Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

को हुन् ‘म्यान भर्सेस वाइल्ड’का बेयर ग्रिल्स ? हेर्नुहोस् हैरान बनाउने उनको जीवनकथा

काठमाडौं । डिस्कोभरी च्यानल हेर्ने हरेकले बेयर ग्रिल्सलाई चिन्दछन् । साथै बेयर ग्रिल्सको अनौठा कहानीलाई पनि दोहोर्याएर हेर्ने गर्दछन् ।

आज हामी तिनै चर्चित हस्ति बेयर ग्रिल्सबारे तपाईँलाई केहि रोचक तथ्य बताउने छौं ।

– ब्रिटिश नागरिक बेयर ग्रिल्सको जन्म ७ जुन १९७४ मा बेलायतको लण्डनमा भएको थियो । बेयर ग्रिल्सको वास्तविक नाम एडवर्र्ड माइकल ग्रिल्स हो । उनले आफ्नो उपनामको रुपमा ‘बेयर’ राखेका हुन् ।

\"\"/
बाल्यअवस्थामा बेयर ग्रिल्स ।

– बेयर कन्जरर्वेटिव राजनीतिक सर माइकल ग्रिल्स र लेडी साराका छोरा हुन् । ग्रिल्सको एक बहिनी पनि छिन् ।

– पारिवारिक जीवनको कुरा गर्दा, ग्रिल्सले सन् २००० मा शारा कैनिंग नाइटसँग बिहे गरे । उनका तीन छोरा छन् ।

– बेयर ग्रिल्स एक साहसी यात्री, लेखक र एक टेलिभिजन प्रस्तोता हुन् । उनि चर्चित डिस्कोवरी टेलिभिजनमा सन् २००६ देखि २०११ सम्म प्रशारित ‘मैन भर्सेस वाइल्ड’ शोबाट निकै चर्चित बने । टेलिभिजन शोसँगै उनलाई बेलायतमा बेयर ग्रिल्सबाट चिन्न थालियो ।

– बेयर ग्रिल्सले छोटो उमेरबाटै आफ्नो बुबासँग साहसिक काम गर्न सिकेका थिए । उनले किशोर अवस्थामा स्काइडाइव र कुस्ती करातेंमा विभिन्न मेडल पनि जितेका थिए ।\\

\"Image
सगरमाथा चढ्दै बेयर ग्रिल्स ।

– ग्रिल्सले ब्रिटिश स्पेशल एयर सर्भिसमा तीन वर्षसम्म (१९९४ देखि १९९७ सम्म) सेवा गरेका थिए । आर्मीमा काम गर्दा गर्दै उनले मुश्किल अवस्थाबाट कसरी बाँच्ने भन्ने सबैखालका तालिम लिन पाए ।

–केन्यामा भएको एक दुर्घटनासँगै उनले आर्मीको जागिर छोडेका थिए । एक उडानको क्रममा उनको प्यासुट नखुल्दा उनि गम्भिर घाईते बने । सो समय १६०० फिटको उचाइबाट उनि भुँइमा बजारिएका थिए ।

– बेयर ग्रिल्स रोयल नेबल रिजर्वका लेफ्टिनेन्ट कर्नेल हुन् । उनी २३ वर्षको हुँदा आर्मि सेवाबाट बाहिरिएका थिए ।

– बेयर ग्रिल्स डिस्कोभरी टेलिभिजनको ‘म्यान भर्सेस वाइल्ड’ शोमार्फत निकै चर्चित बने । उनले उक्त शोमा जीवनको अप्ठ्यारो अवस्थामा पनि कसरी जिउने भन्ने तरिका सिकाएका थिए । उनले सुनसान जंगल, मरुभूमि क्षेत्र, हिउँले भरिएको निर्जन स्थान र समुन्द्रको कुनै निर्जन टापुमा कसरी जिउने भन्ने तौर तरिकाबारे जानकारी दिए ।

– सन् २००५ मा बेयर ग्रिल्सले आफ्ना साथीहरुसँग ७६०० मिटर उचाईमा डिनर गरेर अनौठो रेकर्ड बनाए । यो रेकर्ड बनाउन उनले २ सयभन्दा बढि पटक प्यारासुट जम्फ गरेका थिए ।

\"Image
७६०० मिटर उचाईमा डिनर गर्दै बेयर ग्रिल्स ।

– बेयर ग्रिल्सले टेलिभिजन कार्यक्रममार्फत निकै अनौठा–अनौठा चिज देखाए । उनले किरालाई निल्ने, लामो समयदेखि मरिसकेको जनावरको मासु खाने, अत्यन्तै घिनलाग्दो र फोहोर चीजबाट पनि आफ्नो आवश्यकता पुर्ति गर्ने जस्ता कार्य गरेर देखाए ।

– उनले जनावरको मलमुत्र पिउने काम पनि गरे । उनले आफ्नै पिसावलाई पनि खाएर देखाए ।

– सन् २००८ मा ग्रिल्सले अंटार्कटिकास्थित विश्वको सबैभन्दा उजाड र चिसो ठाउँमा पुगेर पनि किर्तिमानी बनाएका छन् ।

\"Image
भारतीय प्रधानमन्त्री माेदीसँग बेयर ग्रिल्स ।

– डिस्कवरी च्यानलमा ग्रिल्सले चलाएको ‘म्यान भर्सेस वाइल्ड’ कार्यक्रम सबैभन्दा धेरै भाषामा सबैभन्दा धेरै देशमा प्रस्तुत हुने कार्यक्रम बनेको थियो ।

– ग्रिल्सले दुई दर्जन जति किताब लेखेका छन् । उनले एडभेञ्चर, पर्वतारोहण, माउण्ट एभरेष्ट, जंगल यात्रा, मुश्किल परिस्थितिमा जिउने कलाजस्ता विषयलाई समेटेर किताबहरु लेखेका छन् ।

\"Image
पूर्वअमेरिकन राष्ट्रपति बाराक ओबामासँग बेयर ग्रिल्स ।

– ग्रिल्सको सम्पत्ति २० लाख डलर बराबरको छ । उनले टेलिभिजन कार्यक्रममा एक एपिसोड बराबर न्यूनतम ४० हजार डलर लिने गर्दछन् । एजेन्सीबाट

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies