Khabar Dabali १८ माघ २०८२ शनिबार | 31st January, 2026 Sat
Investment bank

पुसको चिसोमा बिहानै नदी किनारमा सफाइ गर्दै अभियानकर्मी

काठमाडौं । पुसको चिसोको समेत बेवास्ता गर्दै वाग्मती सफाइ अभियानकर्मी थापाथलीस्थित कालमोचनघाटमा जम्मा हुँदै थिए सफाइ महाअभियानको ३४६औँ हप्ताको सफाइ अभियान चलाउन । पुसको चिसोमा पनि तीनवटै सुरक्षा निकायसहित ३५० भन्दा बढी अभियानकर्मी उपस्थित थिए नदी किनारमा ।

उमेरले अधिकांशको उमेर ५० नाघेको थियो । यो समूहले आजको सफाइबाट छ मेट्रिक टन फोहर व्यवस्थापन गरेको अभियानकर्मी गोविन्द काफ्लेले राससलाई जानकारी दिए । सफाइमा महानगरपालिका–११ का अध्यक्ष हीरालाल तण्डुकारलगायत जनप्रतिनिधिको पनि सक्रियता थियो ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानको ३०८ हप्तामा गोकर्णेश्वर नगरपालिका–५ स्थित हनुमानवाटिका मुनिको नदी किनारमा सफाइ गरियो । वाग्मती सुन्दरता सरोकार मञ्चको आयोजनामा भएको यस क्षेत्रको सफाइमा नदी किनारमा असरल्ल फालिएका फोहर व्यवस्थापन गरिएको अभियानकर्मी ईश्वर पुडासैनीले जानकारी दिए ।

सफाइका क्रममा नदी क्षेत्रलाई प्रहरीले निगरानी गर्ने र यस क्षेत्रमा नगरपालिका–५ ले सिसी क्यामेरा राख्ने सहमति भएको उनले सुनाए। सफाइपछि मञ्चका अभियानकर्मी पशुपतिबाट वसन्तपुरसम्मको सम्पदा सफाइको चेतना जगाउन आयोजित पदयात्रामा सहभागी भएको जनाइएको छ ।

रुद्रमती सफाइको २९७औँ हप्तामा रातोपुलबाट पशुपति क्षेत्रसम्म सफाइ गरिएको छ । काठमाडौँ महानगरपालिका–३० का अध्यक्ष दलबहादुर कार्कीसहितका अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट एक ट्रक फोहर व्यवस्थापन गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले राससलाई जानकारी दिनुभयो । सफाइ समूह पशुपतिबाट वसन्तपुरसम्मको सम्पदा पदयात्रामा सहभागी भएको थियो ।

विष्णुमती सफाइ अभियानको २७३औँ हप्तामा तारकेश्वर नगरपालिका–१० र टोखा नगरपालिका– ९ को सङ्गमस्थित सिद्धेश्वर मन्दिर क्षेत्रको नदी किनारमा सफाइ गरियो । तीनवटै सुरक्षा निकायसहित स्थानीय संस्था एवं स्थानीयवासीको सहभागिता सफाइमा रहेको संयोजक शोभाकान्त पाण्डेले राससलाई जानकारी दिए ।

सफाइमा जापानी नागरिक इवाओ कोचिहिरासहित आठ पाहुना पनि रमाउँदै सहभागी भएका थिए । जापानीको यो समूहले यसअघि विष्णुमती सफाइका लागि सामग्रीसमेत सहयोग गरेका थिए ।

विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको सफाइ महाअभियानले देशभरका १०६ भन्दा बढी स्थानमा स्वतस्फूर्त सफाइ अभियान चलाउन प्रेरणा दिएको छ । यसैगरी आज उपत्यकाका चक्रपथ उत्तर र पश्चिम, तिलगङ्गा, सुन्दरीघाट, ललितपुरको गोदावरी खोलालगायत स्थानमा पनि सफाइ अभियान चलाइएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE