Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

सुझावका लागि मस्यौदा जनतामा जाने कार्ययोजना बन्दै, जतिसक्दो चाँडो संविधान जारी गर्ने प्रयास : नेम्वाङ

\"nemwang\"२२ असार, काठमाडौं । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले नयाँ संविधानको पहिलो मस्यौदामा जनताको राय/सुझावसहितको प्रतिवेदन लिन यही असार २४ गतेदेखि १५ दिनको समयावधि दिइने बताएका छन् । सभाध्यक्ष नेम्वाङले मस्यौदाको सैद्धान्तिक पक्षमाथिको छलफल आजै सकिने र १५ दिनभित्र जनताको सुझावसहितको प्रतिवेदन ल्याउने कार्ययोजना निर्माणको तयारीमा संविधानसभाको नागरिक सम्बन्ध तथा संविधान सुझाव समिति जुटिसकेको जानकारी दिए । निजामती क्षेत्रमा क्रियाशील राष्ट्रियस्तरमा सात ट्रेड युनियनको केन्द्रीय सञ्जालको ज्ञापनपत्र बुझ्दै उहाँले सो समितिले यही २४ गतेको सभाको बैठकमा कार्ययोजना प्रस्तुत गर्ने र त्यसपछि समितिलाई १५ दिनको समय दिइने बताएका हुन् । सो समितिको प्रतिवेदन सभामा प्राप्त भएपछि संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति, संविधान मस्यौदा समिति हुँदै सभामा प्रतिवेदन आउनेछ । अन्तिम मस्यौदा आएपछि पारितको प्रक्रियाबाट संविधान बन्नेछ । अध्यक्ष नेम्वाङले भने – “जनताको सुझाव प्राप्त भएपछि सकेसम्म चाँडो संविधान बनाउन हामी चाहन्छौँ, त्यसमा निजामती कर्मचारीको पनि सहयोगी भूमिका होस् ।” उनले संविधान बनाउने जनताको २००७ सालदेखिको चाहना र भावनाले मूर्त रुप पाउने सङ्घारमा मुलुक उभिएको बताउँदै प्रमुख दलबीच संविधानमा मूलभूत सवालमा सहमति भएको सन्दर्भमा पहिलो मस्यौदा आएकाले यस पटक संविधानसभा असफल नहुने बताए । उनले असन्तुष्ट रहेका र आजको बैठक बहिष्कार गर्ने दलले पनि मस्यौदा निर्माणको प्रक्रियामा भाग लिएको र फरक मत दर्ता गरेकाले संविधान निर्माणको दिशामा सिङ्गो मुलुक अघि बढेको उल्लेख गरे । सञ्जालले नयाँ संविधानको मौलिक हकमा श्रम तथा ट्रेड युनियन हकको व्यवस्था गरी प्रत्येक श्रमिक र कर्मचारीलाई टेड युनियन खोल्ने, त्यसमा सहभागी हुने तथा सामूहिक सौदाबाजी गर्न पाउने हकलाई सुनिश्चित गर्न माग गरेको नेपाल निजामती कर्मचारी सङ्गठनका अध्यक्ष पुण्यप्रसाद ढकालले बताए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending