Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

‘डन’ काे नेता कनेक्सन, को ‘डन’ कुन पार्टीमा ?

\"admin-ajax.php\"यो केही समय अघि खबरडबलीले प्रकाशित गरेको स्टोरी हो । याँहा उल्लेखित डन कुमार घैटे आज प्रहरी इन्काउन्टरमा मारिएका छन् । डन आँफै जन्मदैनन्–परिस्थिति र बाताबरण अनि संरक्षणले जन्माउँछ । केही समय अघि मारिएका चरिपछि प्रहरीको यो दोस्रो इन्काउन्टर हो । समाजमा हुर्काउने प्रवृतिमाथि इनकाउन्टर नगरिएसम्म डनहरु सिद्दिैनन् । हामीले यो स्टोरी पुन प्रकाशित गर्न सान्दर्भिक ठानेर याँहा रिपोस्ट गरेका छौं–सम्पादक ।   काठमाडौं, घटना गत साउन २१ को हो । जतिबेला चर्चित गुन्डा नाइके दिनेश अधिकारी ‘चरी’ प्रहरी ‘इन्काउन्टर’ मा मारिए । उनी मारिएको घटना सार्वजनिक भएसँगै संसद अवरुद्ध भयो । नेकपा (एमाले) धादिङका सभासदहरु संसदमा उफ्रिए । कारण आपराधिक गतिविधिमा संलग्न दिनेश नेकपा (एमाले) धादिङका १ नं क्षेत्रीय उपाध्यक्ष थिए । प्रहरीको ‘मस्ट वान्टेड’ सूचीमा रहेका ‘चरी’ विभिन्न आपराधिक गतिविधिमा संलग्न थिए । निरन्तर आपराधिक घटनामा संलग्न रहँदारहँदै दलीय छत्रछायाँका कारण ‘क्लिन चिट’ पाउँदै आएका उनी एमाले अध्यक्ष ओलीको छत्रछायाँमा गुन्डागर्दी गर्नेमध्येकै एक थिए । चरी प्रकरण नेपाली राजनीतिमा गुन्डाराजको गतिलो उदाहरण थियो । राजनीतिक उतारचढावसँगै गुन्डाराजको उचाइ तलमाथि भैरहनु नेपाली राजनीतिको ‘परम्परा’ नै हो । २०४६ को राजनीतिक परिवर्तनपछि दलीय आवरणमा गुन्डागर्दी मौलाएको छ । त्यसअघिका केही ‘टोले दादा’ हरु यतिबेला विभिन्न ठूला अपराधमा जेल सजाय भोगिरहेका छन् भने केही दलीय आवरणमा खुलेआम  हिँडिरहेकै छन् । दलहरुले आपराधिक गतिविधिमा संलग्न गुन्डा नाइकेहरुलाई ‘रेड कार्पेट’ बिछ्याएर भित्र्याउने होडबाजी नै चलेको छ । त्यसैले गुन्डाहरु अपराध गर्छन् र राजनीतिको छायाँमा ओत लाग्छन् । अपराधको दुनियाँ र राजनीतिको दुनियाँ फरक हुनुपर्ने हो तर नेपाली राजनीतिमा अपराध र राजनीति एक–अर्काका परिपूरकजस्तै हुन पेगको छन् । यतिबेला अपराध र राजनीतिलाई एकैसाथ अघि बढाउने ‘गुन्डा नाइके’ हरुमध्येका केही चर्चित पात्र यस्ता छन्– गणेश लामा \"Ganesh-lama-don-400\" राजधानीको ठमेलको रात्रीकालीन व्यवसायमा प्रभाव जमाएका गणेश लामा सुरुआती दिनहरुमा दिपक मनाङेको सहयोगी बने । भारतबाट भित्रिने रक्तचन्दनलाई काभ्रे हुँदै चीन पुर्र्याउन लामाको विशेष भूमिका छ । काभ्रेकै स्थानीय भएकाले रक्तचन्दन तस्करीमा उनको एकछत्र राज नै चल्यो । रक्तचन्दन र रात्रीकालीन व्यवसायबाट आर्थिक रुपमा बलियो बनेका उनले मनाङे समूहबाट बिदा लिएपछि काभ्रेका युवाहरुलाई समेटेर आफ्नै समूह विस्तार गरे । तेस्रो शक्तिको रुपमा उदाएका उनको आम्दानीका नयाँ स्रोतहरु पनि थपिँदै गए । रात्रीकालीन व्यवसायलाई पनि निरन्तरता दिइरहे । गुन्डागर्दीमार्फत अवैध सम्पत्ति जोडेपछि लामा जेल चलान पनि भए । सम्पत्ति शुद्धीकरण विभागले २७ करोड अवैध सम्पत्ति जोडेको भन्दै विशेष अदालतमा मुद्धा हालेपछि उनीसँग विशेषले ३ करोड धरौटी माग्यो । अदालतले मागेबमोजिमको धरौटी तिरेर उनी जेलमुक्त भए । लामाले निर्माण सामग्रीसम्बन्धी काम गर्न ‘सिरुवा कन्स्ट्रक्सन कम्पनी’ खोलेका छन् । तत्कालीन गृहमन्त्री विजयकुमार गच्छदारको पछि लाग्दै उनी फोरम लोकतान्त्रिकमा प्रवेश गरेर केन्द्रीय सदस्य भए । संविधानसभाको दोस्रो निर्वाचनमा उम्मेदवारी दिई काभ्रेबाट पराजित भएका उनले गच्छेदारनजिक रहेर काम गर्दै आइरहेका छन् । मिलन गुरुङ ‘चक्रे मिलन’ \"chakre-400\"राजधानीको चक्रपथ क्षेत्रलाई आधार बनाएर गुन्डागर्दी गर्दै आएका चक्रे मिलन भनेर चिनिने मिलन गुरुङ पनि आफू राजनीतिमा आउन इच्छुक रहेको बताउँछन् । गत माघमा गोरखामा आयोजित कार्यक्रममा २ लाख रुपैयाँ तिरेर ‘अतिथि’ बनेका उनले भनेका थिए– ‘अब म नेता भएँ, टिकट पाएँ भने गोरखाबाटै चुनाव जित्छु ।’ एमालेका सक्रिय कार्यकर्ता चक्रे शीर्ष नेताको नजिकका मानिन्छन् । एमाले नेता प्रदीप नेपालनिकट रहेर उनले आपराधिक गतिविधि गर्दै आएका छन् । नेपालकी श्रीमतीले टीका लगाउने भाइ बन्दै आएका छन् मिलन । अवैध सम्पत्ति जोडेका उनले ‘मिलन फाउन्डेसन’ मार्फत् ‘सामाजिक काम’ समेतमा हात हालेका छन् । अवैध हतियार तथा अवैध सम्पत्ति दुवै मुद्धा खेपेका उनी एमाले नेताको सहयोगी गुन्डा नाइकेका रुपमा परिचित छन् । चक्रेले ७ करोड ८ लाख रुपैंया अवैध सम्पत्ति जोडेको भन्दै सम्पत्ति शुद्धीकरण विभागले विशेष अदालतमा मुद्धा दायर गरेको थियो । विशेषले मागेको १ करोड धरौटी बुझाएपछि गत असारममा उनी जेलमुक्त भएका थिए । कुमार घैंटे \"kumar-ghaite-400\"नेपाली कांग्रेसका नेताहरु अर्जुननरसिंह केसी तथा गगन थापाको छत्रछायाँमा हुर्केका कुमार घैंटे कांग्रेसका सक्रिय कार्यकर्ता हुन् । कहिले दिपक मनाङे समूह त कहिले चक्रे मिलन समूहमा लाग्दै आएका उनले पनि पछिल्ला दिनहरुमा आफ्नै समूह बनाएका छन् । प्रहरी ‘इन्काउन्टर’ मा मारिएका चरी समेत उनकै समूहमा लागेका थिए । प्रहरी प्रतिवेदनअनुसार घैंटेले ०६२ असार १८ मा सामाखुसीस्थित भन्ज्याङ दोहोरी साँझमा कुटपिट गरेपछि उनीविरुद्ध उजुरी परेको थियो । त्यतिबेलै उनीविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरिए पनि कांग्रेस नेतृत्वको दबावमा छुटेका थिए । ६३ असार १८ मा समेत उनले ट्याक्सीमा गइरहेका प्रेम लामामाथि धारिलो हतियार प्रहार गरेका थिए । त्यतिबेला पनि उनीविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा चलाइएको थियो । तर, यसपटक पनि उनी छुटे, राजनीतिक पहुँचकै आधारमा । ०६३ भदौ १६ मा घैंटेले गोंगबुस्थित ‘सोर्गल रेस्टुरेन्ट’ अगाडि काभ्रेकै विष्णु लामामाथि गोली प्रहार गरे । २७ चैतमा गल्कोपाखामा हनेन्द्र सिंहलाई धारिलो हतियार प्रयोग गरेर ज्यान मार्ने प्रयास गरेको अभियोगमा पक्राउ परे पनि उनी तत्काल रिहा भइहाले ।     सुजन पौडेल ‘बाहुन डन’ \"ramesh_bahun-600x0\"सुजन पौडेल उर्फ बाहुन डन एमालेको रामेछाप जिल्ला समितिका सदस्य हुन् । ठीक एक वर्षअघि एमाले अध्यक्ष ओलीको हातबाट टीका लगाई एमाले प्रवेश गरेका पौडेल ओलीकै दबावमा रामेछाप जिल्ला समितिको सदस्य बनेका थिए । नेपाली सेनाको रेन्जर तहसम्मको तालिम गरेका उनी विभिन्न घटना घटाउँदै प्रहरीलाई छक्याउँदै हिँड्ने गर्थे । बाहुन हातहतियार तथा खरखजाना अभियोगमा प्रहरीको ‘मस्ट वान्टेड’ सूचीमा थिए । गत असारमा लागूऔषधसहित भारतको लखनउबाट महानगरीय प्रहरी अपराध महाशाखा, हनुमानढोकाले उनलाई पक्राउ गरेको थियो । बाहुनले हाउजिङ क्षेत्रमा आतंकै मच्चाएका थिए । उनी साना हतियारको कारोबारबाट आपराधिक दुनियाँमा हामफालेका थिए  । ६२ लगत्तै अपराधको दुनिँयामा यात्रा थालेका उनी व्यवासायीहरुका लागि ‘सुरक्षा खतरा’ बन्न पुगे भने प्रहरीको नजरमा समेत ‘मुख्य चुनौती’ का रुपमा खडा भए । बाहुन डन ०६४ मा दरबारमार्गबाट पेस्तोलसहित पक्राउ परे । त्यतिबेला जिल्ला प्रशासन कार्यलयमा धरौटी बुझाएर रिहा भएका उनी पुनः बुटवलबाट दुई पेस्तोलसहित पक्राउ परे । हातहतियार तथा खरखजानाको अभियोगमा दुई वर्ष कारागार बसेपछिपछि सफाई पाएर निस्केको उनी त्यसपछि हाउजिङ व्यवसायीबाट रकम असुल्न लागिपरे । बाहुन डन यतिबेला भने केन्द्रीय कारागारमा बन्दी जीवन बिताइरहेका छन् । परशुराम बस्नेत \"Parsuram-Basnet-400\"एमाले युवासंघका केन्द्रीय सदस्य बस्नेत पूर्वाञ्चल  क्षेत्रका चर्चित गुन्डा नाइके  हुन् । विशेष अदालतको फैसालामा दुई करोड रुपैयाँ धरौटी बुझाएर उनी रिहा भएका थिए । विराटनगर क्षेत्रलाई आधार बनाएर आपराधिक गतिविधि गर्दै आएका बस्नेतको नाममा स्रोत नखुलेको ११ करोड ६१ लाख ४१ हजार बराबरको सम्पत्ति देखिएको थियो । अवैध सम्पत्ति राख्नेमा उनकी पत्नी अञ्जु बस्नेतको संलग्नता देखिएपछि पक्राउ परेकी बस्नेतपत्नीलाई साधारण तारेखमा छाडिएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीको छत्रछायाँमा आपराधीक गतिविधिमा समलग्न उनलाई महेश बस्नेतले राजनीतिक बढुवा गर्दै आएका छन् । केहि वर्ष अघि पत्रकार माथि आक्रमण गरेपछि बस्नेत चर्चामा आएका थिए ।           दिपक मनाङे \"dipak-manage-nepali-don-400\"लामो समयदेखि ठमेल क्षेत्रमा राज गर्दै आएका दिपक मनाङे पछिल्ला दिनमा गुमनाम छन् । २०४६ को राजनीतिक परिवर्तनलगत्तै सक्रिय बनेका क्षेत्रपाटीका दिपक मनाङेले राजनीतिक रुपमा त्यतिबेला राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आधार बनाए । खुला राजनीतिक अवस्थाको लाभ उठाउँदै मनाङेले पर्यटकीय क्षेत्र ठमेललाई ‘आधारइलाका’ को रुपमा प्रयोग गरे । त्यही ‘आधारइलाका’ मा उनले आफ्नो एक ढंगको ‘अवैध सत्ता’ कै अभ्यास गरे । २०६० पछि मुलुकमा रक्तचन्दन तस्करी बढ्यो । मनाङेलगायतका सबैजसो ‘गुन्डा’ हरु रक्तचन्दन तस्करीमै लागे । प्रशस्त आम्दानी हुने भएपछि ‘डन’ हरुले यसलाई ‘पेसा’ कै रुपमा अघि बढाए ।  र, मनाङेले पनि पहिलेको धन्दा जारी राख्दै रक्तचन्दन कारोबारलाई समेत एकैसाथ अघि बढाए । मनाङेको अवैध सम्पत्तिमाथी बिस्तारी बढ्यो सरकारी हस्तक्षेप । गुन्डागर्दीमार्फत अवैध सम्पत्ति जोडेको आरोपमा सम्पत्ति शुद्धीकरण विभागले उनीमाथि पनि विशेष अदालतमा मुद्धा हाल्यो । उनको नाममा १४ करोड ७४ लाख ३१ हजार रुपैयाँ बराबरको अवैध सम्पत्ति देखिएको दावीका साथ मुद्धा चलाइयो । विशेष अदालतले मागेको २ करोड ९० लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि उनी तीन महिना करागार बसे । तीन महिनापछि धरौटी बुझाएर उनी रिहा भए । मनाङे अहिले लक्ष्मण थारु नेतृत्वको संघीय लोकतान्त्रिक पार्टीको कार्यकर्ताका रुपमा क्रियाशील छन् ।     यो पनि पढ्नुहोस्
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy