गुटै गुटले थलिएको कांग्रेसलाई व्यवस्थित बनाउनेभन्दा नेताहरु आफ्नै गुटलाई मजबुद बनाउन कस्सिएका छन् । महाधिवेशनको तयारीमा जुट्नुपर्ने कांग्रेस नेतृत्व विभाग थप्ने बखेडा निकालेर कार्यकाल लम्बाउने कोसिस गर्दा पार्टीभित्र झनै भ्रदगोल मच्चिएको छ ।यस्तै, १३ औं महाधिवेशनदेखि नयाँ गुट खडा गरेका पूर्वमहामन्त्रि कृष्णप्रसाद सिटौलाले दुवै पक्षलाई सहमतिमा ल्याउने प्रयास असफल भएको छ । बुधबार उनी आफंै पौडेल समूहले बोलाएको बैठकमा सहभागि भएका थिए । दुई पक्षिय समूहको विभिन्न चरणको छलफलपछि महाधिवेशनको कार्यतालिकामा सहमति नजिक पुगे पनि नेविसंघको भागबण्डामा आएर कुरा अड्किएको छ । बैठकमा वार्ता टोलीका सदस्यहरुले गरेको ब्रिफिङअनुसार अरु विषयमा सहमति जुटे १४ औं महाधिवेशनको कार्यतालिका बनाउन संस्थापन पक्ष सहमत देखिएको छ । पौडेल समूहले मंसिरमा महाधिवेशन गरौं भनेको छ भने संस्थापनपक्षले ०७७ फागुन प्रस्ताव गरेको छ । तर अरु विषयमा कुरा नमिलेको नेताहरुले बताएका छन् । खासगरी संस्थापन पक्षले ४१ वटा केन्द्रीय विभाग गठन गर्ने र संगठन, प्रचार, विदेश र जनसम्पर्क आफैसँग राख्ने प्रस्ताव गरेको छ । पौडेल समूहले विधानअनुसार २८ विभाग गठन गर्नुपर्ने र ५०/५० को भागबण्डा हुनुपर्ने अडान लिएको छ । यस्तै, तरुण दलमा खासै विवाद नभएपनि महाधिवेशनमा महत्वपूर्ण मानिएको नेविसंघबारे सहमति जुट्न सकेको छैन । पौडेल समूह अध्यक्ष आफैंले पाउनुपर्ने दाबी गरिरहेको छ भने संस्थापन पक्षले अध्यक्ष र महामन्त्री आफैं राखेर अन्य पद भागबण्डा गर्ने प्रस्ताव गरेको छ । तर, पौडेल समूहले अध्यक्ष आफुंले पाउनु पर्ने अडान कायमै राखेका छन् । गत भदौमा केन्द्रीय कार्यसमितिले पास गरेको नेविसंघको नेतृत्वको ३२ बर्षे हदबन्दी तत्काल लागु गर्नुपर्ने अडान राखेका छन् । मुलुककै पुरानो लोकतन्त्रवादी दाबी गर्ने नेपाली कांग्रेसमा किन बारम्बार सिद्धान्त र विधानलाई कुल्चदै भागबण्डाको राजनीतिमा अझिएको छ ? महाधिवेशन भएको दुई महिनामा गठन गर्नुपर्ने विभाग अहिलेसम्म किन गठन हुन सकेन ? के नेपाली कांग्रेसको भागबण्डा नेविसंघमा आएर अड्किएको हो ? यसै, विषयमा खबर डबलीको तर्फबाट गणेश पाण्डेले कांग्रेसका नेतात्रय डाक्टर प्रकाशशरण महत, प्रदिप पौडेल र हृदयराम थानीसँग कुराकानी गरेका छन् । कांग्रेसभित्रको भद्रगोल कसरी अन्त्य हुन्छ भनि नेतात्रयसँग गरिएको कुराकानीको सम्पादित अंश :
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:३६
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:२४
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...
बैशाख १४ गते, २०७८ - १६:०५
काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...
बैशाख १४ गते, २०७८ - १५:३७
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...
बैशाख १४ गते, २०७८ - १५:२६
काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्ममा काठमाडौँ उपत्यका छाड्...
बैशाख १३ गते, २०७८ - २१:१०
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...
बैशाख १३ गते, २०७८ - २०:३८
विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...
बैशाख १३ गते, २०७८ - २०:३२
चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...
बैशाख १३ गते, २०७८ - २०:००
काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...
बैशाख १३ गते, २०७८ - १९:३०
काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...




प्रतिकृया लेख्नुहोस्: