Khabar Dabali २१ बैशाख २०८३ सोमबार | 4th May, 2026 Mon

सरकारी अस्पताल जति रेफर सेन्टर बन्दै

काठमाडौं । काठमाडौं महानगरपालिका–३ मा खुलेका सरकारी–सामुदायिक अस्पताल रेफर सेन्टर बनेका छन्। यो वडामा सरकारी, सामुदायिक र निजी गरी दुई दर्जनभन्दा बढी अस्पताल सञ्चालित छन् ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ यो वडामा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर, सहिद गंगालाल हृदय रोग केन्द्र, कान्ति बाल अस्पताललगायत सरकारी अस्पताल छन्। बिरामीको भीड हुने यी अस्पतालनजिकै सामुदायिक र निजी अस्पतालको पनि बाढी छ। सामुदायिक अस्पतालका रूपमा महेन्द्रनारायण निधि अस्पताल, बीपी स्मृति अस्पताल र सहारा सामुदायिक अस्पताल छन्।

त्यस्तै, निजीतर्फ ग्रिनसिटी अस्पताल, कान्तिपुर डेन्टल अस्पताल, बीपी स्मृति हस्पिटल, वेलनेश अस्पताल, इसान बाल तथा महिला अस्पताल, चिरायू हस्पिटल, मेट्रो हस्पिटल, अन्तर्राष्ट्रिय बालमैत्री अस्पताल खुलेका छन्। करिब ५५ हजार जनसंख्या रहेको यो वडामा सबै अस्पतालको शड्ढया २५ सयभन्दा बढी छ। निजी अस्पतालमा विशेषज्ञ चिकित्सक र लगानीकर्ताका रूपमा सरकारी चिकित्सक संलग्न छन्।

वडामा अर्बौं लगानीका १९ वटा ठूला अस्पताल सञ्चालनमा रहेको काठमाडौं महानगर–३ का वडाध्यक्ष दीपक केसीले जानकारी दिए। करोडौं लगानी गरी अस्पताल सञ्चालन भइरहेको जानकारी दिँदै वडाध्यक्ष केसीले भने, ‘सरकारी अस्पताल हुँदाहुँदै निजी क्षेत्रबाट पनि करोडौं लगानी भइरहेको छ। उपचारका लागि अन्यत्र जानु पर्दैन।’

रेफरै रेफर

सरकारी अस्पतालको वरिपरि अर्बौं लगानी गरी निजी र सामुदायिक अस्पताल खोल्नुको उद्देश्य बिरामी रेफर गर्नु हो। सुत्केरी अवस्थादेखि शल्यक्रियाको चरणमा पनि भरसक चिकित्सकले निजी अस्पतालमा रेफर गरेको पाइएको छ।

अन्नपूर्ण पोस्ट्ले गरेको अध्ययनमा सरकारी अस्पतालले रेफर गरेका कारण निजी अस्पतालमा भर्ना हुन बाध्य भएको बिरामीले बताएका छन्। सरकारी अस्पतालमा शड्ढया अभाव र स्वास्थ्य जाँच गर्ने उपकरण बिग्रेको समस्या दर्शाउँदै निजी अस्पतालमा रेफर गर्ने क्रम बढेको छ। निजी अस्पतालमा लगानी पनि गरेका कारण सरकारी चिकित्सकले रेफर गरिरहेको वडा अध्यक्ष केसी बताउँछन्।

शिक्षण अस्पतालमा भेन्टिलेटरसहित ११ वटा मात्र सघन उपचार कक्ष (आईसीयू) छ। आईसीयू आवश्यक पर्ने बिरामी औसतमा ५० जना आउने गरेको अस्पतालका निर्देशक डा। प्रेमकृष्ण खड्गा बताउँछन्। बेड नपाएपछि ती बिरामी निजी अस्पतालमै जाने गरेका छन्। त्यस्तै अवस्था कान्तिमा पनि छ। कान्तिमा शल्यक्रियाका लागि पालो कुर्नुपर्छ। ‘पाँच जना सर्जन छन्, तैपनि महिनौंपछि किन शल्यक्रिया गर्न पर्खनुपर्ने रु यसबारे अध्ययन गरियो। शल्यक्रिया गर्न ठाउँ अभाव भएपछि पाँच वटा कक्ष थप्ने योजना बनाएका छौं’, कान्ति बाल अस्पतालका निर्देशक डा। रामपदारथ बिच्छाले भने।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending