काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टीले सभामुखका बारेमा निर्णय गरेपछि निर्वाचन प्रक्रिया सुरु गर्ने बेला मात्र आफूले राजीनामा गर्ने उपसभामुख शिवमाया तुम्बाहाङ्फेले बताउँदै गर्दा उक्त प्रकरणका कारण पार्टीभित्र पूर्वमाओवादीहरूको अपमान भइरहेको अध्यक्ष प्रचण्ड निकट एकजना नेताले बताएका छन्।
आफूहरूको माग सुनुवाइ नभए पार्टीमा टुटफुट आउनसक्ने नेता हरिबोल गजुरेलले चेतावनी दिएका छन्।
दशैँ अगावै एकजना महिला बलात्कार प्रयासको अभियोगमा सभामुख कृष्णबहादुर महरा पक्राउ परेयता नयाँ सभामुखको चयन हुन सकेको छैन।
\'भागबन्डामै चलिरहेको छ\'
महरा पूर्वमाओवादी नेता भएकाले उनको स्थानमा सोही समूहका नेता छानिनु पर्ने प्रचण्ड निकटका नेता हरिबोल गजुरेलले बताए।
विवादका माझ हाल संसद्को बैठक आठ दिन पर सारिएको छ।
उपसभामुखले राजीनामा दिन नमान्दा दुई अध्यक्षबीच तनाव बढेको छ भन्ने चर्चा छ।
\"त्यस्तो हो?\" भन्ने बीबीसीको यो प्रश्नमा प्रचण्ड निकट नेता गजुरेलले भने: \"तनाव त स्वत: हुने भयो। संसदका सबै कामहरू रोकिएका छन्। सत्तापक्षको कारणले संसद अवरुद्ध भयो भनेर प्रतिपक्षीले कुरा उठाइरहेका छन्।\"
उनले अहिले सभामुखको विषयमा बहस हुनैनपर्ने बताए।
\"एकताको निश्चित समयसम्म सहमति र सहकार्य गरेर जाने हो। भागबण्डा नै हुने हो,\" उनले भने।
\'सभामुख पूर्वमाओवादीलाई\'
दुई पार्टी अध्यक्षबीच पनि यसअघि कहिले आलोपालो गर्ने त कहिले एकजनाले प्रधानमन्त्री चलाउने र अर्कोले कार्यकारी अध्यक्ष चलाउने भन्ने सहमति भएर भागबण्डामै चलिरहेको उनले बताए।
सभामुख कसलाई बनाउने भन्ने विषयमा दुई अध्यक्षबीच कुराकानी भए पनि सहमति हुन नसकेको उनले बताए।
दुई अध्यक्षबीचको भागबण्डाको सहमति जस्तै सभामुख पनि कुनै अडानबिनै पूर्वमाओवादीलाई नै दिनुपर्ने उनले बताए।
उनले सभामुखकै विषयमा पनि पूर्व माओवादीलाई अपमान गर्न खोजिएको बताए।
\"सभामुख को हुने भनेर त अपमान गर्न खोजेको त हो नि,\" उपसभामुखले नै राजीनामा दिन नखोजेको बेला यसले त परिस्थितिलाई थप जटिल बनाइदियो नि भन्ने प्रश्नमा प्रचण्ड निकट नेताले बीबीसीसँग भने, \"यो उपसभामुखले उठाउनुभएको विषयमात्रै होइन। विभिन्न चलखेलहरू भइरहेका छन्। आफ्ना स्वार्थहरू कसरी पूरा हुने भन्नेबाट नै यी सबै कुराहरू भइरहेका छन्।\"
उपसभामुखले राजीनामा दिन्न भन्ने उनको निर्णय नभएको नेता गजुरेलले बताए।
उनले भने: \"उहाँले भन्नुपर्यो कि म उपसभामुख छँदैछु सभामुख चाहिँ प्रतिपक्षी वा अर्को कुनै दललाई दिउँ। होइन भने भोलि उहाँ नै हुने हो भने पनि राजीनामा नदिइ त हुँदैन।\"
(बिबिसि नेपाली सेवाबाट साभार)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: