Ntc summer Offer
Khabar Dabali १४ मंसिर २०८१ शुक्रबार | 29th November, 2024 Fri
Investment bank

स्वर्णलक्ष्मी सहकारी ठगीबारे रविको बयान जारी, जिबी र रविले रकम झिकेका कागजात फेला

खबरडबली संवाददाता

काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग बयान लिन सुरू गरेको छ।

स्वर्णलक्ष्मी सहकारी संस्था कालिमाटीका बचतकर्ताको रकम ठगी गरेको आरोपमा लामिछानेसँग सरकारी वकिलले बयान थालेको हो।

स्वर्णलक्ष्मी सहकारी ठगीबारे बयानका लागि लामिछानेलाई जिल्ला प्रहरी कास्कीबाट बिहीबार साँझ काठमाडौं ल्याइएको थियो।

बिहीबार नै वकिल कार्यालयमा उपस्थित गराएपछि लामिछानेलाई जिल्ला प्रहरी परिसर काठमाडौंले हिरासतमा राखेको थियो। बयान नसकिउञ्जेल लामिछानेलाई परिसरको हिरासतमा राखिने छ। 

स्वर्णलक्ष्मी सहकारीबाट जिबी राई र रविले लाखौं रकम लिएको प्रमाण भेटिएको छ। बुझिलिनेको हस्ताक्षर नभएका र सहकारीको छाप नभएका दुई कागजात फेला परेका छन्। त्यसमा स्वर्णलक्ष्मी चार पांग्रे सवारी कर्जा भनी ४६ लाख ४८ हजार र ४६ लाख ९८ हजार रुपैयाँ ऋण लिएको उल्लेख छ। त्यसरी लिइएको रकम गोर्खा मिडिया नेटवर्कमा लगानी गरेको आरोप उनीहरूलाई छ। 

यसअघि उनका पार्टनर पूर्वडिआइजी छविलाल जोशीसँग बयान लिइएको थियो।  स्वर्णलक्ष्मी सहकारी ठगीको पूरक जाहेरी अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा छ। पहिले प्रारम्भिक जाहेरी प्रहरी वृत्त कालिमाटीमा थियो, अहिले पूरक जाहेरी आएपछि परिसर स्वयम् स्वर्णलक्ष्मी सहकारीको अनुसन्धानमा सक्रिय छ।

स्वर्णलक्ष्मी सहकारी ठगीमा ६८० जनाको जाहेरीमा एक अर्ब ११ करोड ८५ लाख ३८ हजार ४८८ रुपैयाँ बिगो दाबी गरिएको छ। त्यसमा २४ जना प्रतिवादी छन्। तीमध्ये छवि, रवि, रम्तेल, सुनिता नेवास् र कमल लामा पक्राउ परेका छन्। यसमा सञ्चालक जिबी राई भने फरार छन्। 

अहिले सहकारी ठगीबाहेक जिबी, रवि र छविलगायतविरूद्ध चार वटा कसुर स्थापित गर्न प्रहरीले मेहनत गरिरहेको छ। ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अनुसन्धान प्रहरीले गरिरहेको छ।

सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुर र संगठित अपराधतर्फको अनुसन्धानमा प्रहरीले ९० दिनसम्म थुनामा राख्न सक्ने कानुनी व्यवस्थाले फरार जिबीबाहेक रवि/छविहरूको हिरासत यात्रा लम्बिने देखिन्छ।

मुख्यतया: अहिले जिबी, रवि, छविहरूविरूद्ध पाँच वटा सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ। काठमाडौं, कास्की, पर्सा, रूपन्देही र चितवनका सहकारीको तीन अर्ब बराबरको रकम ठगीको ‘नाइके’ पृष्ठभूमिमा जिबी, रवि र छवि जोशी छन्।

 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रपतिसमक्ष श्रीलङ्का र जापानका राजदूतको बिदाइ भेट

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपाल लागि प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका राजदूत सुदर्शना के। पाथिरानाले शिष्टाचार बिदाइ भेट ग...

प्रचण्डले प्रधानमन्त्री बन्दिनुस् भनेर हप्तामा एक पटक खबर पठाउँनुहुन्छ : महामन्त्री थापा

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता समीकरणलाई इमानदारितापूर्वक तीन वर्षसम्म लान चाहेको बताएको छन् । बिहीबार कीर्ति...

बालाचतुर्दशी पर्वलाई लक्षित गरेर बागमती नदीमा छाडियो मेलम्चीको पानी

काठमाडौँ। बालाचतुर्दशी पर्वलाई लक्षित गरेर मेलम्ची खानेपानी विकास समितिको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रबाट बागमती नदीमा थप पानी छाडिएको छ ।  ...

घोराहीबाट तुलसीपुर जाँदै गरेको बस दुर्घटना, १८ जना घाइते

तुलसीपुर। घोराहीबाट तुलसीपुर जाँदै गरेको बस दुर्घटनामा परेको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको इलाका प्र...

विश्वविद्यालयको कार्यक्रमका लागि प्रधानमन्त्री ओली लुम्बिनीमा

भैरहवा। प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी आइपुगेको छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको दीक्षान्त समारोहका लागि उनी लुम्बिनी आभएको हो ।  प्रधान...

कतारको मध्यस्थतामा रुस-युक्रेनले लैजाने भए आ-आफ्ना बालबालिका

कतार। कतारको मध्यस्थतामा कीभ र मस्कोबीचको पछिल्लो मानवीय आदानप्रदान हुने भएको छ । यस हप्ता ९ रुसी र युक्रेनी बालबालिकालाई उनीहरूका देशमा परिवारका स...

नेपालले विश्व शिक्षा प्रणालीमा आफूलाई प्रस्तुत गर्ने समय आएको छ: प्रचण्ड

सरकारले विश्वविद्यालयमाथि हस्तक्षेप बढाएको छ, मैले यसलाई गम्भीरतापूर्वक हेरेको छु

पसलको ताल्चा फुटाएर मोबाईल चोर्ने २ जना चोर रंगेहात पक्राउ

रौतहट। रौतहटको सदरमुकाम गौर स्थित एकै रातमा छुट्टाछुट्टै दुई पसलको ताल्चा फुटाएर लाखौंको मोबाईल चोरी गर्ने दुईजना चोरलाई प्रहरीले रंगेहात पक्राउ गरेको...

प्रहरीको प्राविधिक तर्फका ५ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस

काठमाडौं। प्रहरीको प्राविधिक तर्फका ५ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिसनेपाल प्रहरीको प्राविधिक तर्फका ५ जना प्रहरी उपरीक्षक बढुवाका लागि सिफारि...

श्रीलंकाविरुद्ध नेपालले टस जित्यो, फिल्डिङमा

काठमाडौं। एसीसी पुरुष अन्डर–नाइन्टिन एसिया कपमा नेपालले आज श्रीलंकासँग पहिलो खेल खेलिरहेको छ ।  यूएईस्थित शारजाह क्रिकेट स्टेडियममा भईरहेको खेलमा न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy