काठमाडौं । गायक प्रमोद खरेलले गायिका आस्था राउत र प्रहरी जवान रमिता श्रेष्ठको विवाद चाँडै मिलेको हेर्न चाहेको बताएका छन् । गायक खरेलले केहि समयमा नै गायिका आस्था राउत र प्रहरी जवान रमिता श्रेष्ठको हात मिलाउदै गरेको तस्वीर सामाजिक सन्जालमा देख्न पाइयोस भनी अपेक्षा गरेका छन् ।
उनले सामाजिक संजार फेसबुकमा एक स्टाटस लेख्दै दुबै पक्षले गल्तीको महशुस गरेर हात मिलाउदै गरेको हसिलो तस्विर देख्न चाहेको बताएको छन् ।
उनले प्रहरीले अब आस्थालाइ थप मानसिक कमजोर बनाउनुको सट्टा सचेत र परिपक्व बनाउन पर्ने बताएका छन् ।
यस्ताे छ गायक खरेलकाे स्टाटस :
प्रसंग
गायक गायिका को विषयमा बोल्ने एउटा पनि संस्था नभएको अनुभव भयो हाल आएर । सेतुराम देखि आजको दिनसम्म को इतिहास बोकेको यो राष्ट्रकै अभिन्न अंग भैसक्ने बेलामा पनि संस्थागत रुपमा शुन्य नै रहेको आभाष भयो अहिले ।
केहि दिन देखि चर्चा मा रहेको आस्था राउत प्रकरण मा सकारात्मक वा नकारात्मक ,( समर्थन वा आलोचना, ) कुनै पनि टिप्पणी गर्ने गायक गायिका को संस्था नहुदा करोडौ श्रोताले माया र स्नेह दिएको यो क्षेत्र नै विचरो अवस्था भएको आभाष भएको छ।
अब विषय तिर लागौ #आस्था_प्रकरण
गएको केहि दिन बाट सामाजिक सन्जालमा भाइरल यो प्रकरण ले आश्था राउत लाइ पक्रने आदेश दिएको छ। जहॉ सम्म लाग्छ , यो निर्णय बाहिरिएको सिसिटिभी फ़ुटेज भन्दा पनि उनले फ़ेसबुक लाइभमा दिएको अभिव्यक्ति र त्यसमा प्रयोग भएका शव्दहरु हरु नै हुन। जुन आफैमा केहि अस्वाभाविक र कलाकार लाइ असुहाउदा नै छन, र देशमा कर्तव्य निर्वाह गर्ने प्रहरी का लागि निश्चय नै आपत्तिजनक हुन दुइमत छैन। जुन बारे स्वयम् आश्था ले नै स्विकार गरी माफ़ी मागीसकेकी छिन। तर माफ़ी ले नपुगेरै होला प्रहरी ले अनुसन्धान का निम्ति पक्राउ आदेश जारी गरेको र आस्थाले सिक्किम बाटै प्रहरी लाइ सहयोग गर्ने बताइसकेकी छिन। सिसिटिभी फ़ुटेज मा अडियो छैन, दुवैले के बोले थाहा छैन। जहॉ दुवैको दोष हुन सक्छ, प्रहरी को चेकिंग मा सहयोग नगर्ने आश्था को कमजोरी हो दुइ मत छैन, तर प्रहरी ले पनि आस्था सँग गरेको व्यवहार कस्तो थियो त्यसमा भर पर्छ , उनि बिनाकारण नै रिसाइन त ?? पक्कै पनि होइन। दिनभर डुयटि ले थकान भएर प्रहरी ले यस्तो व्यवहार गरिन होला भन्न पनि मिल्दैन तसर्थ गल्ति को प्रतिशत जति जति भएपनि अनुसन्धान दुइपक्षिय नै हुनुपर्छ एक पक्षिय हैन यदि अघि बढ्ने नै हो भने।
तर ..... ....
आम नागरिक को प्रहरी प्रति को विश्वस्वनियता , नागरिक प्रति प्रहरी को हातेमालो, अझ विगत देखि नै कलाकार लाइ प्रहरी ले र प्रहरी लाइ कलाकार ले गर्ने व्यवहार पवित्र छ। एकाध व्यक्तिगत घटना लाइ समग्र कलाकार र समग्र प्रहरी क्षेत्र जोडनु जोडाउनु दुर्भाग्य हुनेछ । सामाजिक सन्जाल मा कलाकार र प्रहरी का पक्ष विपक्ष हुदै धुर्विकरण तिर जाने र इख बटुलेर अघि बढने हो भने त्यसले दीर्घकालीन फ़ायदा गर्दैन।
आस्था यस घटना बाट विक्षिप्त पक्कै छिन, आम नागरिक सरह नै उनले पनि दण्ड भोग्लिन नै, यसमा प्रहरी र निर्णय कर्ताले नै टुंगो लाउलान । वा सामान्य पुछताछ पछि घटना सकिएला । र आश्था ले सार्वजनिक रुपमा माफि माग्दै घटना को द इन्ड गर्लिन। अब आश्था लाइ थप मानसिक कमजोर बनाउनु को सट्टा सचेत र परिपक्व बनाउनु पर्छ प्रहरी ले , यस्ता घटना नदोहोरिने वातावरण बनाउनु पर्छ । प्रहरी लाइ नि हामीले काम गर्ने वातावरण बनाइ दिनै पर्छ। केहि समय मा नै आस्था र प्रहरी जवान रमिता को हात मिलाइदै गरेको हँसिलो तस्वीर सामाजिक सन्जाल मा देख्न पाइयोस, ।
घन्यवाद
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: