Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

दाउ हेर्दै ओली–दाहाल

काठमाडौं । नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालबीचको असमझदारीले सत्तारुढ दलमा ‘सन्नाटा’ छाएको छ। आइतबार तेस्रो पटक ६ माघसम्मका लागि संसद् बैठक स्थगित भएयताका दुई दिन नेकपाका दुई अध्यक्षबीच संवाद छैन। प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटारमा व्यस्त छन् भने अर्का अध्यक्ष दाहाल खुमलटार–चितवन आउजाउ गरिरहेका छन्।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - मंगलबार प्रधानमन्त्री ओली बालुवाटारमै चेम्बर अफ कमर्सका प्रतिनिधिसँगको भेटघाटदेखि उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिको प्रतिवेदन बुझ्ने कार्यक्रममा व्यस्त देखिए। दाहाल भने बिहान पार्टीका नेता भीम रावल, अग्नि सापकोटालगायतसँग अलग–अलग छलफल गरी चितवन पुगेर फर्केका छन्।

नेकपाभित्र सभामुख चयन, विकास र सहयोगसम्बन्धी अमेरिकी नियोग मिलेनियम च्यालेन्स कर्पोरेसन ९एमसीसी०का विषयमा पार्टी नेताहरूकै बीचमा तीव्र ‘धु्रवीकरण’ भइरहेको छ। दाहालले चितवन पुगेर मंगलबार साँझ थुप्रै मिटिङ गर्नुपर्ने भएकाले आफू दुई घण्टाका लागि मात्र माडी आएको बताए पनि त्यस्तो छलफल दाहाल फर्केपछि पनि भएको छैन। संसद्मा झन्डै दुई तिहाइ मतका साथ बलियो उपस्थिति रहेको नेकपाले सभामुख उम्मेदवार चयन गर्न नसक्दा संसद् एक महिना बन्धक बनिसकेको छ। तर, बन्धक संसद् खुलाउने र पार्टीभित्रको धु्रवीकरण तोड्न नेकपाका दुई अध्यक्षलाई तीव्र दबाब भए पनि ओली–दाहाल संवादमा छैनन्।

दुवै अध्यक्ष दुई दिनयता एक–अर्को अध्यक्षले चाल्ने ‘कदम’ को सूक्ष्म अध्ययन गर्दै बसेका छन्। ‘दुवै अध्यक्ष केही दिन पर्ख र हेरको नीतिमा देखिनुभएको छ’, नेकपाका एक स्थायी समिति सदस्यले भने, ‘प्रधानमन्त्री आफू अनुपस्थित बैठकको निर्णय दाहालले कसरी कार्यान्वयन गर्न सक्छन् भनेर हेर्न थाल्नुभएको छ, दाहाल पनि प्रधानमन्त्री ओलीको अबको स्टेप के हुन सक्छ भनेर बसिरहेको देखिनुहुन्छ।’

नेकपाभित्रको गाँठो फुकाउन संवादमा बस्नुपर्ने दुवै अध्यक्ष आफूनिकट नेतासँगको संवादमा छन्। दाहाल सचिवालयका एक सदस्यले मंगलबार चितवनबाट साँझ काठमाडौं फर्केर अन्नपूर्णसँग भने, ‘दुई दिनयता संवादमा गतिरोध छ, राजनीति चकमन्न छ।’ सभामुखका लागि ओली र दाहालका आ–आफ्नै रुचिका पात्र छन्। सभामुखको पात्र चयनमा सकस परिरहेका बेला २३ पुसमा नेता वामदेव गौतमको भैंसेपाटी निवासमा बसेको बहुमत सचिवालय सदस्यको ‘प्यानल बैठक’ ले ओली–दाहालबीच झन् असमझदारी बढेको छ।

अध्यक्षद्वयमा बढेको असमझदारीका कारण उपसभामुख शिवमाया तुम्बाहाङफेको राजीनामा अड्किएको नेकपाका नेता बताउँछन्। ‘उपसभामुखलाई पार्टीभित्रैबाट ब्याकफोर्स रहेका कारण राजीनामा दिनुभएको छैन, यो देखिँदो कुरा हो’, नेकपा स्थायी समिति सदस्य देवेन्द्र्र पौडेलले अन्नपूर्णसँग भने।

उपसभामुख तुम्बाहाङफेलाई पार्टी सचिवालयले शनिबार राजीनामा दिन आग्रह गरेको थियो। तर, उनले राजीनामा दिएकी छैनन्। राजीनामा नदिँदा नेकपा सचिवालयकै निर्णय कार्यान्वयनमा जटिलता पैदा भएको छ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE