Khabar Dabali २१ माघ २०८२ मंगलवार | 3rd February, 2026 Tue
Investment bank

विद्युत् महसुल समायोजन, कति युनिट बाल्दा कति रुपैयाँ ?

काठमाडौं । जति धेरै बिजुली बाल्यो त्यति नै महसुल दर कम भन्ने मान्यताका आधारमा विद्युत् मसशुल निर्धारण गर्ने भनिए पनि नेपाल विद्युत् प्राधिकरणले प्रस्ताव गरेको गार्हस्थ उपभोक्ताको मूल्य संरचनामा भने खपत बढ्दै जाँदा शुल्क पनि बढ्ने प्रस्ताव गरेको पाइएको छ । साना ग्राहकलाई सहुलियत दिने गरी पाँच एम्पायर क्षमता जडान गरेका ग्राहकलाई १० युनिटसम्म इनर्जी शुल्क नलिने प्रस्ताव गरे पनि न्यूनतम शुल्कका रूपमा मासिक ३० रुपियाँ भने लिने गरी नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोगमा प्रस्ताव पठाएको छ ।

महसुल समायोजन प्रस्ताव अनुसार सिङ्गल फेज गार्हस्थ उपभोक्तालाई छ समूहमा राखिएको छ । यस अनुसार ०–१०, ११–२०, २१–५०, ५१–१००, १०१–२५० र २५० भन्दा गरी समूह निर्धारण गरिएको छ । सबैभन्दा कम शुल्क विद्युत् प्राधिकरणले फेज आउट गर्न चाहेको पाँच एम्पियर क्षमताका ग्राहकलाई राखिएको छ । त्यसमाथिका ग्राहकलाई ५० रुपियाँ न्यूनतम शुल्क र चार रुपियाँ प्रतियुनिट प्रस्ताव गरिएको छ । न्यूनतम शुल्क ३० रुपियाँदेखि २७५ रुपियाँसम्म तोकिएको छ ।

इनर्जी शुल्कमार्फत ११ देखि २० युनिट खपतमा पाँच एम्पियर क्षमता जडित ग्राहकलाई प्रतियुनिट तीन रुपियाँ प्रस्ताव गरिएको छ भने १५ एम्पियरका ग्राहकलाई चार रुपियाँ, ३० एम्पियरलाई पाँच र ६० लाई छ रुपियाँ प्रस्ताव गरिएको छ । २१ देखि ५० युनिटसम्म दर भने सबैलाई समान आठ रुपियाँ ५० पैसा प्रस्ताव गरिएको छ । ५१ देखि १०० युनिटका लागि प्रतियुनिट नौ रुपियाँ ७५ पैसा प्रस्ताव गरिएको छ । १०१ देखि २५० युनिटसम्मका लागि १० रुपियाँ ५० पैसा र २५० माथि खपत हुँदा ११ रुपियाँ ५० पैसा तोकिएको छ । प्राधिकरण व्यवस्थापनले नेपालमा विद्युत् खपत विस्तार गर्न जति धेरै खपत त्यति धेरै कम गर्ने गरी विद्युत् महसुल कम गर्ने रणनीति लिएको बताउँदै आएको थियो ।

पुसदेखि चैतसम्म भने पिक र अन्य समयको मात्र प्रस्ताव गरिएको छ । अफ पिकको सस्तो दर यसमा समेटिएको छैन । अन्य यातायात भनेर निजीका लागि पिक समयमा चार्ज गर्दा भने ११ रुपियाँ २० पैसा प्रस्ताव गरिएकोे छ । अाजकाे गाेरखा पत्रमा खबर छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE