Ntc summer Offer
Khabar Dabali १३ मंसिर २०८१ बिहीबार | 28th November, 2024 Thu
Investment bank

पाँच महिनापश्चात जम्मू–कश्मीरको घाटीमा मोबाइल सेवा सुचारु, इन्टरनेट सेवा सरकारी अस्पतालमा मात्रै

काठमाडौं । जम्मू–कश्मीरको घाटी क्षेत्रमा मंगलबार रातीदेखि मोबाइल सेवा सुचारु भएको छ । केन्द्र शासित जम्मू–कश्मीरको घाटीमा नयाँ वर्षदेखि मोबाइल सेवा र केहि अस्पताल तथा सरकारी कार्यालयमा इन्टरनेट सेवा सुरु भएको भारतीय मिडियाले जनाएका छन् । केन्द्र शासित बनाउँदै गर्दा गत अगस्ट ४ देखि जम्मू–कश्मीर क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवा बन्द गरिएको थियो ।

जम्मू–कश्मीरका प्रमुख सचिव रोहित कंसलले नयाँ वर्षको सुरुवातीसँगै जम्मू–कश्मीरको घाटी क्षेत्रमा मोबाइल सेवा सूचारु भएको जनाएका छन् । उनले आम नागरिकको लागि इन्टरनेट सेवा दिने बारेमा भने निर्णय नभएको जनाएका छन् ।

जनाइएअनुसार घाटीमा मोबाइल सेवाभित्रका सबै सेवा भने सूचारु गरिएको छैन् । साथै सबैको लागि पनि मोबाइल उपलब्ध नगराईएको उल्लेख छ । अहिले केहि व्यापारी, ठेकेदार र सरकारी कर्मचारीलाई मात्रै सेवा दिइएको छ ।

पर्यटकको लागि पनि इन्टरनेट सेवा सूचारु

कश्मीरका पर्यटकीय स्थलमा सरकारले दिएको इन्टरनेट सेवा सूचारु गरिएको जनाइएको छ । पर्यटकको लागि करिब ९ सय पोइन्ट सुरु गरिएको जनाइएको छ । सरकारले जनवरीभित्रै बोर्डबेण्ड सेवासमेत सुरु गरिसक्ने तयारी गरेको उल्लेख छ ।

पक्राउ नेताहरुबारे छिट्टै फैसला हुने

केन्द्र शासित भएसँगै पक्राउ गरि नजरबन्दमा राखिएका स्थानीय नेताहरुलाई छोड्ने बारै चाँडै फैसला हुँने जम्मू–कश्मीरका प्रमुख सचिव रोहितले जनाएका छन् । भारतीय सञ्चारमाध्यमसँगको कुराकानीमा उनले सामान्य नेताहरु यसअघि नै छोडिसकिएको र अन्यलाई क्रमबद्ध रुपमै छोडिने जनाए । पूर्वमुख्यमन्त्री फारुक अब्दुल्ल, ओमर अब्दुल्ला र महबूबी मुफ्तीलगायतका दर्जनौं स्थानिय नेताहरु नजरबन्दमा छन् ।

केन्द्र सरकारले गत अगस्ट ५ मा जम्मू–कश्मीरलाई विशेष राज्यको दर्जा दिने संविधानको धारा ३७० लाई हटाउने निर्णय गरेको थियो । यसको साथै जम्मू–कश्मीर र लद्दाखलाई अलग–अलग केन्द्र शासित प्रदेशमा समेत विभाजन गरिएको थियो ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy