Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

सुत्केरी बिदाको तलब पुरुष शिक्षकलाई

असार २१, सुरुङ्गा (झापा) । महिला शिक्षकले पाउँदै आएको सुत्केरी बिदाको तलब सुविधा पुरुष शिक्षकले लिएको खुलासा भएको छ । झापाको डाँगीबारी– ९ मा सञ्चालित गौरीशङ्कर उच्च माध्यमिक विद्यालयमा कार्यरत शिक्षक तिलरुपा अधिकारी निरौलाले पाउने सुत्केरी बिदाको तलब सोही विद्यालयमा कार्यरत शिक्षक नेत्रप्रसाद पौडेललाई दिएसँगै यस्तो रहस्यको खुलासा भएको हो । गत मङ्सिर २२ गते सुत्केरी भएकी शिक्षक तिलरुपा मङ्सिर ११ देखि माघ ११ गतेसम्म दुई महिना सुत्केरी बिदा बसेकी थिइन् । कक्षा ११ र १२ मा नेपाली विषय पठनपाठन गराउँदै आएकी शिक्षक तिलरुपाले बिदा अवधिको तलब नपाएपछि खोजी गर्दा विद्यालयका प्राचार्य लेखनाथ कटुवालले सो अवधिको तलब पौडेललाई दिलाई दिएपछि यस्तो अवस्था आएको हो । शिक्षा नियमावलीको परिच्छेद १९ मा शिक्षकले सुत्केरी बिदा सुत्केरी अघि वा पछि ६० दिन पाउने व्यवस्था छ । सुत्केरी बिदा बढीमा दुई पटकसम्म मात्र पाइने व्यवस्था नियमावलीमा उल्लेख भए पनि आफूले पहिलो सन्तान जन्मनुअघि विद्यालयबाट सुत्केरी बिदा लिएको शिक्षक निरौलाले बताइन। उनले भनिन् – “म सुत्केरी बिदा लिएर बसेको समयमा विद्यालयका प्राचार्य कटुवाल सरले व्यवस्थापन समितिको बैठक राखेर मैले पाउने १२ हजार तलब पौडेल सरलाई दिलाई दिने निर्णय गर्नुभएको रहेछ ।” गत फागुन ९ गते बसेको व्यवस्थापन समितिको बैठकले सुत्केरी बिदा अवधिको तलब पौडेललाई दिने निर्णय गरेको बताइएको छ । यस विषयमा विद्यालयका प्राचार्य लेखनाथ कटुवालसँग जिज्ञासा राख्दा उनले निजी स्रोतबाट उच्च मावि सञ्चालन गरेकाले शिक्षक तिलरुपा सुत्केरी बिदा बसेको समयमा उनको विषय पढाउने शिक्षक पौडेललाई रु १२ हजार दिलाइ दिएको स्वीकार गरे । यस विषयमा आफूलाई कुनै जानकारी नभएको र सुत्केरीलाई नै भनेर राज्यले उपलब्ध गराएको सेवा अरु कसैले लिन नहुने जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले बताए । सुत्केरीले पाउने सुविधा अरुले लिएको पाइए तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रतिवद्धता पनि उनले व्यक्त गरे । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending