Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

लमजुङको भोजेमा फेरि पहिरो, गाउँ नै सार्नुपर्ने बाध्यता

\"lamjung_district\"२२ असार, लमजुङ । बेँसीसहर–लमजुङको भोजे गाविस–६ मपिङ गाउँ लगातारको वर्षाका कारण पहिरो आएपछि जोखिममा परेको छ । गाउँ नजिकै ठूलो पहिरो गएपछि स्थानीयवासी त्रस्त भएका छन् । गाउँमाथि रहेको क्युँखो जङ्गलमा पहिरो गए पछि गाउँले त्रस्त भएका हुन् । जङ्गलको पहिरोबाट गाउँमा रहेको बौद्ध गुम्बा र सूर्योदय बालविकास केन्द्रको भवन पूर्णरुपमा क्षति भएको छ । पहिरोले सोही गाउँका वनसुब्बा गुरुङको घर र वासकुमारी गुरुङको धन्सारमा क्षति पु¥याएको गाउँलेले बताएका छन् । पहिरोसँगै झरेका ढुङ्गा उछिट्टिएर गाउँका अन्य घरमा समेत क्षति पु¥याएको स्थानीय समाजसेवी गमप्रसाद गुरुङले बताए । पहिरोमा परी चितवन घर भई सोही गाउँमा काम गर्दै आएका शान्तकुमार चेपाङ पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । प्रहरीका अनुसार पहिरोको जोखिमका कारण त्यहाँका २१ घरपरिवारलाई तत्कालै अन्यत्र स्थानान्तरण गर्नुपर्ने भएको छ । हाल पहिरोको जोखिममा परेका घर परिवारलाई नजिककै जग्गामा राखिएको स्थानीय खमबहादुर गुरुङले जानकारी दिए । पहिरोले क्षति पु¥याएका स्थानीयवासीका लागि राहत सामग्री पठाई सकिएको जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए । पीडितका लागि ५० थान त्रिपाल, १० बोरा चामल र खानेपानीका पाइप प्रहरीमार्फत पठाइएको उनले जानकारी दिए । भोजे गाविसको भोजे गाउँमा अघिल्ला वर्षदेखि नै पहिरो जाँदा ३३ घर जोखिममा परेकामा जिल्ला दैवी प्रकोप उद्धार समिति लमजुङले भोजेकै धनुजाबेँसीमा स्थानान्तरण गरेको छ । यसैबीच बेँसीसहर–भूकम्पका कारण जोखिममा रहेका लमजुङका झन्डै ४०० घरलाई स्थानान्तरण गरिने भएको छ । जिल्लाका १६ गाविसका ३६७ घरलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न लागिएको हो । जिल्ला दैवी प्रकोप उद्धार समितिको हालै बसेको बैठकले १५ दिनभित्र जोखिमयुक्त बस्ती स्थान्तरण गर्ने कार्ययोजनासहित गृहमन्त्रालयमा सिफारिस गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले जानकारी दिए । दैवी प्रकोप उघार समितिले तत्काल चार महिनाका लागि जग्गाभाडाका लागि रकम, खाद्यान्न, त्रिपाललगायतका सामग्री माग गरेको उनले जानकारी दिए । दैवी प्रकोप उद्धार समितिले घर स्थान्तरण गर्दा आफ्नै जग्गा हुनेलाई जग्गा भाडाबापतको रकम उपलब्ध नगराउने बताएको छ । समितिले सम्भव भएसम्म सरकारी तथा सार्वजनिक जग्गा प्रयोगमा ल्याउन प्राथमिकता दिइने निर्णय गरेको पनि प्रमुख जिल्ला अधिकारी तिमल्सिनाले बताए । समितिको बैठकले पहिरोको उच्च जोखिम रहेका उत्तरी लमजुङको घेर्मु गाविसस्थित उपल्लो चिप्लाका २२ घरलाई सोही ठाउँको करपुचेमा स्थानान्तरण गर्ने निर्णय गरेको थियो । यस्तै पात्लेगाउँको ७७ घर देवीस्थान, दूधपोखरी गाविसको गैरीगाउँका ६९ घरलाई सोही गाविसको तोमाटेमा, इलमपोखरी गाविसको तप्रो गाउँका सात घर लाई सोही गाविसको घरेलबेँसीमा स्थानान्तरण गर्ने निर्णय भएको छ । यस्तै इलमपोखरी मुगेबजारका १९ घरलाई घरेलबेँसीमा, ठाडोस्वाँरा, सग्रवास, भानुस्वाराको ५० घरलाई लेपारचोक र देउरालीमा स्थानान्तरण गरिने भएको छ । गौँडा उम्लिस्वाँराका आठ घर स्थानीय बुधे आलेको निजी जमिन भाडामा लिएर राख्ने निर्णय भएको छ । त्यसैगरी ढोडेनी गाविसका तीन घरलाई छोटेखोलाबेंसीमा, चिती गाविसको कुसुन्डेका पाँच घरलाई थलाडाँडा चौरमा, श्रीमञ्जाङ गाविसको हाँडीखोलाका दुई घरलाई अलैंचेफाँटमा र भोजे गाविसको भोजेगाउँका ३३ घरलाई धनुजाबेँसीमा स्थानान्तरण गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी तिमल्सिनाले जानकारी दिए । त्यस्तै गौँडाकै हाँगुका २३ घरलाई सोही गाविसको सामुदायिक वन क्षेत्रमा, नौथर–८ को दलितबस्तीका २२ घरलाई जितौरे र ठूलाखेतमा, सार्दीखोलाको १६ घरलाई खुलाखेतमा स्थानान्तरण गरिने निर्णय भएको छ । यस्तै भलायखर्क गाविसको भेडेखर्कका तीन घरलाई सोही गाविसको साहिँलीटारमा, तीनघरेका आठ घरलाई पन्थेडाँडामा स्थानान्तरणमा गरिने भएको छ । गृहमन्त्रालयले अर्चलबोट, नौथर र गौँडाका जोखिमयुक्त बस्ती १५ दिनभित्र स्थानान्तरण गर्न निर्देशन दिएको थियो तर, भौगर्भिक अध्ययनका लागि आएको विशेषज्ञले एउटै रुटमा पर्ने तीन गाविसको मात्र अनुगमन गरेर गएकामा जिल्ला दैवी प्रकोप उद्धार समितिले जोखिममा रहेका अन्य गाविसका गाउँ पनि स्थानान्तरण गर्न सिफारिस गरेको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending