Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

‘प्रचण्ड ‘किङ्ग मेकर’ बन्ने अवस्था तयार हुँदैछ’

काठमाडाैं । पार्टी एकता भएको लामो समयपछि सत्तारुढ दल नेकपाको केन्द्रिय समिति बैठक माघ १५ गते बस्दै छ । पार्टी एकतापछिको पहिलो केन्द्रिय समिति बैठक भएकोले धेरैले यस बैठकलाई महत्वकासाथ हेरेका छन् ।

पहिले त यो बैठक अध्यक्ष प्रचण्डको अध्यक्षतामा बस्दै छ । विधानअनुसार दुई अध्यक्षात्मक प्रणाली रहेको नेकपा मंसिरको अन्तिम साता बसेको सचिवालय बैठकले अध्यक्ष ओलीलाई पाँच बर्ष सरकार चलाउने जिम्मा दिएको थियो भने अध्यक्ष प्रचण्डलाई पार्टी संचालन गर्ने जिम्मा दिएको थियो । जिम्मेवारी दिए लगत्तै अध्यक्ष प्रचण्डले पार्टी कार्यालय धुमबाराहीमा स्थायी कमिटी बैठक राखि पुष २३ गते केन्द्रिय कमिटि बैठक बोलाउने निर्णय गराएका थिए । यसबिचमा राष्ट्रियसभा निर्वाचन र सभामुखको निर्वाचनको कार्यतालिका रहेकोले बैठक माघ १५ गतेलाई सारिएको थियो ।

अर्को नेकपाभित्र अहिले समिकरण फेरिएको छ । नवौं महाधिवेशनमा केपी ओलीलाई अध्यक्ष बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका नेता बामदेव गौतम प्रचण्डसँग मिलेर आफ्नो अभिष्ट पुरा गर्ने रणनीतिमा छन् । ओलीबाट चिडिएका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्रीद्वय माधब कुमार नेपाल र झलनाथ खनालसमेत प्रचण्डसँग मिलेर ओलीलाई चुनौति दिएका छन् । ओलीलाई साइजमा ल्याउने प्रपञ्चकोरुपमा हेरिएको भैंसेपाटी समिकरणले प्रधानमन्त्री ओली नराम्रोसँग झस्किएका छन् । भैंसेपाटी समिकरणपछि ओली अहिले नेकपाभित्र सबै तहका कमिटीमा अल्पमतमा परेका छन् ।

यो समिकरण कायम रहे आफ्नो राजनीति भविष्य समाप्त हुने त्रासमा रहेका ओली झलनाथ खनाललाई फकाउने र बामदेवलाई गलाउने रणनीतिमा भित्र–भित्र गोटि चालिरहेको हुनसक्ने राजनीति विश्लेषकहरुले टिप्पणी गर्न थालेका छन् । नेकपाभित्र उत्पन्न शक्ति संघर्ष, भैंसेपाटी समिकरणले प्रचण्ड–ओलीको राजनीतिक भविष्यमाथि पार्न सक्ने प्रभावबारे बाम विश्लेषक श्याम श्रेष्ठसँग खबर डबलीको तर्फबाट गणेश पाण्डेले कुराकानी गरेको सम्पादीत अंश :

पछिल्लो समय नेकपा अध्यक्षद्वय ओली र प्रचण्डबीच शक्ति संघर्ष बढ्दै गएको देखिन्छ, तपाईले नेकपाभित्रको शक्ति संघर्षलाई कसरी हेर्नुभएको छ ?

विगतको स्वभाव र चरित्र हेर्दा नेकपाभित्र नेताहरुको शक्ति संघर्ष हरेक पार्टीमा स्वभाविक ढंगले हुने शक्ति संघर्षकै एउटा कडि हो । जुन संघर्ष अन्य पार्टीभित्र पनि छ । बाहिरी सतहमा जतिसुकै नीति र सिद्धान्तको कुरा गरेपनि पार्टीभित्र नेताहरुबीच पद र प्रतिष्ठाको लागि मरिमेट्छन् । नेकपामा भित्रको संघर्ष पनि शक्ति र पदको लागि नै हानाथाप भइरहेको छ ।

तपाईले नेकपाभित्रको शक्ति संघर्षलाई नेताहरुको चरित्रको हिसाबले स्वभाविक भन्नुभएको छ । नेकपा केन्द्रदेखि गाउँतहसम्म, जनवर्गिय संगठनदेखि प्रवाससम्म तिव्र गतिमा एकताको प्रकृया अगाडि बढिरहेको छ । त्यसो भए पार्टी एकिकरण बहिर देखाउने प्रपञ्च मात्रै हो त ?

नेकपाभित्र जुन स्वार्थ बोकेर दुई पार्टी एकीकरण भयो त्यो शुरुवाती चरणमा एकताबद्ध थियो तर, अहिले त्यस्तो अवस्थामा छैन् । पार्टीभित्र ‘ड्रगव्याक’ वैचारिक, सैद्धान्तिक, रणनीतिक र कार्यनीति हिसाबले कसरी अगाडि बढ्नेभन्दा पनि तत्कालिन राजनीतिक फाइदा उठाउने हिसाबले मात्रै गतिविधि भए । भागबन्डा मिल्यो सम्झौता भयो । एकता हुँदा टुपी एकठाउँमा मिलेको जस्तो भयो तर टाउको, शरिर, खुट्टा मिल्न बाँकी रह्यो । त्यो नमिल्दाको प्रतिफल हो पछिल्लो समिकरण । नेकपा मात्रै नभनौं हरेक पार्टीमा तीन–तीन वटा गुट छन् । नेकपाभित्र पनि पूर्वएमालेमा तीनवटा गुट छ । पूर्वमाओवादीमा तीनवटा छन् । त्यसकारण नेकपा पार्टी नभइ गुटहरुको घर जस्तो भएको छ । नीति, विचार र सिद्धान्त भन्दापनि गुट ज्यादा भएको देखिन्छ ।

त्यसो भए पार्टी एकता आवश्यकता थियो कि तत्कालिन अवस्थाको बाध्यात्मक परिस्थितिको उपज हो ?

चुनाव जित्ने बाध्यात्मक परिस्थितिको उपजको रुपमा नेकपा जन्मेको हो । त्यतिबेला नीति, सिद्धान्तभन्दा पनि चुनावी परिणाम आफ्नो पक्षमा पार्ने र बाँकी समय दुवैजनाले मिलेर खाने भागबण्डाको संस्कृति प्रचण्ड र ओलीमा विकसित भएको थियो । यी दुवैको स्वार्थ पुर्तिको आश्यकताको कारणले पार्टी एकता भएको हो ।

वामदेव निवास भैंसेपाटीमा भएको प्रचण्ड, झलनाथ र माधव नेपालसहितको समिकरणलाई लिएर प्रधानमन्त्री ओलीले आफुविरुद्धको रचिएको षड्यन्त्रको रुपमा असन्तुष्ट पोखेका छन् । वास्तबमा यो समिकरण ओलीलाई दवाव दिनमात्र हो या ओलीले भनेजस्तै रचिएको कुनै षड्यन्त्र हो ?

जब स्थानीय तहको चुनावको परिणाम सार्वजनिक भयो ओली र प्रचण्डलाई आफ्नो शक्तिको महसुस भयो । दुई पार्टीबीच एकता भयो भने धेरै कुराको बाजी मार्न सकिन्छ भन्ने भयो । सबै कुरालाई बिर्सिएर पार्टी एकता गरेको हो । उनीहरुले सोंचेको जस्तो परिणाम पनि हात पारे तर फाइदाको राजनीति प्रचण्डले साेंचे जस्तो भएन । त्यस्तै पीडा र कुण्ठा बामदेव, माधब र झलनाथलाई पनि थियो । उपयुक्त मौकाको पर्खाइमा पूर्वएमालेका ओली इतरका नेताहरु र पूर्वमाओवादी समूह थिए । त्यहि मौकाको फाइदा उठाउने कडिको रुपमा प्रचण्डले भैंसेपाटी समिकरणलाई मज्जाले उपयोग गरे । ओली इतरका पूर्वएमालेका नेताहरुलाई पनि यसबाट ठुलै राहत महशुस भएको छ ।

२०५४ सालमा पार्टी फुटेपछि कमजोर देखिएका वामदेव गौतम नेकपामा एकाएक शक्तिशाली देखिएका छन् । नेकपाको शक्तिशाली विभाग मानिएको संगठन विभागसमेत हात पार्न सफल भए । उनलाई उपाध्यक्ष बनाउने गरी विधाननै संशोधन गराउन दवाव दिइरहेका छन् । नेकपाभित्र गौतम शक्तिशाली बन्दै गएको हुन् त ?

बामदेवको कुनै राजनीतिक एजेण्डा छैन् । यो एजेण्डा उनी कुनै शक्तिमा पुग्ने एजेण्डा हो । उनको जसले साथ दियो उसँग मिल्ने एजेण्डा हो । अहिले प्रचण्डको साथ पाएकोले प्रचण्डसँग मिल्न गएको हो । प्रचण्डकै साथ लिएर केपीसँग लडेका हुन् । केपी विरुद्धको लडाइँ सफल भयो । त्यसको लाभ बामदेवले लिन्छन् । त्यसकारण उनको एजेण्डा शक्तिको एजेण्डा हुन् ।

कतिपयले पूर्वएमालेको साथ लिएर अध्यक्ष प्रचण्डले केपी ओलीमाथि काउन्टर एट्याक गरे भन्ने गरेका छन् । यदि त्यसै हो भने ओलीले पूर्वएमालेलाई एकताबद्ध बनाएर पूर्वएमालेको गुट बनाए भने प्रचण्डको भविष्य के होला ?

नेकपामा प्रचण्डको राजनीतिक भविष्य के होला भन्ने विषयमा अब बस्ने केन्द्रीय समितिको बैठकले निर्धारण गर्छ । अहिलेको स्थितिमा नेकपामा प्रचण्डसँग स्पष्ट बहुमत रहेको छ । पूर्वएमालेबाट बामदेव, माधव र झलनाथको साथ रहेको छ । अहिले केन्द्रीय समिति, स्थायी समिति र सचिवालयमासमेत प्रचण्डसँग बहुमत रहेको स्पष्ट देखिन्छ । यहि समिकरणले अग्नि सापकोटा सभामुख बन्न सफल भएका हुन् । प्रचण्डको एउटा विशेषता के हो भने जोसँग पनि एकता गर्न सक्ने, जोसँग पनि मिल्न सक्ने खुबी देखिन्छ । त्यो खुबी उनले राम्रैसँग प्रयोग गरेको देखिन्छ । त्यहि कारणले ओली उनीसँग झस्केका छन् ।

ओलीको विगतको गतिविधि निहाल्ने हो भने उनी गुट बनाउन र भत्काउन माहिर नेताको रुपमा चिनिन्छन् । कतिपयले त उनलाई आफ्नो आलोचना सुन्न नसक्ने इखालु नेताकोरुपमा चित्रण गरेका छन् । यदि उनले प्रचण्डमाथि जवाफी फायर खोले भने प्रचण्डको राजनीति भविष्य के होला ?

प्रचण्डले भैंसेपार्टी समिकरण जोगाइराख्न सकेभने आगामि दिनमा नेकपामा ओलीको दबदबा समाप्त भएर जाने देखिन्छ । नेकपामा ओली अहिले अल्पमतमा रहेका छन् । तर, यसो भन्दैमा प्रचण्डलाई फाइदा पुग्छ भन्ने छैन । नेकपामा माधब नेपालसँग पहिल्यैदेखि नै बलियो गुट छ । त्यो गुट जता मिल्यो उतै पल्लाभारी हुन्छ । राजनीतिमा असम्भव केहि छैन । आज प्रचण्डसँग मिल्न सक्ने गुट भोली ओलीसँग साँठगाँठ नगर्लान भन्ने हुँदैनन् ।

त्यसैले नेकपामा अहिलेको अवस्था हेर्ने हो सबैसँग सबै झस्किएको छ । अप्ठ्यारो सबैलाई पर्न सक्छ । ओली पनि योजनाकार नेता हो । चुपलागेर बस्ने नेता पनि होइन र कमजोर नेता पनि होइन । नेकपाभित्रको समिकरण कसरी अगाडि बढ्छ भन्ने सवालमा आगामी केन्द्रीय समिति बैठकसम्म पर्खिनुपर्ने हुन्छ । केन्द्रीय समिति बैठकमा कस्तो समिकरण बन्छ, त्यसले प्रचण्ड र ओलीको शक्ति निर्धारण गर्छ । अहिलेको समिकरण स्थायी रुपले कायम रह्यो भने नेकपामा प्रचण्ड किङ्ग मेकरको रुपमा उदयीमान हुन्छन् ।

अन्त्यमा, नेकपाभित्र पूर्वमाओवादीविरुद्ध विभिन्न कोणबाट घेराबन्दी भइरहेको पूर्वमाओवादी नेताहरुको बुझाइ रहेको छ । अग्नि सापकोटालाई सभामुख नबनाउन सडक आन्दोलनदेखि राष्ट्रपतिकोमा डेलिगेसन जानेसम्म काम भइरहेको छ । यसलाई तपाईले कसरी लिनु भएको छ ?

सडक अहिले एजेण्डाबिहिन मानिसको रोटी सेकाउने ठाउँ भएको छ । जनजिविका, राष्ट्रियताको विषयमा आवाज उठाउन कोहि सडकमा आएका छैनन् । एक पक्ष कसरी पूर्वमाओवादीलाई सिध्याउन सकिन्छ भनेर विभिन्न छिद्र खोजिरहेको जस्तो देखिन्छ । तर, उठाउनु पर्ने एजेण्डा धेरै थियो । त्यो कसैले पनि उठाएका छैनन् । यो देशको लागि दुर्भाग्य हो ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies