Khabar Dabali ३१ बैशाख २०८३ बिहीबार | 14th May, 2026 Thu
Investment bank

विदेश पठाउँछु भन्दै भान्जाले नै ठगे, खोज्दा खोज्दै बित्यो १६ वर्ष

२० असार, खोटाङ । ‘एजेन्ट खोज्दाखोज्दै सोह्र वर्ष बित्यो, अब त हैरान भइसकेँ !’  निकै निराश हुदै उनले भने, ‘सक्नुहुन्छ भने, मलाई न्याय दिलाइदिनुस् ।’ जिल्लाको उत्तरी गाविस महेश्वरी–७ का बदले कामीले सदरमुकाम दिक्तेलस्थित सुरक्षित आप्रवासन सूचना केन्द्रमा आएर यस्तो बिलौना गरेका हुन् । कामीलाई आफन्तले विदेश पठाइदिन्छु भन्दै ठगी गरेपछि उनको खोजीमा हिँडेको १६ वर्षपछि सूचना केन्द्र गुहार्न आएका थिए । आफ्नै मामाको छोरा बाकाचोल– ४ का गणेश विश्वकर्माले २०५६ सालमा विदेश पठाइदिन्छु भन्दै उनीबाट रु ५० हजार लिएको बदलेको भनाइ छ । उनले भने, ‘तिमीलाई साउदी लैजान्छु भन्दै पैसा लिए, पैसा लिएपछि न विदेश पठायो, न त पैसा नै फिर्ता दियो । बरु त्यो पैसाले आफूचाहिँ साउदी गएर आएपछि धरान बसाइँ सरेर राम्ररी घरजम गरेर बसेका छन् १’ ऐसेलुखर्क बजारमा सुनचाँदीको गहना बनाउने काम गर्दै आएका बदलेलाई विदेशबाट ठाँटिएर गाउँ आएका गणेशले भेट हुनासाथ विदेश जान अनुरोध गरेको उनले बताए । त्यो क्षण सम्झँदै उनले भने – ‘तपाईं नाताको मान्छे भनेर साउदीमा सुन पुछ्ने कामको भिसा ल्याइदिएको छु, अब विदेश जानुपर्छ । तत्काल धरौटी रकम खोज्नुस्, मासिक १२ हजारभन्दा बढी कमाई हुने ठाउँमा काम लगाइदिन्छु भनेपछि म पनि विदेश जान तयार भएको थिएँ, अन्तमा फसादमा परें !’ विसं २०५६ मा लिएको रु ५० हजार ऋण बढेर अहिले रु सात लाख नाघेको बदलेको भनाइ छ । उनले भने, ‘सयकडा तीन रुपैयाँका दरले ब्याजमा काढेको ऋण तिर्नलाई हातमा फुटेको कौडी छैन, यता माग्यो उता ति¥यो । घर व्यवहार चलाउन त परैजाओस्, त्यही रकम फिर्ता गरेर साहुको ऋण तिर्न पाए हुन्थ्यो ।’ घरमा पालिएको दुहुनो भैँसी, हल गोरु सबै साहुले लगिसकेको उनको भनाइ छ । गहभरी छचल्किएको आँसु पुछ्दै उनले भने, ‘साहुले दुहुनो भैँसी र हल गोरु तान्दै लैजाँदा मेरा छोराछोरी र श्रीमतीको मन कस्तो भयो होला १ सोच्न पनि सक्दिनँ ।’ बदलेका अनुसार विदेश लैजान्छु भन्दै उनलाई ठगी गर्ने गणेश हाल साउदी अरबमा रहेका छन् । उनको परिवारलाई सम्पर्क गर्दा उल्टै ज्यान मार्ने धम्की दिने गरेको उनले जानकारी दिए । यसबारे पीडित बदलेसँग रहेको कागजपत्रका आधारमा कारबाहीको प्रक्रिया अगाडि बढाइने सूचना केन्द्रका कार्यक्रम अधिकृत रमेश राईले बताए । उनले भने, ‘ठगी गर्ने र ठगीमा पर्ने दुवैजना जिल्लाकै भएकाले चाँडै नै समस्याको समाधान हुने सम्भावना छ, यसका लागि प्रहरीसँग समन्वय गरिरहेका छौँ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending