एजेन्सी । निर्देशक रोमान पोलान्स्कीले फ्रेन्च ओस्कार भनेर चिनिने ‘द सेजार्स’ मा सर्वोच्च अवार्ड हात पारेपछि अभिनेत्रीले कार्यक्रम बहिस्कार गरेका छन् भने कार्यक्रमस्थल बाहिर प्रदर्शन गरिएको छ ।
८६ वर्षीय फ्रान्को–पोलिस निर्देशकले चलचित्र ‘एन् अफिसर एन्ड अ स्पाई’ का लागि उत्कृष्ट निर्देशक र चलचित्रले बेस्ट एडाप्टेड स्क्रीनप्लेको अवार्ड जितेको थियो । ‘मिटू’ को अहिलेको युगमा यो चुनावलाई निकै विवादित मानिएको छ ।
कार्यक्रममा उपस्थित नरहेका पोलान्स्कीले अमेरिकामा सन् १९७७ मा १३ वर्षीया बालिकामाथि यौनदूराचार गरेको स्वीकार गरेका थिए । तर, कारवाही अघि नै उनी त्यहाँबाट फरार भएका थिए । उनी अहिलेसम्म फरार सूचीमा रहेका छन् ।
उनको नाम घोषणा हुने बित्तिकै फ्रेन्च अभिनेत्री एडेल हाइनेलले ‘लाजमर्दो’ भन्दै कार्यक्रमस्थल छाडेकी थिइन् । उनले गत वर्ष छानोछँदा आफूमाथि एक निर्देशकले यौनदूराचार गरेको खुलासा गरेकी थिइन् ।
कार्यक्रमकी सञ्चालिका नायिका फ्लोरेन्स फोरेस्टीले कार्यक्रमपछि इन्सटाग्राममा पोष्ट गर्दै ‘निराश’ भएको उल्लेख गरेकी थिइन् ।
यसअघि फ्रान्सको संस्कृति मन्त्री फ्रान्क रेस्टरले कला र कालाकारलाई छुट्टै नजरले हेर्न पर्ने बताए पनि पोलान्स्कीको चलचित्रले जितेको दुई अवार्डमा फरक नजरिया प्रस्तुत गरे । उनले चलचित्रको निर्माण सामुहिक प्रयत्नबाट हुने बताउँदै चलचित्रले अवार्ड जित्दा आपत्ति नभए पनि पोलान्सीले अवार्ड जित्दा नकारात्मक सन्देश जाने जिकिर गरे ।
यता, पोलान्स्कीले एक वक्तव्यमार्फत् आफूलाई कार्यक्रमस्थलमा के हुन्छ भन्ने पहिल्यै थाहा भएको कारण त्यहाँ उपस्थित नभएको बताए । उनले चलचित्रमा काम गर्ने २ सयजनालाई धन्यवाद पनि दिएका छन् ।
उनको चलचित्र १२ अवार्डका लागि मनोनयनमा परेको थियो । उनको चलचित्रले फ्रेन्च आर्मी कप्तान अल्फ्रेड ड्रेफुसमाथि गलत आरोप लगाउँदै देशद्रोही करार गरिएको विषय प्रस्तुत गरेको छ । फ्रान्सको इतिहासमा गलत आरोप लगाइएको यो सबैभन्दा चर्चित मुद्दा मानिन्छ । ड्रेफुसलाई पछि सफाइ दिइएको थियो ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: