Khabar Dabali १४ फाल्गुन २०८२ बिहीबार | 26th February, 2026 Thu
Investment bank

दुई करोड नेपालीको पहुँचमा इन्टरनेट

काठमाडौं । नेपालमा विभिन्न सेवाप्रदायकमार्फत दिइएको इन्टरनेट सेवा प्रयोगकर्ताको संख्या दुई करोड पुगेको छ। नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)ले गत साता सार्वजनिक गरेको एक तथ्यांकअनुसार हालसम्म नेपालमा सिमकार्ड तथा टेलिफोन प्रयोगकर्ता चार करोड २२ लाख ८६ हजार नौ सय छ।

आजको अन्न्पुर्ण पोष्ट दैनिकमा खबर छ - मोबाइल सिमकार्ड प्रयोगकर्तामध्ये करिब ७५ प्रतिशतमात्रै सक्रिय रहेको अनुमान प्राधिकरणको छ। यस अनुसार हाल चार करोड १४ लाख प्रयोगकर्ता मोबाइलका छन्। यसमा सक्रिय प्रयोगकर्ता तीन करोड मात्रै रहेको र बाँकी करिब एक करोड सिमकार्ड प्रयोगबिहीन अर्थात निष्कृय रहेको उल्लेख छ। प्राधिकरणका अनुसार सक्रिय प्रायोगकर्तामध्ये मोबाइल इन्टरनेट सञ्चालन हुने भएकाले हाल नेपालमा मोबाइल डेटा प्रयोगकर्ताको हिस्सा उल्लेख्य छ। मोबाइल तथा ताररहित इन्टरनेट प्रयोग गर्ने उपभोक्ताको कुल बजार ७० प्रतिशत पुगेको छ।

केन्द्रीय तथ्यांक विभागको हालको अनुमानित दुई करोड ९५ लाख १४ हजार सात सयको जनसंख्यालाई आधार बनाएर प्राधिकरणले तयार पारेको असोजसम्म तथ्यांकअनुसार इन्टरनेटमा सबैभन्दा ठूलो हिस्सा मोबाइलको छ। करिब ५५ प्रतिशत इन्टरनेट प्रयोग मोबाइलबाटै हुने गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ।

तथ्यांक अनुसार १४।८८ प्रतिशतले फिक्स्ड ब्रोडब्यान्ड ९तारसहित०को इन्टरनेट करिब शून्य दशमलव ८८ प्रतिशत र ५४।७४ प्रतिशतले मोबाइल ब्रोडब्यान्ड इन्टरनेट प्रयोग गर्ने गरेका छन्। डेटा प्रयोग गर्नेमा टेलिकमका इन्टरनेट प्रयोगकर्ता एक करोड एक लाख २४ हजार सात सय छन्। टेलिकमको इन्टरनेटमा तारसहितको एडीएसएल प्रयोगकर्ता १० लाख, केबल÷एफटीटीएच ५० हजार चार सय र इन्टरनेट लिजलाइनको संख्या करिब एक हजार छ।

यस्तै टेलिकमका ताररहित इन्टरनेट सेवा दिइएको वाईम्याक्स ८९ हजार दुई सय छन्। मोबाइल इन्टनरेट प्रयोगकर्तामा थ्रीजी प्रयोग गर्ने ७९ लाख ९८ हजार पाँच सय, फोरजी प्रयोगकर्ता आठ लाख ३८ हजार एक सय र ईभिडियो प्रयोगकर्ताको संख्या एक लाख ३६ हजार पाँच सय जना रहेको पनि प्राधिकरणको तथ्यांकमा उल्लेख छ।

हाल नेपालमा इन्टरनेट सेवाप्रदायक कम्पनीमार्फत दिइएको इन्टरनेट ३३ लाख ७९ हजार एक सय छ। यसमा हाल प्राधिकरणबाट इन्टरनेट सेवाप्रदायकको अनुमति पाएका ११५ कम्पनीसहित छन्। यी कम्पनीमा सक्रिय सेवा दिने इन्टरनेट कम्पनी भने दुई दर्जन मात्रै छन्।

निजी क्षेत्रको मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले दिएको सेवाबाट मोबाइल डेटा चलाउने उपभोक्ताको संख्या ६९ लाख ४६ हजार चार सय छ। यसमा एनसेलको सिमकार्ड प्रयोग गरेर इन्टरनेट सेवा लिने सेवाग्राहीमा थ्रीजीको तुलनामा फोरजीका ग्राहक धेरै रहेको उल्लेख छ। एनसेलले हाल ३४ लाख ९० हजार फोरजी प्रयोगकर्ता पुर्‍याइसकेको छ। एनसेलले फोरजी सातै प्रदेशमा दिएको र यसले टेलिकमको तुलनामा छिटो फोरजी सेवा विस्तार गरेकाले यसका प्रयोगकर्ता उल्लेख्य रूपमा बढेको देखिएको छ।

हाल टेलिकमको फोरजी प्रयोगकर्ता भने जम्मा आठ लाख मात्रै छन्। टेलिकमले पनि देशैभर फोरजी सेवा पुर्‍याइसकेको भए पनि यसका सेवाग्राहीको वृद्धिद्धर भने सुस्त छ।

प्राधिकरणको तथ्यांकअनुसार हाल मोबाइलबाट प्रदान गरिएको इन्टरनेट बजार हिस्सा ७८ प्रतिशत छ। यसमा तारसहितको बजार हिस्सा भने २१ प्रतिशत छ भने ताररहित सेवाग्राहीको संख्या भने जम्मा एक प्रतिशत मात्रै रहेको प्राधिरकणको तथ्यांकमा उल्लेख छ।

नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार सूचना प्रविधि (आईसीटी)को उपयोगसँगै डेटा प्रयोगकर्ता बढ्नु सामान्य हो। पछिल्लो समय नपढेका व्यक्तिले पनि मोबाइल डाटामार्फत दैनिकी सहज गर्न थालिसकेका छन्। मोबाइल फोनको भरमा विश्वको जुनसुकै कुनामा पुग्ने, भ्वाइस तथा डेटा सेवाको प्रयोग गर्ने प्रवृत्ति बढेको छ।

परिवर्तित समयलाई आत्मसाथ गर्दै जानु, मोबाइलबाट इन्टरनेट चलाउन समान्य हुँदै जाँदा दैनिकी पनि सहज भइसकेको छ। अहिले सेवाप्रदायक कम्पनीले पनि भ्याइसको तुलनामा डेटाबाट गर्ने आम्दानीको वृद्धि राम्रो हुँदै गएको पनि प्राधिकरणको बुझाइ छ।

प्राधिकरणको तथ्यांकअनुसार गत आवमा टेलिकमले डेटा सेवाबाट नौ अर्ब २९ करोड, एनसेलले १५ अर्ब ७९ करोड र स्मार्ट टेलिकमले ११ करोड रुपैयाँ आम्दानी गरेको छ। अन्य इन्टरनेट सेवाप्रदायकको पाँच अर्ब ९७ करोडसमेत गरेर वार्षिक ३१ अर्ब १७ करोड रुपैयाँ डाटामार्फत आम्दानी भएको छ। यस्तो आम्दानी अहिले उल्लेख्य रूपमा बढेको भए पनि सेवाप्रदायक कम्पनीले प्राधिकरणलाई यही पुस मसान्तभित्र उक्त तथ्यांक पेस गर्ने समय बाँकी नै छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE