Khabar Dabali १६ फाल्गुन २०८२ शनिबार | 28th February, 2026 Sat
Investment bank

वर्षाले १७ करोड भन्दा बढीको इँटा नष्ट

वीरगञ्ज । लगातार दुई दिन परेको वर्षले रौतहटका ६१ वटा इँटाभट्टामा पोल्न तयारी अवस्थामा राखिएका लाखौँ इँटा नष्ट भएका छन् । गत बिहीबार र शुक्रबार परेको पानीले यहाँका इँटाभट्टामा पोल्न राखिएको ८० प्रतिशत इँटा नष्ट भएपछि रु १७ करोडभन्दा बढीको क्षति भएको इँटा उत्पादक सङ्घ रौतहटका अध्यक्ष रामविनोद साहले राससलाई बताए ।

अध्यक्ष साहले भने, “पोल्नलाई तयारीमा राखिएका ८० प्रतिशत इँटा नष्ट भए, एउटा भट्टामा कम्तीमा रु १० लाखभन्दा बढी काँचो इँटा पानीले गलेर नष्ट भयो ।” पोल्न तयारी राखिएको इँटा पानीले गलेर नष्ट भएको छ भने अर्कोतिर मजदूरको खर्च लागेकाले दोहोरो घाटा बेहोर्नु परेको इँटा व्यवसायीको गुनासो छ ।

गाडीको आयात घट्दा भन्सार राजश्व प्रभावित

तेस्रो मुलुकबाट आयात भई नेपाल भित्रिने गाडीको आयात घट्दा वीरगञ्ज भन्सार कार्यालयको राजश्व असुली प्रभावित भएको छ । चालु आवको ६ महिनामा वीरगञ्ज भन्सार कार्यालयले कूल राजश्वको ७० प्रतिशतमात्र राजश्व असुली गर्न सकेको सो कार्यालयले जनाएको छ ।

सङ्घीय सरकारले चालु आवको पुस मसान्तसम्म रु ९७ अर्ब ५२ करोड ६५ लाख १६ हजार राजश्व उठाउने लक्ष्य लिएको थियो । तेस्रो मुलुकबाट भित्रिने गाडीको आयातमा भने कमी आएको छ । सो अवधिमा भन्सार कार्यालयले ७० प्रतिशत अर्थात् ६८ अर्ब ७० करोड ३८ लाख ६९ हजारमात्र राजश्व असुली गरेको सो कार्यालयका सूचना अधिकारी विमलकुमार साहले राससलाई बताए ।

तोकिएको भन्सार राजश्व लक्ष्य प्राप्ति गर्न तेस्रो मुलुकबाट आयात भई नेपाल भित्रिने सवारीसाधनको मुख्य भूमिका रहन्छ । “चालु आवको ६ महिनामा २१ प्रतिशतले गाडी आयात घटेकाले पनि राजश्व प्रभावित भएको छ”, सूचना अधिकारी साहको भनाइ थियो । त्यसबाहेक पेट्रोलियम पदार्थ तथा क्लिङ्करको आयातमा कमी आएकाले राजश्व प्रभावित भएको हो ।

कार्यालयले भन्सार महसुलतर्फ चालु आवको पुस समान्तसम्म ४१ अर्ब ७८ करोड २२ लाख ७८ हजार लक्ष्य राखेकोमा ७० प्रतिशतले अर्थात् २९ अर्ब २६ करोड ७५ लाख ५६ हजार राजश्व सङ्कलन गरेको छ । मूल्य अभिवृद्धि करतर्फ ३९ अर्ब ४६ करोड ९८ लाख ८४ हजार राजश्व उठाउने लक्ष्यमा ७२ प्रतिशत अर्थात् २८ अर्ब ५६ करोड ७१ लाख ३७ हजार राजश्व सङ्कलन गरेको छ ।

यसैगरी सो कार्यालयले अन्तःशुल्कतर्फ १६ अर्ब २९ करोड ४३ लाख ५४ हजार राजश्व उठाउने लक्ष्य रखेकोमा ६७ प्रतिशत अर्थात् १० अर्ब ९३ करोड ९१ लाख २१ हजार राजश्व सङ्कलन गरेको छ । पाम तेलको कच्चापदार्थ आयातमा कमी आएकाले राजश्व प्रभावित भएको छ । भारत सरकारले हालै मात्र रिफाइन्ड पाम र पामोलिन तेल भारततर्फ पैठारी गर्नमा रोक लगाएपछि नेपालमा आयात हुने सो तेलको कच्चापदार्थ आयातमा कमी देखिएकाले राजश्व प्रभावित हुँने बताइएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE