काठमाडौ । गायक तथा सङ्गीतकार वसन्त थापाको लोकगीत ‘सयको गुन’ यतिबेला चर्चामा रहेको छ । गीतमा गायक थापा र विष्णु माझीले स्वर दिएकी छिन् । गीत बजारमा आएको एक हप्ता नपुग्दै छ लाख ३४ हजार भन्दा बढी पटक हेरिएको छ ।
गीतमा सङ्गीत थापाकै हो भने शब्द प्रह्लाद सुवेदीको रहेको छ । सङ्गीत संयोजन आशिष अविरलको हो । सुनिल क्षेत्री र मरिस्का पोख्रेलले भिडियोमा अभिनय गरेका छन् । अभ्यास डिजिटलले बजारमा ल्याएको गीतलाई थापाले आफ्नै नामको व्यक्तिगत युट्युब च्यानलमार्फत बजारमा ल्याएका हुन् । यसअघि उनले सुमधुर झ्याउरे लयमा सङ्गीत गरेको ‘सालको पातको टपरी’ बोलको गीतले नेपाली लोकगीतको क्षेत्रलाई एकैपटक माथि पुर्याएको छ ।
‘सालको पात’ले अत्यधिक चर्चा पाएपछि अन्य सङ्गीतकार र गीतकारले पनि सोही गीतलाई पछ्याएर शब्द र सङ्गीत भर्ने गरेको पाइन्छ । ‘सालको पातको टपरी’ अत्यधिक दर्शकले रुचाएको गीत हो । युट्युबमा यो गीत पाँच करोड ६० लाखभन्दा धेरै पटक हेरिएको छ ।
यस्तै थापाले सङ्गीत गरेर माझी र उनी आफैँले स्वर दिएको ‘लोभी आँखा’ बोलको गीत युट्युबमा दुई करोड १७ लाख बढी पटक हेरिएको छ । ‘उही खोलीमा पानी’ एक करोड ४३ लाख र ‘चौतारीको वर’ एक करोड २४ लाख बढी पटक हेरिएको छ ।
थापा यतिबेला धेरै आम्दानी गर्ने कलाकारको सूचीमा रहका छन् । पछिल्लो समय उनका सङ्गीतका धेरै गीत बजारमा आउन थालेका छन् । “सङ्गीतमा व्यस्त रहँदा आयोजकले निमन्त्रणा गर्दा विभिन्न ठाउँमा हुने मेला महोत्सवमा समेत जान पाएको छैन”, उनले भने, “सङ्गीत गर्न र गीत गाउनमै व्यस्त छु ।” उनले ‘सयको गुन’ बोलको गीत प्रेम अर्थात् भ्यालेन्टाइन दिवस(फेब्रुअरी १४)लाई लक्ष्य गरेर बजारमा ल्याएका हुन् । सो गीत पनि दर्शकको रोजाइमा पर्नेमा आफू आशावादी रहेको उनले बताए।
“पछिल्लो समयमा लोकगीतको महत्व उच्चस्तरले बढेर गएको छ”, थापाले भने, “पहिले, पहिले लोकगीत शहरमा त्यति बज्दैन्थे, अहिले शहर बजारमा पनि अत्यधिक घन्केको पाउँदा निकै खुशी लाग्ने गरेको छ ।” उनले लोकगीतप्रतिको आकर्षणलाई अझै बढाउन स्रष्टाले उत्कृष्ट सिर्जना पस्कनमा कुनै कञ्जुस्याइँ गर्न नहुने धारणा राखे ।
करुणाको एकल कविता वाचन
धरानलाई कर्मथलो बनाएर साहित्य सिर्जनामा लागेकी भोजपुरकी कवि करुणा राईले काठमाडौँमा एकल कविता वाचन गरेकी छिन् । ‘बरण्डामा तिमी’ शीर्षकमा आयोजित एकल कविता वाचन कार्यक्रममा राईले आफ्ना दश कविता पस्केकीन् । ‘जुत्ता’, ‘आमा’, ‘दाइजो’, ‘अस्पतालमा आप्पा’, ‘भ्रम’, ‘आँशु’, ‘घाइते सम्झना’ शीर्षकका कविताबाट दर्शकले आनन्द लिए । कवि चन्द्र रानाहँछाले ‘मैले रित्याएको मलाई’ र रेडियोकर्मी सुष्मा राईले ‘याद’ शीर्षकको उनका कविता वाचन गरी सघाएका थिए ।
कार्यक्रममा सुदीप पाख्रिनको परिकल्पना तथा वीरेन सुब्बाद्वारा निर्देशित राईको ‘बरन्डामा तिमी’ शीर्षक कवितामा निर्मित काव्य भिडियो प्रदर्शन गरियो । युनिक फोटोग्राफी धरानको प्रस्तुति रहेको काव्य भिडियोमा सन्तोष थेवे र जीना तामाङले अभिनय गरेकी छिन् ।
कवि भूपाल राईले करुणाका कविता परिपक्वताले पूर्ण भएको बताए । कवि विप्लव ढकालले उनका कविता दुई चार कविता लेखेर रातारात सेलिब्रेटी हुनेका तुलनामा कैयौँ गुना अब्बल रहेको जिकिर गरे । कार्यक्रम नेपाली वाङ्मय परिषद् र गोर्खा बुक्सले आयोजना गरेका थिए । राईको ‘मन फुलेको बेला’ गजलकृति प्रकाशित छ भने राजु सिंहको सङ्गीत र आभा मुकारुङको स्वरमा एउटा गीत रेकर्ड भएको छ ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...


प्रतिकृया लेख्नुहोस्: