Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

एसएलसी उत्तीर्ण हजुरआमाको शिक्षिका बन्ने धोको

\"hajuraama\"२० असार, भक्तपुर । उनी हजुरआमा नै भइसकिन् । तीन छोराकी आमा र एक नातिनीकी हजुरआमा ४० वर्षीया सुभद्रा खड्का यत्तिखेर बेपत्ता खुसी छिन्। कारण हो यस वर्षको प्रवेशिका अर्थात् एसएलसी परीक्षामा सफलता । मध्यपुरथिमि नगरपालिका–१५ गठ्ठाघरस्थित आस्था महिला विद्यालयबाट २०७१ सालको चैतमा एसएलसी परीक्षा दिएकि उनी दोस्रो श्रेणीमा उत्तीर्ण भइन् । अब शिक्षिका बन्ने उद्देश्यले शिक्षा सङ्कायमा भर्ना हुने निचोडमा उनी पुगेकी छिन् । विद्यालयको बिदाइ कार्यक्रममा आएकी उनले भनिन्, “मेरो शिक्षिका बन्ने उद्देश्य छ, अब क्याम्पस भर्ना हुने सुरमा छु ।” काभ्रे नमोबुद्ध घर भई हाल गठ्ठाघर बस्दै आएकी खड्काले माइती सिन्धुली मजुवामा कक्षा ६ मा छुटेको पढाइलाई छ वर्षअघि आस्था विद्यालयबाटै निरन्तरता दिएकी हुन् । “जीवनमा यो अवसर आउला भन्ने सोचेकै थिएन, एसएलसी उत्तीर्ण गर्ने सपना पूरा गर्ने अवसर आस्था विद्यालयले जुराइदियो ।” यस्तै मध्यपुरथिमि चपाचोकी १० र ४ वर्षका सन्तानकी आमा अनिता प्रजापति एसएलसीमा प्रथम श्रेणीमा उत्तीर्ण भएपछि अब शिक्षा सङ्काय नै पढ्दै मन्टेश्वरी स्कुल खोल्ने योजनामा लागिसकेकी छिन् । माइतीमै छँदा कक्षा ७ उत्तीर्ण गरेपछि १६ वर्षदेखि छुटेको पढाइलाई तीन वर्षअघि आस्था विद्यालयबाटै निरन्तरता दिएर उनी यस वर्षको एसएलसी उत्तीर्ण गर्न सफल भएकी हुन् । मन्टेश्वरी विद्यालय सञ्चालन गरेर शिक्षिका बन्ने धोको अब पूरा हुने भएपछि उहाँको परिवारमा खुसियाली छाएको छ । एसएलसी उत्तीर्ण नगरेकालाई विभिन्न निकायमा होच्याउने गरेको पाएपछि घर व्यवहारसँगै छोरीको स्याहारसुसारमा लागेकी तारा श्रेष्ठ पनि यस वर्षको एसएलसी परीक्षा दोस्रो श्रेणीमा उत्तीर्ण भइन् । उनी अब के पढ्ने भनेर परामर्श लिन र क्याम्पस खोज्न थालेकी छिन् । दोलखा खारे घर भई हाल लोकन्थली बस्दै आएकी श्रेष्ठले १२ वर्षअघि कक्षा ५ मा छुटेको पढाइलाई निरन्तरता दिएपछि उच्च शिक्षा अध्ययन गर्ने ढोका खुलेको हो । द्वन्द्वकालमा पढाइ छुटेका ताप्लेजुङ याक्तेलकी आठ वर्षको छोराकी आमा सञ्जुमाया लिम्बूको पनि यस वर्षको एसएलसीमा दोस्रो श्रेणीमा उत्तीर्ण भएपछि मनको धोको पूरा भएको छ । भावी योजनाबारे सुनाउँदै उनले भनिन् – “द्वन्द्वका कारण गाउँमा बस्नै सकिएन, भागेर सुनसरी गएर बसियो, पछि बिहे गरेर भक्तपुर आएपछि छुटेको पढाइ १० वर्षपछि पूरा गरे, अब क्याम्पस पढेर सरकारी जागिर खाने योजना छ ।” यसबाहेक, यस वर्ष आस्था महिला विद्यालयबाट आमाहरु सुनिता तिमिल्सिना, सरिता वाइबा र शान्ता राई दोस्रो श्रेणीमा उत्तीर्ण भएका छिन् । अरुको घरमा काम गरेर पनि अञ्जली कार्की, आरती थापा मगर र अञ्जना कार्की प्रथम श्रेणीमा उत्तीर्ण हुन सफल भएका हुन् । उक्त विद्यालयकी प्रधानाध्यापक पार्वती ज्ञवालीले यस वर्ष १६ जना आमा, हजुरआमाले एसएलसी परीक्षा दिएकामा नौ जनाले उत्तीर्ण गरेको जानकारी दिइन् । यसअघि यस विद्यालयबाट २०६९ सालमा छजना र २०७० सालमा पाँचजना उत्तीर्ण भएका थिए । विद्यालयका सहायक प्रधानाध्यापक बिना देउजाले पढाइ छुटेका आमा, हजुरआमाहरुले यस विद्यालयमा पढ्न आउने क्रम बढेको बताइन् । सरकारी सहयोग नपाए पनि सहयोगको भावनाले सञ्चालित यस विद्यालयले अध्ययनसँगै यहाँका महिलालाई विभिन्न सीपमूलक तालिमसमेत दिएर आत्मनिर्भर बनाउने काम गर्दै आएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending