Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

पार्टीभित्र दलालीकरणको अन्त्य नभएसम्म पार्टीमाथि उठ्न सक्दैन

\"\" अनुशासन आयोगलाई खासगरी नवौं महाधिवेशनपछि शक्तिहिन बनाइयो । विगतमा अनुशासन आयोग केन्द्रीय कमिटीले बनाउँथ्यो । आठौं महाधिवेशनसम्म आइपुग्दासमेत शक्तिशाली आयोगलाई शक्तिशाली नै मानिथ्यो । आयोगका अध्यक्ष अमृत बोहरा सबैको सर्वमान्य नेता हुनुहुन्छ । सिनियर पनि हुनुहुन्छ । आफुले जिम्मेवारी पाएको काम उहाँले फत्ते गर्नुहुन्छ । तर, साविक एमाले छँदै आयोगलाई प्रभावहिन बनाइएको अवस्थामा अहिले दुवै पार्टी एकीकरण भएपछि उहाँले कसरी काम गर्न सक्लान् ? अर्को कुरा नेताहरूको सम्पत्ति छानविनको सवाल जुन छ, हामी निर्वाचित भएर आएपछि भूकम्प अघि र भूकम्पपछि पार्टीलाई सम्पत्ति विवरणको बन्द खाम बुझाएका थियौं । पूर्वएमालेको हकमा यो लागु भएको थियो । तर, अहिले नेकपा भएपछि कुनै निर्णय भएको थिएन । त्यसैले बैठकमा प्रश्न उठ्नु स्वभाविक हो । शक्ति र स्रोतको आडमा स्रोतको एकलौटी प्रयोग, दुरूपयोग, पार्टी भित्रका खास वर्ग र मानिसले गरिरहेका र त्यो नाङगो ढंगले देखिएकोले यस्ता प्रश्न उठेको हो । यो विषय अनुशासन आयोगमा भन्दा पनि पार्टी कमिटीमा पनि उठ्न पर्छ । कमिटीभित्रै छलफल र बहस गरेर आम्दानी र खर्चबारे स्पष्ट हुनुपर्छ । व्यक्तिको आचरण, उसको गतिविधि, आम्दानीको स्रोत र उसको भूमिकाबारे पार्टी कमिटीमै छानविन, छलफल, बहस र कारवाही गर्न सके पार्टीभित्र गलत व्यक्ति हाबी हुन सक्दैन । एकदुई जनालाई कारवाही गर्ने भन्ने कुरा भएन, सबैको राजनीति कसरी चलेको छ, त्यसमा ध्यान दिनु आवश्यक छ । अहिले कसको पेशा के छ ? उ कसरी बाँचेको छ भनेर सुक्ष्म अध्ययन गर्ने हो भने कसैको पनि पारदर्शी जिन्दगी देखिदैन । यस्ता समस्यालाई हल गर्न पार्टी नेतादेखि कार्यकर्तासम्मलाई उत्पादनमुलक कार्यमा पार्टीले लगाउन सक्नुपर्छ । आफु काम नगर्ने, आर्जन नगर्ने अनि पावार र पहुँचको भरमा अर्काको सम्पत्तिमा दलाली बनेर खाने विचौलिया प्रवृत्ति पार्टीभित्रै हावी भयो । यो विचौलिया प्रवृत्तिलाई निरूत्साहित गराउन अनुशासन आयोगले अलि कडाइ गर्नु पर्छ । अनुशासन आयोगले तत्काल चिठि काटेर कारवाही गर्ने भन्दा पनि लाखौं कार्यकर्तालाई कसरी उत्पादनमुलक कार्य, उद्योमशिलतासँग कसरी जोड्ने भन्नेमा ध्यान दिनुपर्छ । अहिले पार्टीसँग उत्पादन क्षेत्रमा लागेका धेरै संगठन छन् । तीनहरूलाई दलाली गर्ने, गुण्डागर्दी गर्ने, भनसुनको आधारमा अपराधिक मानिसलाई पनि छुटाउने, कसैलाई अप्ठ्यारोमा पारेर खाने, कसैलाई भाडामा मिलाइदिने, सार्वजनिक जग्गाको भोगाधिकार मिलाएर खाने, राज्यको निकायसँग मिलि विचौलीया भएर पार्टीका कार्यकर्ताले खानुभन्दा राम्रोसँग उद्यम गरेर, राज्यलाई कर तिरेर खाएको कुरा सबै भन्दा राम्रो हो । आजको बिडम्बना भनेको जो इमान्दार भएर काम गरेर खाएका छन् उ चोर भएको छ । जो विचौलिया भएर काम नगरी खाएको उ इमान्दार देखिएको छ । पार्टीमा अहिले त्यस्तै व्यक्ति हावी छन् । चुनावमा पनि उसैले टिकट पाउँछ, पार्टीलाई पनि उसैले पैसा दिन्छ । पार्टीकोलागि अहिले तिनै व्यक्ति प्रिय भएका छन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies