Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

कोरोना भाइरसको नियन्त्रणका लागि चीनलाई ७७ देशको समुह र राष्ट्रसंघको सहयोग

सिन्ह्वा । चीनमा देखा परिरहेको प्राणघातक सङ्क्रमण कोरोना भाइरस नियन्त्रणका लागि चीनलाई विश्व विभिन्न ७७ देशहरुको समूह ग्रुप७७ ले सहयोग गर्ने जनाएको छ ।

संयुक्त राष्ट्रसंघका लागि गुएनाका राजदूत रुडल्फ माइकल तेन्पोले सोमबार सो जानकारी दिए । उनले गु्रप७७ का सदस्य राष्ट्रहरुले चीनलाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउने बताएका हुन ।
त्यसैगरी संयुक्त राष्ट्रसंघले पनि चीनलाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउने आवश्वासन दिएको छ । यसअघि संयुक्तराज्य अमेरिकाले पनि चीनलाई आवश्यक सहयोग उपलब्ध गराउने जनाएको थियो ।
संयुक्त राष्ट्रसंघले चीनले हाल कोरोना भाइरसको सङ्क्रमण रोक्नका लागि गरेका प्रयासहरुको सराहना पनि गरेको छ । हालसम्म चीनले गरेका प्रयासको सराहना गर्दै चीनले आगामी दिनमा गर्नुपर्ने कार्यका लागि आवश्यक सहयोग उपलब्ध गराउने उसले जनाएको छ ।

चीनले यस भाइरसको सङ्क्रमण रोक्न हालसम्म चालीस हजार सामुदायिक कार्यकर्तालाई अग्रपङ्क्तिमा परिचालन गरिएको जनाएको छ ।

चीनका विभिन्न प्रदेशमा रहेका ६ लाख ५० हजार समुदायमा उनीहरु परिचालित भएको नागरिक मामिला अधिकारीहरुले सोमबार जानकारी दिएका थिए ।

नागरिक मामिला मन्त्रालयका अधिकृत चेन येलिङका अनुसार हरेक समूदायका लागि औसतमा छ जना सामुदायिक कार्यकर्ता परिचालित भएका छन् ।

पत्रकार सम्मेलनमा उनले हरेक सामुदायिक कार्यकर्ताले औसतमा ३५० स्थानीय बासिन्दालाई हेर्ने गरेको पनि जानकारी दिए ।

आर्थिक तथा सामाजिक क्षेत्रका लागि संयुक्त राष्ट्रसंघका उपमहासचिव लिउ जेनमिनले यस सङ्क्रमण नियन्त्रणका लागि चीनले गरेका कार्यहरुका बारेमा संयुक्त राष्ट्रसंघका विभिन्न एजेन्सी तथा महत्वपूर्ण मञ्चहरुमा छलफल जारी रहेको जानकारी दिए ।

ती सबै मञ्चहरुमा उपस्थित भएका जि७७ तथा संयुक्त राष्ट्रसंघीय एजेन्सीका प्रतिनिधि तथा प्रमुखहरुले चीनको सहयोगका लागि प्रतिबद्धता व्यक्त गरेका पनि उनले जानकारी दिए।

उनले जि७७ का सबै राष्ट्रले चीनलाई आवश्यक पर्ने सहयोगका लागि तत्परता नै देखाएको जानकारी उनले दिए ।

उनीहरुले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कार्यमा लाग्नुपर्ने मुख्य कार्यहरुको पहिचान गरेर चीनमै पुगेर र आ–आफ्नो देशबाट आवश्यक प्राविधि तथा आर्थिक सहयोग दिने बताएको उनको भनाई थियो ।

हाल चीनले यो सङ्क्रमणका विरुद्धमा निकै नै कडा मेहनेत गरेर काम गरिरहेको बताइएको छ । गत वर्षको अन्त्यतिरबाट चीनमा देखिएको यो नयाँ भाइरस द्रुत रूपमा फैलिएपछि चीनको मुख्य भूमिमै एक हजार जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

सोमबार प्राप्त एक समाचारअनुसार यस भाइरसबाट ।१ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । भाइरसको सुरुआत भएको प्रमुख स्थानको रूपमा रहेको हुबेई प्रान्तमा आइतबारसम्म मात्र यस भाइरसबाट दुई हजार ६१८ जना सङ्क्रमित भएका अधिकारीहरुले जनाएका छन् । यो सङ्क्रमण उक्त प्रान्त बाहिर एवं अन्य देशमा समेत देखापरिरहेका समाचारहरु प्राप्त भइरहेका छन् ।

यस सङ्क्रमणबाट सोमबार एकै दिनमा १०० व्यक्तिको मृत्यु भएको चिनियाँ अधिकारीहरुले जनाएका छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending