Khabar Dabali २१ श्रावण २०८३ बिहीबार | 6th August, 2026 Thu
Investment bank

कृषि उद्यममा ऋणको सीमा बढाइने

काठमाडौं । सरकारले साना किसान लघुवित्त वित्तीय संस्थामार्फत दिँदै आएको कर्जाको सीमा बढाउने भएको छ। अर्थ मन्त्रालयले कृषकलाई ५० लाख रुपैयाँसम्म कर्जा प्रवाह गर्ने व्यवस्थासहित साना किसान लघु वित्त वित्तीय संस्थाको सुधार गर्नेसम्बन्धी कार्यविधि बनाउने भएको छ। एसियाली विकास बैंक (एडीबी) सँगको ऋण सम्झौताअनुसार सरकारले फागुनभित्रै कार्यविधि जारी गरी साना किसान लघुवित्त वित्तीय संस्थालाई सहायक ऋण सम्झौता गर्नेछ। यसरी सरकारले एडीबीमार्फत लिएको पैसा साना किसान लघुवित्त वित्तीय संस्थामार्फत किसानमा लगानी गर्नेछ।

आजको अन्नपुर्णा पोष्ट दैनिकमा खबर छ - व्यक्तिगततर्फ ५ लाखदेखि ५० लाख रुपैयाँसम्म तथा सामूहिक उद्यमका लागि दुई करोड रुपैयाँसम्म बल्कमा ऋण उपलब्ध गराउने व्यवस्था प्रस्ताव गरिएको छ। कानुनतः लघुवित्त वित्तीय संस्थाले सामूहिक जमानीमा १० लाख रुपैयाँसम्म ऋण मात्रै उपलब्ध गराउन पाउँछ। कर्जाको थ्रेसहोल्ड बढाउन कानुनी अड्चन खुलाउने प्रयास भइरहेको ती अधिकारीले बताए। अर्थ मन्त्रालयले कार्यविधि तयार गरिसकेपछि कर्जाको थ्रेसहोल्ड बढाउन राष्ट्र बैंकले परिपत्र जारी गरी उक्त व्यवस्था लागू गर्न सक्नेछ।

चालु आर्थिक वर्षको बजेटमा ‘मझौला तथा साना किसान उद्यमीको सुलभ कर्जाको सहज पहुँच सुनिश्चित गर्न साना किसान विकास बैंकमार्फत परियोजनाकै धितोमा सहुलियतपूर्ण कर्जा प्रवाह गर्न एक अर्ब रुपैयाँ विनियोजन गर्ने’ उल्लेख छ। यस्तै उखु उत्पादक किसानलाई उत्पादन परिमाणका आधारमा अनुदान दिन ९५ करोड रुपैयाँ विनियोजन गर्ने समेत उल्लेख छ।

साना किसान लघु वित्त वित्तीय संस्थामार्फत लगानीको सहायक ऋण सम्झौता गर्ने अर्थको कार्ययोजना छ। उक्त सम्झौतालाई कार्यान्वयनमा ल्याउन साना किसान लघु वित्त वित्तीय संस्थाको संस्थाको संरचना र कर्जा सुधार गर्नेसम्बन्धी कार्यविधि तर्जुमा गर्न लागेको अर्थ मन्त्रालयका एक अधिकारीले जानकारी दिए। परियोजना धितोमा कर्जा प्रवाह सुरु गर्ने उनले बताए।

गत मंसिर २९ मा बसेको उच्चस्तरीय व्यवस्थापन समूहको बैठकमा अर्थमन्त्री डा।युवराज खतिवडाले कर्मचारीलाई एक साताभित्र कार्यविधि तर्जुमा गरी पेस गर्न निर्देशन दिएका थिए। यद्यपि, साना किसान लघु वित्त वित्तीय संस्थासँग सहायक ऋण सम्झौता हुन बाँकी रहेकाले कार्यविधि तर्जुमाका लागि समय लाग्ने देखिएको छ।

गत मंसिर २४ मा एसियाली विकास बैंक र अर्थ मन्त्रालयबीच यसका लागि ५ करोड अमेरिकी डलर सहयोग गर्ने सम्झौता भयो। सम्झौता भएको मितिले ९० दिनभित्र साना किसान लघु वित्त वित्तीय संस्थासँग सहायक ऋण सम्झौता हुनुपर्ने उल्लेख छ। कर्जामा दिइने सहुलियतपूर्ण ब्याजदरका लागि छलफल चलिरहेको मन्त्रालयले जानकारी दिएको छ। एडीबीले ५, ७ र १० प्रतिशतसम्मका लागि ब्याजदरका लागि सुझाव दिएको थियो।

गत असार ३१ मा अर्थमन्त्री डा।युवराज खतिवडाले साना किसान विकास बैंकको कृषि कर्जा कार्यक्रमलाई प्रभावकारी बनाउन यसको संस्थागत सुधार गरिने नीतिगत व्यवस्था कार्यान्वयन गर्ने सन्दर्भमा राष्ट्र बैंक अन्तर्गत सञ्चालित ग्रामीण स्वालम्बन कोषका कार्यक्रम साना किसान विकास लघुवित्त वित्तीय संस्थामार्फत‌ सञ्चालन गर्ने निर्णय गरे। यस बमोजिम तयार गरिएको ग्रामीण स्वावलम्बन कर्जा कार्यविधि, २०७५ स्वीकृत भई कोष हस्तान्तरण गर्ने सम्बन्धमा अर्थ मन्त्रालय, राष्ट्र बैंक तथा साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडबीच त्रिपक्षीय सम्झौता भयो।

साउन १ गतेबाट ग्रामीण स्वावलम्बन कोषका कार्यक्रम साना किसान विकास लघुवित्त वित्तीय संस्थामार्फत‌ सञ्चालन गर्ने बताएको थियो। कोषको लगानीमा रहेको कर्जा ३५ करोडसहित सम्पत्ति करिब १ अर्ब १० करोडको हाराहारीमा छ।

राष्ट्र बैंकले नियमनकारी निकाय भएको हुँदा यस्ता कोषको सञ्चालन छुट्टै संयन्त्रमार्फत गर्नु उपयुक्त हुने धारणा राखेका थिए। साना किसान विकास लघुवित्त वित्तीय संस्थालाई साधन, स्रोत र क्षमतायुक्त बनाउन पहल गर्न निर्देशन दिएका थिए।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending