Khabar Dabali १४ फाल्गुन २०८२ बिहीबार | 26th February, 2026 Thu
Investment bank

तस्करको निसानामा महिला

काठमाडौं । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले १० महिना अवधिमा विभिन्न मुलुकबाट २ सय ७२ नेपालीको उद्धार गरेको छ। तीमध्ये २ सय ६ जना महिला छन्। तस्करले पुरुषभन्दा महिलालाई बढी निसानामा पार्ने गरेको यो तथ्यांकले देखाउँछ।

आजको अन्नपुर्ण पोस्ट दैनिकमा खबर छ - गिरोहले वैदेशिक रोजगारीका नाममा उनीहरूलाई विदेश पुर्‍याएर इच्छाविपरीत कार्य गर्न बाध्य पारेका थिए। ब्युरोका प्रवक्ता एसपी गोविन्द थपलियाका अनुसार मानव तस्करीको अवस्था भयावह छ। पीडितले उजुरी नगर्दा अनुसन्धानमा कठिनाइ भोग्नुपरिरहेको प्रवक्ता थपलिया बताउँछन्। पीडित महिलाले आफूलाई लैजाने व्यक्तिको नाम बताए पनि माथिल्लो तहको गिरोहबारे जानकार नभएको ब्युरोमा बताएका छन्।

‘भारतको मणिपुरमा हुने गरेको संगठित वेश्यावृत्तिमा नेपाली महिला बेचिए’, उनी भन्छन्, ‘पीडित आफैं र उनीहरूका आफन्तको सूचनाका आधारमा दिल्लीस्थित नेपाली दूतावासको समन्वयमा १० महिनामा ७४ जना महिलाको उद्धार गर्‍यौं।’

मणिपुर, दिल्ली हुँदै इराकको किर्किस्तान, इन्डोनेसिया र म्यान्मासम्म पुर्‍याइएका नेपालीलाई ब्युरोले उद्धार गरेको हो। यसका लागि ब्युरोले परराष्ट्र मन्त्रालय र सम्बन्धित मुलुकस्थित दूतावाससँगको समन्वय गरेको थियो। गिरोहले भारतदेखि केन्यासम्म पुर्‍याएका ७४ महिलाको पनि उद्धार गरिएको ब्युरोले जनाएको छ। यी सबैलाई जबरजस्ती वेश्यावृत्तिमा लगाएको पाइएको ब्युरोको अनुसन्धानले देखाएको छ।

कोरिया र चीनमा घरजम गर्ने भनेर पुर्‍याइएका २९ महिला र बालबालिकालाई ब्युरोले उद्धार गरेको छ। ब्युरोका अनुसार यो घटनामा भने पीडितकै अभिभावकसम्मको मिलेमतो देखिन्छ। गरिबीकै कारण अभिभावकले छोरीलाई चीन पठाएबापत ५० देखि ६० हजार रुपैयाँ बुझेको खुलेको छ। बेचबिखनकै उद्देश्यले विभिन्न मुलुक पुर्‍याइएका ८४ पुरुष, महिला र बालबालिकाको उद्धार ब्युरोले गरेको छ। उनीहरूलाई घरेलु कामदारका रूपमा गिरोहले बेचेर आएका थिए। भारतको मणिपालमा मिर्गौला तस्करीका लागि पुर्‍याइएका दुई जनालाई ब्युरोले उद्धार गरेको थियो। समयमै प्रहरीमा खबर गरेका कारण उनीहरू जोगिएका थिए।

मणिपुर पुगेका अधिकांशलाई काँकडभिट्टा हुँदै लगिएका थिए। प्रहरीले केही अपरेसन माइती नेपालको समन्वयमा गरेको थियो। ब्युरोका अनुसार उद्धार गरिएका पीडित धेरै पैसा कमाउने अभिलासा बोकेर तस्करलाई रकम बुझाउँछन्। कति त तस्करले भनेका मुलुकसम्म पुग्नै पाउँदैनन्। केन्या, मलावी, लिबिया र इन्डोनेसियामा वैदेशिक रोजगारका नाममा पीडितलाई भारतको दिल्ली हुँदै लगिन्छ। ब्युरोका अनुसार दिल्लीमै १० देखि १५ दिनसम्म तस्करले पैसा लिएर बेपत्ता भएपछि नेपालीलाई स्वदेश फकाईएका घटना पनि छन्।

‘सम्बन्धित देशमा कामदारको भिसा लाग्दैन भन्ने जान्दाजान्दै चोरबाटो हुँदै जान पीडितहरू राजी देखिएका छन्’, उनी भन्छन्, ‘जब तस्करले सबै पैसा हात पार्छ र बेपत्ता हुन्छ तब मात्रै उनीहरूले ठगिएको थाहा पाउँछन्।’ लिंग, उमेर र शोषणका आधारमा ३ सय ८७ जनाले ब्युरोमा उजुरी दिएका थिए। त्यसअनुरुप मुद्दा प्रक्रिया अघि बढाइएको ब्युरो जनाएको छ।

\"\"

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE