Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

भिलेनको मुखर्ताको कारण नेपालमा परिवर्तन सम्भव भयो

सबै भन्दा पहिला ०५२ साल फागु १ गतेबाट शुरु गरिएको जनयुद्धको २४ बर्ष पुरा भएर २५ बर्ष प्रवेश गरेको छ । यो क्रममा हामी शन्तिप्रकृयामा प्रवेश गरेको पनि १४ बर्ष पुरा भएको छ । हामी शान्तिप्रकृयाको १५ औं बर्षमा प्रवेश गरेका छौं । या ऐतिहासिक सन्दर्भमा जनयुद्ध र जनआन्दोलनका महान शहिदप्रति हाद्धिक स्रद्धानजली व्यक्त गर्न चाहन्छु । यसक्रममा बेपत्ता पारिएका हजारौं योद्धाहरुप्रति सम्मान व्यक्त गर्न चाहन्छु । हजारौं घाइते अपाङग र उहाँहरुको परिवारप्रति सम्मान व्यक्त गर्न चाहन्छु ।

कमरेडहरु,

हामी अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमा छौं । यहाँसम्म आउने क्रममा नेपालको कम्युनिष्ट आन्दोलनको विकासको दृष्टिकोणले पनि र नेपालको राजनीतिक आन्दोलनको विकासको दृष्टिकोणले पनि केही मौलिक विचार, नीति, कार्यक्रम र योजनाहरु अगाडि आएका छन् । यी मुलभुत सिद्धान्तमा आधारित नै छन् । ठोस परिस्थिति अनुसारनै आफ्नै ढंगले विकसित भएका छन् ।

२००७ साल वरिपरी जहानिया राणा शासनको विरुद्ध संघर्षकोे क्रममा त्यतिबेलाका आफुलाई प्रजातान्त्रिक भन्ने पार्टी नेपाली राष्ट्रिय काँग्रेसले हतियार उठाएको थियो । हतियारबन्द संघर्ष गरेको थियो । २०१७ सालपछि पनि काँग्रेसको नेतृत्वमा फेरी हतियार उठ्यो । त्यसले उल्लेख्य परिवर्तन गर्न सकेन तर हतियार उठ्यो । पञ्चायती तानाशाही आफ्नो उग्रचरणमा विकास भइराखेको अवस्थामा कम्युनिष्टहरुको नेतृत्वमा तत्कालिन युवाहरुले ०२८ सालमा झापा विद्रोह गरे । त्यो एउटा सशस्त्र संघर्षनै थियो ।

त्यो राज्यद्वारा थोपरिएको अत्याचार, तानाशाही र निरंकुशताको विरुद्ध जनताको तर्फबाट कम्युनिष्ट पार्टीको नेतृत्वमा गरिएको एउटा सशस्त्र आन्दोलननै थियो । र, त्यसैको कडिकोरुपमा ०५२ साल फागुन १ गतेबाट तत्कालिन माओवादीको नेतृत्वमा जनयुद्ध उद्घोष भयो । यसको अर्थ ००७ सालको त्रान्ति होस् या २८ सालको विद्रोह होस या ५२ सालको माओवादी सशस्त्र विद्रोह यी सबै घटनाक्राम एक अर्कासँग कुनै न कुनैरुपमा अन्तरसम्बन्धित रहेको छ । पहिलोबाट शिक्षा लिएर दोस्रो र दोस्रोबाट शिक्षा लिएर तेस्रोले उल्लेख्य प्रभाव पारेको नेपालको राजनीतिमा कम्युनिष्ट आन्दोलन या समग्र विकासमा यी आन्दोलन जोडिएका छन् ।

००७ सालको र २८ सालको विद्रोह र अनुभवबाट शिक्षा लिएर अझै संगठित र अझै व्यवस्थितरुपमा राजतन्त्रको विरुद्ध गणतन्त्रको निम्ति जनवादी क्रान्तिको पूर्णताको निम्ति सामन्ति राजतन्त्रको विरुद्ध र वैदेशिक हस्तक्षेपका विरुद्ध एउटा विद्रोहको रुपमा अगाडि आयो । नेपालको इतिहाँसमा त यो झण्डै १७ हजार मानिसको बलिदान हुने गरी संगत र सचेत विद्रोह थियो । यसका धेरै आयमहरु छन् म अहिले त्यता जान चाहन्न ।

मेरो ध्यान कहानेर छ त भने जनयुद्धलाई विससित गर्दै जाने क्रममा जनयुद्धकै बेलामा हामीले कमसेकम कम्युनिष्टहरुको नेतृत्वमा भएका सबैखाले आन्दोलन, विद्रोह, सशस्त्र र शान्पिूर्ण सबैलाई जोड्नु पर्छ भन्ने निर्णय त्यतिबेला मेरै नेतृत्वमा तत्कालनि माओवादीको केन्द्रीय समितिको बैठकले गम्भिर छलफल गरेर निर्णय गरेको थियो । र, झपा विद्रोह र सुखानीका ती महान शहिदहरु रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुँकेल लगायत वीर शहिदहरु र जनयुद्धका ति महान शहिदहरु पहिलो शहिद दिलबहादुर रम्तेल देखि तात्कालिन पार्टीको सर्वोच्च पदमा पुग्नुभएको कमरेड सुरेश वाग्ले केन्द्रीय समितिमा भएका मोहन गौतमलगायतका कमरेडहरुसँग सम्म जोडिनु पर्छ । सुखानी र माओवादी विद्रोह, झापा र आओवादी विद्रोह जाडिनु पर्छ । त्यसले एउटा नयाँ सश्लेषण तिर नेपालको कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा लान्छ र लानु पर्छ भन्ने कुरा भनिएको थियो ।

म सबै कमरेडको ध्यानकर्षण गराउन चाहन्छु । जनयुद्धक्रममा हामीले फागुन १४ गते दिलबहादुर रम्तेल जनयुद्धको पहिलो शहिद भएको दिनबाट शुरु गरेर सुखानीका शहिदहरुसम्मलाई हामीले समेटेर शहिद दिवस मनाउने गरेका थियौं । जतिबेला जनयुद्ध चलिराखेकै थियो । हामी कम्युनिष्ट पार्टीको नेतृत्वमा परिवर्तन, आन्दोलन र विद्रोह गर्ने कहि न कहि एक ठाउँमा गएर जुट्नुपर्छ भन्ने चेतना नेतृत्वमा थियो भन्ने कुरा म सबैको ध्यानकर्षण गराउन चाहन्छौं ।

अहिले पार्टी एकता भएर नेकपा भएका छौं । तर, यसका भु्रणहरु विद्रोहकै बेलामा आन्दोलनकै बेलामा थियो । १२ बुँदे समझदारी र ऐतिहाँसिक जनआन्दोलनको सन्दर्भमा त्यो अझबढि परिपक्व भयो । संविधान निर्माणको क्रममा झनै घनिभुत भयो । सरकार गठन र पार्टी एकताको संकल्पसहित गठबन्धन गर्दा र पार्टी एकता गर्दा त्यो अर्को उचाइमा पुग्यो । देशभरीका हाम्रा सदस्य कमरेडहरु, हाम्रा समर्थक जनसमुदायहरुलाई र अन्तर्राष्ट्रियरुपमा रहेका सबै कम्युनिष्ट र न्ययप्रेमी आन्दोलनका सहयात्रीहरुलाई म भन्न चाहन्छु कि सहि विचार र सहि नेतृत्वले इतिहाँसमा ठुलाठुला फड्कोहरु मार्न सक्छ ।

सहि विचार र सहि नेतृत्वले असम्भव जस्ता ठानिएका पनि सम्भव तुल्याउन सक्छ । किनभने केहि बर्ष पहिलेसम्म नेपालमा यति छिटै संविधानसभा भइहाल्ला, संघीय लोकतान्त्रिक घोषणा होला । आपसमा निकै तितो कटुतापूर्ण र कहिले काहि शत्रुतापूर्ण संघर्षमा रहेका दुईटा मुख्य कम्युनिष्ट पार्टीहरु एकता होला र चुनावमा दुईतिहाइ बहुमत ल्याउनेगरी प्रस्तुत होलान भन्ने केहि बर्ष अघिसम्म मानिसले सोच्दैन थिए । तर, म विनम्रतापुर्वक भन्न चाहन्छु । सहि विचार र सहि नेतृत्व छ भने ती असम्भव भनिएको कुरालाई सम्भव बनाउन सकिन्छ ।

जनयुद्ध आफै शुरुको दिनहरुमा हेर्दा धेरैलाई विश्वास थिएन । यो विस्तार होला र यसले एउटा ठुलो राजनीतिक विद्रोहको रुप लिएला । यसले एउटा विशाल सेना निर्माण गर्नतिर जाला, संविधानसभा जन्माउला, यसले गणतन्त्र जन्माउन योगदान गर्ला भन्ने कुरामा विश्वास गर्न गाह्रो थियो तर भयो ।

टाउकोको मुल्य तोकेर जिउँदै वा मारेर ल्याएपछि धेरै पुरस्कार पाउने भनिएको पार्टीको नेतृत्वमा पनि शान्तिसम्झौता भयो । तात्कालिन एमाले र नेकपा माओवादी निकै तिखो संघर्षमा केहि वर्ष गएकै हो । जनयुद्ध शुरु गरेर मैले झण्डै चारपाँच बर्षसम्म तिखो संघर्षमा उत्रिएको हो । एकले अर्कालाई सिध्याउने खालको प्रवृत्ति थियो । र, पाँचबर्षपछिबाट फेरी हामी दुवै कम्युनिष्टहरु वार्ता र सम्वादको प्रकृयामा प्रवेश गर्यौं ।

आज म यो कुरा पनि स्मरण गर्न अर्थपूर्ण हुन्छ भन्ने ठान्दछु । कमरेड बामदेव गौतम, कमरेड युवराज ज्ञवाली एमालेको तर्फबाट वार्तामा हुनुहुन्थ्यो । उहाँहरु हाम्रो आधार इलाकामा बसिराखेको बेलामा वार्ता गर्न आउनुभयो । उहाँहरुको पछाडि सेनाले हेलिकप्टेरबाट पिछा गर्ने र उहाँहरुलाई आक्रमण गर्ने प्रयास पनि भएका थिए त्यतिबेला । उहाँलाई सुरक्षितरुपमा रोल्पाको मुसेवाङ भन्ने ठाउँमा वार्ता गर्यौं, सहमति गर्यौं र हस्ताक्षर गर्यौं । र, हामी मिलेर निरङकुश, तानाशाही विरुद्ध जानुपर्छ भन्ने एउटा समझदारी बन्यो ।

त्यो समझदारी तत्काल कतिपयलाई बेठिक जस्तो पनि लाग्यो होला । कहाँ आतंककारीसँग शानिपूर्ण राजनीतिमा नेतृत्व गरिसकेको पार्टी नेताहरु गएर वार्ता गरेर, सहमति गरेर हस्ताक्षर गर्नु भनेको कयौंलाई अनौठो लाग्यो होला जस्तो लाग्छ । तर त्यो यस्तो विन्दु थियो, जुन विन्दुले हामीलाई एउटा ऐतिहाँसिक एकताको आधार निमार्ण गर्ने काम गर्यौं । त्यतिबेलाको राजनीतिमा गुजुल्टिएको राजनीतिलाई समाधान गर्न यसले काम गर्यो । त्यसकै जगमा १२ बुँदे समझदारी भयो । र हामी एउटा मौलिक खालको परिस्थितिबाट गुज्रियौं ।

एकातिर जनयुद्ध पनि चलिराखेको थियो । अर्कोतिर शान्तिपूर्ण जनआन्दोलन पनि चलिराखेको थियो । एकै साथ जिल्ला सदरमुकामहरुमा फौजी आक्रमण भइराखेको थियो । काठमाडौंको सडकहरुमा लाखौं जनताहरु सडकमा निस्किएका थिए । तात्कालिन सात राजनीतिक दल र विद्रोही माओवादीको समझदारीको आधारमा भएको हो । यस्तो दुनियाँमा कमै देख्न पाइन्छ । सबै ठाउँमा यस्तै हुन्छ भन्ने छैन । नेपालमा यस्तो वातावरण बनाइयो र बन्यो ।

हामी दुई कम्युनिष्ट पार्टीबीच संयुक्त मोर्चा बनाउने समझदारी भइ नै सकेको थियो । नेपाली काँग्रेससँग पनि १२ बँुदे सहमति भयो । तात्कालिन नेता गिरिजाप्रसाद कोइराला र मेरोबीचमा झण्डै दिनदिनै जस्तो फोनमा कुरा हुन्थयो । र उहाँले अलि आक्रमण बढाउनु पर्यो भन्नु हुन्थ्यो । फौजि आक्रमण अझै बढाइदिनु पर्यो भन्नुहुन्थ्यो । सदरमुकाम हान्नुपर्यो ठुलठुला आक्रमण गर्नुपर्यो भन्नुहुन्थ्यो । यो कुरा विचित्रको थियो । यस्तो संसारमा कमै हुन्छ । यहि विचित्रको परिस्थिलेनै नेपालमा २ सय ४० बर्षिय राजसंस्था ढल्यो । देश संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुग्यो । यहि विचार हावी भएकै हुनाले एकता सम्भव भयो ।

अर्को नेतृत्व हुन्थ्यो भने अर्को विचार आउथ्यो भने शान्तिप्रकृयामा आउने कुरा सोचिदैनथ्यो । त्यत्रो युद्ध, त्यत्रो हतियार, त्यत्रो सेना, आधार इलाका सबैले स्वीकारेको कुरा थियो । ८० प्रतिशत गाउँले माओवादी कब्जामा थियो भन्ने कुरा सत्य हो । यो सबै प्रकृयालाई रोकेर शान्तिप्रकृयामा आउने कुरा सजिलो थिएन । यदि विचारप्रति विश्वास गहिरो नभएको भए आउन सम्भव थिएन । समकालिन विश्वलाई हेर्ने हो भने पनि थुप्रैले शान्तिप्रकृयामा आउन खोजे तर सकेनन् ।

विश्वको विद्रोहबाट शिक्षा

तामिलहरु विद्रोह र फौजि हिसावले निकै शक्तिशाली थिए । राष्ट्रिय मुक्त आन्दोलनको एउटा सशस्त्र विद्रोह उचाइमा पुगेका थिए । शान्ति वार्तामा समेत बसेका थिए । सफल भएन । बढो भयानक अवसान हुन पुग्यो । त्यसको प्रमुख नेताकै हत्या भयो र सबै मारिएका थिए । अब कुनै अवशेष छैन । पेरुमा कम्युनिष्टहरुकै नेतृत्वमा सशस्त्र आन्दोलन र जनयुद्ध भयो । उत्कर्षमा पुग्यो तर त्यो शान्तिप्रकृयामा रुपान्तरण हुन सकेन । जेल परिसकेपछि त्यसका प्रमुख नेता (गोञ्जालो) ले वार्ताको लागि पटकपटक चिठी लेख्यो तर सरकारले सुनेन ।

त्यहाँ बुजमोरी सरकारले पहिला वार्ता आव्हान गर्दा गोञ्जालोले वार्ता हुन सक्दैन सम्पूर्ण सत्ता हामीलाई दिने भए वार्ता हुन्छ, नत्र हुदैन भन्नुहुन्थ्यो । जब उहाँ गिरफ्तार भइसकेपछि अब आन्दोलन अगाडि जादैन वार्ता गर्नुपर्यो भने । प्रतिक्रियावादीले उहाँको कमजोरी बुझिहाले अब किन वार्ता गर्ने, उनीहरुको लिडरसीप सिद्धिहाल्यो । लिडरसिप नभएपछि आन्दोलन सिद्धियो भनेर वार्ता गर्न मानेन । परिणाम अहिले २७ बर्ष भयो त्यहाँ आन्दोलन छैन । पार्टी पनि छैन । अहिले त्यहाँ साइनिङ पाथको विरुद्ध कोहि बोल्न सक्ने स्थिति छैन ।

तर, नेपाल बढो विचित्र भयो । तपाई हामी सबै सौभाग्यमानि भएका छौं । नेपाली जनता महान छन् । हामीले बढो विचित्रसंग शान्ति सम्झौता सम्पन्न गर्यौं । शान्तिपूर्णरुपले संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्यौं । लोकतान्त्रिरुपले निर्वाचन लडेर त्यसमा पनि आफुलाई खरो उतार्दै लग्यौं ।

हामी दुईवटा कम्युष्टि पार्टीको कुरा गर्ने हो भने तत्कालिन माओवादीले बहुमतनै ल्यायो । सबै भन्दा ठुलो पार्टी भयौं । ठुलो हुँदा के हुदोरहेछ भन्ने कुरा हामीले चुनावबाट अनुभव गर्यौं । तात्कालिन एमाले सोच्दै नसोचेको सानो भयो । ०७०को निर्वाचनमा आउँदा नेकपा माओवादी सबैभन्दा सानो पार्टी भयो । एमाले फेरी तन्किएर ठुलो भयो । यी सबै अनुभवबाट पनि हामी गुज्रियौं । संविधान निर्माण सरकार गठन र निर्वाचन प्रकृयामा र पार्टी एकतामा हामी आइपुग्यौं । यो गम्भिर कुरा छ । हजारौंको बलिदानी छ । लाखौंका भावनाहरु जोडिएका छन् । करोडौंका आवश्यकताहरु जोडिएका छन् । त्यसकारण यसलाई यहिरुपमा बुझ्न जरुरी छ । यो विचार र नेतृत्वबिना भएको होइन ।

केही साथीहरु क्रान्ति र शान्ति आफै भयो जस्तो गरेर सोच्नुहुन्छ । केही साथीहरुले क्रान्ति गर्न रहर गर्नुभएको छ । मेरो जस्तै नक्कल गर्न थाल्नुभएको छ । यो नक्कल गरेर हुने कुरा होइन । एउटा ऐतिहासिक सन्दर्भमा एउटा ऐतिहाँसिक नेतृत्व र विचार जनताले विकास गरेपछि हुनेकुरा थियो । त्यसलाई टिकाउन पनि सक्नुपर्छ । चाहे श्रीलङका, चाहे पेरु, चाहे कोलम्बीया, चाहे फिलिपिन्स, चाहे टर्की, चाहे साउथ अफ्रिकाको विद्रोह र क्रान्ति दुनियाँभरको अनुभवको निचोड हामीले निकालेको हो ।

यी सबैको अनुभवबाट हामीले हाम्रै मौलिकताको विशेषतामा शान्तिपूर्ण राजनीतिमा जानुपर्छ नेतृत्वले भनेको हो । यो भन्दा बढि युद्ध गर्ने हो भने हाम्रो नियति पनि पेरु, श्रीलङका र अरु असफल सशस्त्र विद्रोहको जस्तै हुन्छ भन्ने निष्कर्षमा हामी पुगेको कारण आज हामी यहाँ छौं । यो कुरा बुझिएन भने सम्र्पूण परिवर्तनको पछाडि रहेको वैचारीक मान्यता र नेतृत्वको रणनीति नबुझिएको ठहरिन्छ । अर्को कुरा नेपालमा मौलिक तरिकाले जनवादी क्रान्ति सफल गरेका छौं । यो जनवादी क्रान्ति न चीनको जस्तो न रुसको जस्तो न भियतनामको जस्तो न क्युवाको जस्तो भयो । यो नेपालको जस्तो भयो ।

हिन्दुस्थानमा कम्युनिष्टको पतन र चीनमा माओको उदय

हिजो दोस्रो विश्वयुद्धको क्रममा कम्युनिष्ट पार्टीहरु विश्वभरी फैलिदै गएका थिए । रुसमा समाजवादको निर्माण हुँदै थियो । जर्मनी नाजीसँग निकै ठुलो लडाई परिराखेको थियो । त्यसबेलामा तेस्रो विश्वमा कम्युनिष्ट क्रान्ति कसरी गर्ने भन्ने ठुलो बहस भयो । हिन्दुस्थानको कम्युनिष्ट पार्टी चीनको कम्युनिष्ट पार्टी भन्दा पुरानो पार्टी हो । सन् १९१९ बाटै शुरुभएको हो । चिनियाँ कम्युनिष्ट पार्टी १९२१ बाट शुरु भएको हो । तर जनवादी क्रान्तिको चरणमा हिन्दुस्थानको पार्टीले त्यहाँको नेतृत्व वगर्न सकेन । त्यो सामराज्यवादीको झण्डै झण्डै पिछलग्गु जस्तो भयो । उनहरुले आफ्नो देशको अंग्रजहरुको विरुद्धको लडाईमा भारतको जनताको मनोभावनालाई समेट्न सकेन ।

रुसी सल्लाहमा ब्रिटिसंग मिल्नुपर्छ अंग्रेजसँग मिल्नुपर्छ भन्ने नीति थियो । त्यो रुसको आवस्यकता थियो । त्यो संसारको आवश्यकता थिएन । क्रान्ति कुनै निर्यात र आयातको बस्तु होइन । तर भारतीय कम्युनिष्ट नेताहरुले स्टालिनको सल्लाह अनुसार सशस्त्र संघर्ष पनि रोक्ने र उनीहरुसँग पनि सम्वाद गर्ने नीतिमा लागे । भारतीय काँग्रेसका नेता माहात्मा गान्धी जो अंग्रेज विरुद्धको आन्दोलनको नेताकोरुपमा स्थापित थिए । भारतीय कम्युनिष्ट उनीहरुका विरुद्ध जानेजस्तो भएपछि जनवादी क्रान्ति गर्न सकेन ।

तर चिनियाँ कम्युनिष्ट पार्टी माओको नेतृत्वले स्टालिनको सल्लाहलाई अस्वीकार गरे । त्यहाँ जापानसँग मिल्नु पर्छ भन्ने थियो । माओले चीनको विशेषता अनुसार जापानसँग लडेर परास्त गरेर मात्र जनवादी क्रान्ति सम्भव हुन्छ भनेको हुनाले स्टालिनले चिनियाँ कम्युष्टि होइन भनेका थिए । यिनिहरु सामान्य विद्रोही किसन नेता मात्र हो भनेर टिप्पणी गरेका थिए । तर घटनाक्रमले के पुष्टी गर्यो भने माओत्सोतुङको नेतृत्वले लिएको कार्यदिशा सहि थियो । माओको विचार सहि थियो । नेतृत्व सहि थियो भन्ने कुराको पुष्टि गर्यो । त्यसले जनवादी क्रान्तिलाई पूर्णतामा पुर्यायो । हिन्दुस्थानमा अहिले कम्युनिष्ट के कारणले कमजोर भयो भन्दा आन्दोलनको नेतृत्व लिन सकेन ।

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र कसरी सम्भव भयो ?

नेपालका समाजवादको विरुद्धमा लाग्ने कम्युनिष्टहरु सक्रियरुपले लाग्नुपर्छ । हामीले त्याग, तपस्या, समपर्ण र बलिदानका कृतिमानहरु कायम गर्नुपर्छ । जनतासँग जोडिनु पर्छ । उत्पीडित, जनजाति, पिडडिएका वर्ग जाति क्षेत्र समुदाय सबैसँग जोडिनु पर्छ । उनीहरुका भावना , माग र आवश्यकताको च्याम्पेन भएर निस्कनुपर्छ भन्नेमा हामी स्पष्ट छौं । अहिलेको विश्व परिस्थिति, क्षेत्रिय परिस्थितीलाई हेरेर हामीले मिल्न सक्ने जति मिलेर अलग्याउनु पर्नेलाई अलग्याएर अनि विजय हाँसिल गर्ने नयाँ बाटो हिड्न पर्छ भनेर सोच्यौं । हामीले यो नसोचेको भए के हुन्थ्यो भन्ने कुराको कल्पना गर्यौं भने बढो भयानक चित्र आउँछ ।

त्यसकारण हामीले रोल्पामा बामदेव र युवराजसँग सम्झौता गर्यौं । सिलिगुडिमा काँग्रेस बाहेका पार्टीहरुलाई बोलाएर छलफल गर्यौं । संविधानसभामा जान्छौं भन्यौं । हामीले सबै जातजाति, बर्गसमुदाय उत्पीडनमा परेका समुदायलाई एक ठाउँमा ल्याउने कोशीष गर्यौं । अहिलेको विश्व परिस्थिति हेर्दा एक्लैले सामन्तवादमाथि विजय हासिल गर्न सम्भव छैन । हामीलाई बुर्जुवाहरुको सहयोग लिनुपर्ने हुन्छ । हामीले प्रतिकृयावादी वर्ग हुँदाहुदै पनि उनीहरुसँग पनि सहकार्य गर्नु पर्छ भनेर सहमति गर्यौं । बुर्जुवाहरुको पनि सहयोग लियौं । तर कमाण्ड वा नेतृत्वमा बुर्जुवा हुन नपाओस कम्युनिष्टकै नेतृत्व होस । प्रगतिशिल बामपन्थीको नेतृृत्वको साशन सत्ता होस भन्ने हो । हामी आन्दोलनमा कम्युनिष्टको नेतृत्व कसरी स्थापित हुन्छ भन्ने कुरामा निकै सर्तक थियौं । हामीले हिन्दुस्थान, चाइना, पेरुको थुप्रै आन्दोलन अध्ययन गर्यौं । हामीले राजतन्त्र विरोधीको नेताकोरुपमा आफुलाई प्रस्तुत गर्यौं ।

कांग्रेस नेताको रुपमा प्रस्तुत गर्न सकेन काँग्रेस सम्झौतावादी, यथास्थितिवादी र बाध्य भएपछि अलिकति अगाडि सर्ने नत्र चुपलागेर बस्ने । त्यसकारण मैले बेलाबेला मैले भन्ने गर्छु, इतिहाँसमा हिरोलेमात्रै परिवर्तन गर्दैन भिलेनको पनि भूमिका हुन्छ । नेगेटिप हुन्छ तर रोल चाहि हुन्छ । भिलेन ले साह्रै मुर्खता गरिदिएन भने हिरोलाई सफल हुन गाह्रो हुन्छ । साह्रैनै मुर्खता गर्छन् । ज्यादै प्रचार गर्छन् । अन्त्यमा हिरोको अगाडि सबै झुक्नु पर्ने हुन्छ । यहाँपनि त्यस्तै भयो । यहाँ कम्युनिष्टपार्टी प्रति सबै जुट्ने अवस्था सिर्जना भयो । अहिले हामी दुईतिहाइको नेतृत्व गरिराखेका छौ । यी सबै जनताको चेतनाको कारणले सम्भव भयो । तर नेपालको जनवादी क्रान्ति चिनियाँ क्रान्ति जस्तो होइन । चिनियाको जस्तो पूरै कम्युनिष्ट पार्टीले जितेको अवस्था छैन । पुरानो सेनालाई बिघटन गरेर आफ्नो सेना स्थापना गरेको हामीले होइन । हामीले त सेना समायोजन, शान्त्रि प्रकृयाबाट आएका हौ । हामीले संविधानसभा भन्यौं ।

रुसमा त्यहाँ लेलिनले संविधानसभा भने भने तर क्रान्ति पछि त्यहि सम्विधानसभा विघटन गरी दिए । हामीले विघटन गरेनौं विघटन भएकोलाई पनि फेरी ब्यूतायौं । यो नेपालको मौलिकताको एउटा पक्ष हो । र, हामीले संघीय लोकतान्त्रि गणतन्त्रमा लगि छोड्यौं ।

विश्व कम्युनिष्ट आन्दोलनमा देखिएको रोग

कम्युनिष्टको एउटा रोग भनेको हामी आफै हौं । विरोधीले त हामीलाई कहिल्यै पछार्न सकेन र सक्दैन पनि । आन्दोलन र क्रान्तिमा जहिलेपनि कम्युनिष्टहरु विजयी भएर आए । तर सत्तामा पुगेपछि उनीहरुमा जुन किसिमको वैचारिक स्खलनको प्रकृया, साँस्कृतिक विचलन प्रकृया, त्यागको ठाउँमा स्वार्थ हावी हुँदै जाने प्रकृया बढ्यो काल त्यहि भयो । पहिलो विश्व युद्धमा एक करोड र दोस्रो युद्धमा तीन करोडले ज्यान दिएर बनाएको स्वभियत संघ एउटा गोलिनै नपड्काई गुल्टीएर गयो । मुलुक पूँजीपतिको हातमा गयो । त्यहाँ कोहि विदेशी सेना आएर हमला गरेर हटाइएको होइन । कम्युनिष्ट नेताहरुमै भएको भ्रष्टिकरण र सत्तामा पुगेपछि सत्ता स्वार्थ, अन्दो र मनोगत विश्लेषणले गर्दा विश्वकम्युनिष्ट आन्दोलनमा दुर्गति भोग्नु पर्यो ।

अन्त्यमा,

अब समाजवादतिर अगाडि बढ्ने कुरापनि मौलिकतामै अगाडि बढ्ने हो । जनताको लोकप्रिय मतबाट हामी साशसन स्थापित गरेर जनतालाई विकास निर्माण, सामाजिक न्याय, सुशासन, समतामुलक समाज निर्माण गरी समाजवादको बाटोमा पुग्न तत्पर छौं । हामी महाधिवेशन सम्म जादा अझै परिमार्जन गर्छौ । यसलाई अझै विकसित गछौं । आजको दिन समाजवादको लागि हामी धेरै मेहनत र परिश्रम गरी जनताको राज्यसत्ता स्थापना गर्ने प्रण गछौं । धेरै आन्दोलन गछौं । तर, शान्तिपूर्ण तरिकाले गछौं । बुर्जुवापार्टी नेपालमा चाहिएको छैन । हामी बामपन्थी प्रगतिशिल भएर मात्रै समाजवादी आन्दोलनको तयारी गछौं ।

हामी नेपाली कम्युनिष्टहरुले यसमा निकै ध्यान दिन जरुरी छ । यसमा हामीले केही सञ्चित गरेका छौं । हामीसँग विशाल नेता तथा कार्यकार्तमा बीसौं बर्षको अनुभव छ । त्यसलाई नयाँ धारबाट परिचालन गरी नयाँ कम्युनिष्ट निर्माण गरी समाजवादको लक्ष्यमा पुग्छाैं । यसको लागि पुरानै डगम्याटिक कम्युनिष्ट बनाउने पक्षमा म छैन । यदि त्यसो सोचिएको भए म अहिले पनि मोटो मशालमै हुन्थ्ये । एकताकेन्द्र बिघटन गर्ने थिएन । माओवादीलाई शान्तिप्रकृयामा ल्याउने थिएन । माओवादी विघटन गरेर नेकपामा बनाउने थिइन । तर राष्ट्र र जनताको विश्वासप्रति र समाजवादको लक्ष्यप्रति हामी दायाँबायाँ हुन सक्दैनौं । हामी त्यसलाई पुरा गरी नयाँ जनवादी व्यवस्थामा पुग्छौं ।

(२५ औं जनयुद्व दिवसको अवसरमा नेकपा केन्द्रीय कार्यालय, धुम्बाराहीमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको सम्बोधनको सम्पादित अंश ।)

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies